साढे दुई अर्बको सिमेन्ट निर्यात

भारत सरकारले केही सिमेन्ट उद्योगको ब्युरो अफ इन्डियन स्टान्डर्ड (बीआइएस) नविकरण नगर्दा सिमेन्ट निर्यात रोकिएको थियो

367B408218B985F-icon.png
264views
3C6FCB837E1E856-1709426220_Nepali-cement -1200x560.jpg

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा करिव साढे दुई अर्ब रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर भारत निर्यात भएको छ ।

साउनदेखि वैशाखसम्म दुई अर्ब ४२ करोड रुपैयाँ बराबरको सात लाख ७२ हजार मेट्रिक टन सिमेन्ट र क्लिंकर भारत निर्यात भएको हो । 

जसमा ६४ करोड ९२ लाख रुपैयाँ बराबरको चार लाख ८२ हजार टन क्लिंकर र एक अर्ब ७७ करोड रुपैयाँ बराबरको दुई लाख ९० हजार टन तयारी सिमेन्ट निर्यात भएको हो ।

गत वर्षको तुलनामा भने यस वर्ष सिमेन्ट निर्यात घटेको छ । गत वर्षको सोही अवधिमा तीन अर्ब ३३ करोड ५५ लाख रुपैयाँ बराबरको २५ लाख ६४ हजार ७३१ टन सिमेन्ट र क्लिंकर निर्यात भएको थियो ।

भारत सरकारले केही सिमेन्ट उद्योगको ब्युरो अफ इन्डियन स्टान्डर्ड (बीआइएस) नविकरण नगर्दा सिमेन्ट निर्यात रोकिएको थियो । बीआइएस प्रमाणपत्र नभई नेपाली सिमेन्ट भारत निर्यात गर्न पाइँदैन । 

पछिल्लो समय भने भारत सरकारले एक वर्षका लागि बीआइएस नविकरण गरिदिएको सिमेन्ट उद्योगीले जनाएका छन् ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

A215C6A9E7130F4-cement.jpeg

निर्माणमा नभइ नहुने सिमेन्ट सम्बन्धी ३१ जिज्ञासा र जवाफ

38ED992FA6F8CA7-gharjagga-770x515.jpg

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

0477CD3AB305BA2-construction.jpg

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान