कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी

चेओरवन सहरका मेयर जोङले भने- ‘सुन्दर सहरमा निमन्त्रणा गरेर अवलोकन गर्ने अवसर दिनु भएकोमा धेरैधेरै धन्यवाद दिन्छु । यहाँको काष्ठकला, धातुकला र ढुङ्गामा चित्र खोपेर व्यक्त गरिने कला धेरै राम्रो लागेको छ ।’

367B408218B985F-icon.png
775views
DAD3C9812481A61-SK-Nepal.jpg

ललितपुर । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले कोरियाको चेओरवन सहर र नेपालको ललितपुर महानगरबीच भगिनीसम्बन्ध कायम गर्ने तयारी भएको बताएका छन् ।

कोरियाको चेओरवन सहरका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डललाई ललितपुर महानगरपालिकामा स्वागत गर्दै प्रमुख महर्जनले कोरियाको चेओरवन सहरका असल अभ्यास ललितपुर महानगरले अनुशरण गर्दै कार्यान्वयन गरिने बताए ।

उनले भने, ‘हामीले स्मार्ट सिटी बनाउने भनेर हरेक काम सोहीअनुसार गरिरहेका छौँ, चेओरवन सहरसँग भगिनीसम्बन्ध कायम गर्दै त्यहाँका सकारात्मक पक्षको ज्ञान हासिल गरी ललितपुरलाई अझै बढी व्यवस्थित महानगर बनाउने प्रयत्नमा लाग्‍नेछौँ । भगिनीसम्बन्ध कायम गरेर विकासका सन्दर्भमा त्यहाँका अभ्यासलाई अनुशरण गर्ने हाम्रो प्रयास हुनेछ ।’

चेओरवन सहरका मेयर जोङले ललितपुरको कला, संस्कृति र सम्पदाबाट आफू प्रभावित भएको बताए । उनले भने, ‘सुन्दर सहरमा निमन्त्रणा गरेर अवलोकन गर्ने अवसर दिनु भएकोमा धेरैधेरै धन्यवाद दिन्छु । यहाँको काष्ठकला, धातुकला र ढुङ्गामा चित्र खोपेर व्यक्त गरिने कला धेरै राम्रो लागेको छ ।’

चेओरवन सहर र ललितपुर महानगरबीच भगिनीसम्बन्ध कायम गर्नका लागि यो भ्रमण महत्वपूर्ण हुने उनको भनाई थियो । आगामी दिनमा भगिनीसम्बन्ध कायम गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर गरेर अघि बढ्ने उनले बताए । जोङले आफ्नो सहरमा ललितपुर महानगरका प्रमुख सहितको टोलीलाई पुनः भ्रमणको निम्ता दिँदै कोरियामै भगिनीसम्बन्ध कायम गर्न समझदारीपत्रमा हस्ताक्षर गर्ने जानकारी गराए ।

ललितपुर महानगरको निमन्त्रणामा ललितपुरका असल अभ्यासहरू अवलोकनका लागि प्रतिनिधिमण्डलसहित चेओरवन सहरका मेयर ललितपुर आएका हुन् । यसअघि गत असोजमा ललितपुर महानगर प्रमुख महर्जनले कोरियाको भ्रमण गरेका थिए ।

उप्रमुख मञ्‍जली शाक्य बज्राचार्यले नेपालीले पाहुनालाई भगवान मान्ने बताउँदै कोरियाको चेओरवनका मेयरसहितको समूहलाई स्वागत  गर्न पाउँदा खुसी लागेको बताइन् । कोरियाबाट नेपालले उत्पादन, पर्यटन र पर्यावरणको क्षेत्रमा धेरै कुरा सिक्नुपर्नेमा उनको जोड थियो ।

मेयर ली ह्युन जोङको आठ सदस्यीय प्रतिनिधि मण्डलमा योजनाका निर्देशक, पर्यटन योजना विभागका निर्देशक, संस्कृति  र खेलकुद विभागका निर्देशक, अन्तर्राष्ट्रिय अफियरका इन्चार्जलगायत हुन् । तीन दिने भ्रमणमा प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्रको अवलोकन, बुङ्मतिका सम्पदा अवलोकन गर्ने कार्यक्रम रहेको ललितपुर महानगरका प्रवक्ता राजु महर्जले जानकारी गराए ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती र सूचनाअधिकारी देवप्रसाद गुरागाइँसहितको सहभागिता थियो ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

BFE35F0FC93D276-pool image.jpeg

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

5A5F42A22E9BC18-kmc-mahanagarpalika-kathmandu.jpg

काठमाडौं महानगरमा १५% बढ्यो घरबहाल कर, नौ महिनामा उठ्यो दुई अर्ब नौ करोड

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द