भूकम्पले चर्किएको मालपोत भवनबाट एक अर्ब राजस्व उठाउँछन् कर्मचारी

कार्यालयका प्रमुख रमेशप्रसाद गौतमका अनुसार भूकम्पपछि ठाउँठाउँमा चर्किएकाले भवन प्रयोग गर्दा उच्च जोखिम हुने भन्दै रातो स्टिकर टाँसिएको छ।

367B408218B985F-icon.png
232views
F3BEEF298868AC7-IMG_2722.jpeg

काठमाडौं। ०७२ को भूकम्पमा रातो स्टिकर टाँसिएको मालपोत कार्यालय भरतपुरको भवन हालसम्म पुनः निर्माण हुन सकेको छैन। उक्त जोखिमपूर्ण भवनमा बसेर कर्मचारीले वार्षिक १ अर्ब हाराहारीमा राजस्व उठाउँदै आएका छन्।

बाइपास सडकसँगै ६ कठ्ठा जमिनमा रहेको जीर्ण भवनमा टिनमुनी अभिलेख राखिएका छन्। कार्यालयका प्रमुख रमेशप्रसाद गौतमका अनुसार भूकम्पपछि ठाउँठाउँमा चर्किएकाले भवन प्रयोग गर्दा उच्च जोखिम हुने भन्दै रातो स्टिकर टाँसिएको छ। 

०५२ मा निर्माण गरिएको यो भवनमा ठाउँठाउँमा टिनले छाएर कार्यालयको काम गरिँदै आइएको छ। कार्यालयको नजिकै १७ कठ्ठा जग्गासमेत छ। सोही जग्गामा नयाँ भवन बनाएर पार्किङसहितको कार्यालय बनाउन पटकपटक भूमि व्यवस्था तथा अभिलेख विभागमा पत्र पठाइएको प्रमुख गौतमले बताए। उनले भने, ‘हामीले विभागमा लेखेर पठाएका छौँ। तर हालसम्म नयाँ भवन बन्न सकेको छैन।’

कार्यालयमा ४२ जना कर्मचारी छन्। यहाँबाट चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ८७ करोड ८० लाख राजस्व संकलन भइसकेको प्रमुख गौतमले जानकारी दिए। उनका अनुसार यस अवधिमा २१ हजार पाँच सय एक जनाले सेवा लिइसकेका छन्।

भरतपुर महानगर १९ वटा वडासँगै रत्ननगर र कालिका नगरपालिका एवं इच्छाकामना गाउँपालिकाका नागरिकलाई यहाँबाट सेवा दिने गरिएको छ। गौतमका अनुसार एक वर्षमा एक अर्बभन्दा बढी राजस्व संकलन हुन्छ। संकलित राजस्वमध्ये पुँजीकर लाभकरबाहेक ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत प्रदेशमा जाने गर्दछ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

178C05ADC68404E-474518630_920748256915586_9094443050554713669_n.jpg

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

F62F67FDEC510F6-d167cd87-ca1f-4fd1-9620-abc2523ba167.jpeg

चितवनमा दुई अर्बमा ७० घरको व्यवस्थित कोलोनी बन्दै, सुरुवाती मूल्य सवा दुई करोड