दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ४.६१ प्रतिशतले बढेर ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ

367B408218B985F-icon.png
320views
0477CD3AB305BA2-construction.jpg

काठमाडौं । विगत दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर चालु आर्थिक वर्ष ०८१÷८२ मा सुधारोन्मुख देखिएको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ ।

चालु आर्थिक वर्षमा निर्माण क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ५.२४ प्रतिशत योगदान रहने अनुमान छ । चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ४.६१ प्रतिशतले बढेर ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यस वर्ष निर्माण क्षेत्रले गति लिएपछि निर्माण सामाग्रीको आयात र निर्माणजन्य औद्योगिक वस्तुहरुको उत्पादनमा भएको वृद्धिका कारण निर्माण क्षेत्र सुधारोन्मुख देखिएको हो ।

गत आर्थिक वर्ष ०८०/८१ मा निर्माण क्षेत्रको वृद्धिदर ऋणत्मक (–२.२० प्रतिशत) रहने संशोधित अनुमान गरिएको छ । यस्तै, आर्थिक वर्ष ०७९/८० को तथ्यांकअनुसार यस क्षेत्रको वृद्धिदर ऋणात्मक (–१.४८ प्रतिशत) कायम भएको तथ्यांक कार्यालयले जनाएको छ ।

पछिल्लो समय निर्माण कार्यले सामान्य गति लिएको छ । तर, अझै पनि पूर्ववत अवस्थामा सरकारी तथा निजी निर्माण कार्यले गति समातेको छैन । 

काठमाडौं महानगरपालिकाभित्र घर, भवन तथा अन्य संरचना निर्माणका लागि नक्सा पास गर्ने घटेपछि नक्सापास दस्तुर पनि करिव ४१ प्रतिशतले घटेको देखिन्छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

38ED992FA6F8CA7-gharjagga-770x515.jpg

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

30A061DD36AB2FC-HvvJI0lH-Mining_36-3.jpg

निर्माण क्षेत्र जुर्मुराउँदा खानी तथा उत्खनन् उद्योगसम्म तरङ्गित