भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

सो क्षेत्रमा जग्गाको सरकारी न्यूनतम मूल्यांकन प्रतिकट्ठा मूल्य एक लाख ७६ हजारदेखि १३ लाख ९२ हजार रहेको छ

367B408218B985F-icon.png
646views
178C05ADC68404E-474518630_920748256915586_9094443050554713669_n.jpg

काठमाडौं । भैरहवामा सरकारी मूल्यांकनअनुसार अधिकतम २६ करोड ७२ लाख ९२ हजार रुपैयाँ पर्ने जग्गा धितो राखेर एक बैंकले दुई अर्ब २० करोड २० लाख रुपैयाँ ऋण लगानी (कर्जा प्रवाह) गरेको देखिएको छ ।

मालपोत कार्यालय भैरहवाबाट एउटा प्राइभेट लिमिटेड कम्पनीको नाममा सह–वित्तीयकरण कर्जा सुविधा अन्तर्गत एक बैंकले १९२ कट्ठा जग्गा २ अर्ब २० करोड २० लाखमा दृष्टिबन्धक लिखत पास गरेको देखिएको महालेखा परीक्षकको कार्यालयले आफ्नो ६२औं प्रतिवेदनमा औंल्याएको छ ।

महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘जग्गाको यथार्थ मूल्यांकन नहुँदा राजश्व असुलीमा परेको प्रभाव र यसबाट सर्वसाधारणको निक्षेपमा पर्ने जोखिम सम्बन्धमा छानविन हुनुपर्छ ।’

सो क्षेत्रमा जग्गाको सरकारी न्यूनतम मूल्यांकन प्रतिकट्ठा मूल्य एक लाख ७६ हजारदेखि १३ लाख ९२ हजार रहेको महालेखाले जनाएको छ ।

मालपोत नियमावली, २०३६ मा न्यूनतम मूल्य निर्धारण समितिले प्रत्येक वर्षको असार मसान्तभित्र जग्गाको न्यूनतम मूल्य निर्धारण गर्ने र न्यूनतम मूल्य निर्धारण गर्ने आधारहरु आफैले तोक्न सक्ने व्यवस्था छ 

न्यूनतम मूल्य निर्धारण समितिले भौतिक पूर्वाधार, सडक, विगतका पारित लिखत, चलनचल्तीको खरिद बिक्री मूल्य र दृष्टिबन्धकको मूल्यलाई आधार मान्ने गरेको छ ।
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

F3BEEF298868AC7-IMG_2722.jpeg

भूकम्पले चर्किएको मालपोत भवनबाट एक अर्ब राजस्व उठाउँछन् कर्मचारी

8899C103BF2EBB4-1739600650-upP1D.jpg

'बुटवललाई सबैको रोजाइको सहर बनाउन लागिपरेका छौँ ' [अन्तर्वार्ता]