हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

हाम्रो सम्पदा केवल ढुंगा, काठ र इँटाको संरचना होइन। ती हाम्रो पहिचानका कडी हुन्। नयाँ पुस्तालाई साधना, धैर्यता र अभ्यासको महत्व सिकाउने माध्यम हाम्रा सम्पदा नै हुन्।

367B408218B985F-icon.png
100views
C2981785C51560F-c3d5ef98-40bb-4a3a-8f28-0bff987a39ff (1).jpeg

 

काठमाडौं । अन्तर्राष्ट्रिय पुरातत्व दिवस २०२५ को अवसरमा ऐतिहासिक नौतले दरबार सर्वसाधारणका लागि औपचारिक रूपमा खोलिएको छ । हनुमानढोकामा एक विशेष समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नौतले दरबारको रिबन काटेर उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहमा बोल्दै मन्त्री पाण्डेले सम्पदा संरक्षण र पुस्तान्तरणको महत्वलाई जोड दिए । उनले भने, "नौतले दरबारको उद्घाटनले आजको दिनलाई ऐतिहासिक बनाएको छ। भूकम्पले ढलाएका हाम्रा सम्पदाहरु उठाउनमा सहयोग गर्ने चीन सरकारलाई धन्यवाद दिन चाहन्छु ।"

मन्त्री पाण्डेले भूकम्पपछिको पुनर्निर्माण प्रक्रियामा देखिएको प्राविधिक क्षमता र परम्परागत सीपको प्रशंसा गर्दै भने, “लिच्छवीकालका जस्ता कलाकारहरू आज पनि हुनुहुन्छ भन्ने प्रमाण काष्ठमण्डप पुनःनिर्माणमा देखिएको छ। नौतले दरबार निर्माणमा देखिएको छ। हाम्रो सभ्यता र पुर्खाहरूको कला–कौशलका प्रतिनिधि यी सम्पदाहरू हुन् ।”

नेपालको पुरातात्विक धरोहरप्रति अन्तर्राष्ट्रिय चासो बढिरहेको उल्लेख गर्दै मन्त्रीले तिलौराकोट र पनौती बजारलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास भइरहेको जानकारी दिए। उनले भने, “हाम्रो सम्पदाको चर्चा र प्रचार आवश्यक छ, र नयाँ पुस्तालाई पनि यसबारे जानकारी दिनु आवश्यक छ ।”

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक, चिनियाँ प्राविधिक टोलीका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, तथा सम्पदा क्षेत्रमा सक्रिय विज्ञहरू सहभागी थिए। उनीहरूले नौतले दरबारको पुनःनिर्माणमा प्रयोग गरिएको परम्परागत काष्ठकला, ढुंगा निर्माण शैली र हस्तकलाको पनि अवलोकन गरेका थिए ।

प्राचीन शिल्प, परम्परा र धैर्यको प्रतीक मानिने नौतले दरबार आज सर्वसाधारणको लागि खुला भएपछि हनुमानढोका दरबार क्षेत्रको ऐतिहासिक महत्त्वमा पुनः ऊर्जा थपिएको छ ।

हाम्रो सम्पदा केवल ढुंगा, काठ र इँटाको संरचना होइन। ती हाम्रो पहिचानका कडी हुन्। नयाँ पुस्तालाई साधना, धैर्यता र अभ्यासको महत्व सिकाउने माध्यम हाम्रा सम्पदा नै हुन्।

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

निर्माणमा नभइ नहुने सिमेन्ट सम्बन्धी ३१ जिज्ञासा र जवाफ

D1FA6F8478E507C-lamjung-durbar-1731808818.jpg

लमजुङ दरबार पुनः निर्माणको काम साउनदेखि ठप्प