निर्माण क्षेत्र जुर्मुराउँदा खानी तथा उत्खनन् उद्योगसम्म तरङ्गित

चालु आवको दोस्रो त्रैमासमा खानी तथा उत्खनन् क्षेत्रको वृद्धिदर ९.५ प्रतिशत रहेको अनुमान छ । जबकी, पहिलो त्रैमासमा वृद्धिदर ०.९ प्रतिशत मात्र रहेको थियो ।

367B408218B985F-icon.png
568views
30A061DD36AB2FC-HvvJI0lH-Mining_36-3.jpg

काठमाडौं । लामो समयदेखि थलिएको निर्माण क्षेत्र तंग्रिन थालेपछि त्यसको चेन इफेक्ट खानी तथा उत्खनन् उद्योगसम्म परेको छ । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ९.१ प्रतिशत रहने प्रारम्भिक अनुमान राष्ट्रिय तथ्यांक कार्यालयको छ । पहिलो त्रैमासमा निर्माण क्षेत्रको वृद्धिदर ०.९ प्रतिशत मात्र रहेको थियो । 

निर्माण क्षेत्र विस्तारै जुर्मुराउन थालेपछि खानी तथा उत्खनन् उद्योग पनि तंग्रिन थालेको छ ।

चालु आवको दोस्रो त्रैमासमा खानी तथा उत्खनन् क्षेत्रको वृद्धिदर ९.५ प्रतिशत रहेको अनुमान छ । जबकी, पहिलो त्रैमासमा वृद्धिदर ०.९ प्रतिशत मात्र रहेको थियो ।

पछिल्लो समय सरकारी तथा निजी निर्माणले गति लिन थालेको छ । निर्माण उद्योग जुमुराउने वित्तिकै सिमेन्ट, डन्डी, टायल, अन्य स्टिलजन्य सामाग्री, ढुंगा, माटो, गिट्टी, बालुवा लगायत निर्माण सामाग्रीको माग बढ्न थाल्छ ।

सिमेन्टको माग बढेपछि चुनढुंगा उत्खनन् बढेको छ । यस्तै, टायल, ब्लकजस्ता निर्माण सामाग्रीको माग बढ्ने वित्तिकै माटो, ढुंगा, गिट्टी, बालुवा लगायत सामाग्रीको उत्खनन बढ्न थाल्छ ।

निर्माण उद्योगसँग सिमेन्ट, डन्डी, पाइप एन्ड फिटिङ, फर्निचर, अन्य स्टिलजन्य सामाग्री, वायर, टायल, ब्लक, इँटा, गिट्टी, बालुवा, ढुंगालगायत निर्माण सामाग्रीसँग जोडिएका उद्योगहरु जोडिएका हुन्छन् । 

पछिल्लो समय सिमेन्ट र डन्डीको माग बढेको भन्दै उद्योगीहरुले मूल्य समेत बढाउँदै गइरहेको देखिन्छ । लामो समय निर्माण उद्योग ठप्प हुँदा सिमेन्ट, डन्डी, पाइप, टायल, ब्लक, इँटा, गिट्टी, बालुवाजस्ता उद्योगहरु पनि प्रभावित हुँदै आइरहेका थिए ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

35CC17359145C47-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन