चितवनमा दुई अर्बमा ७० घरको व्यवस्थित कोलोनी बन्दै, सुरुवाती मूल्य सवा दुई करोड

८ देखि १२ धुर क्षेत्रफलमा बन्ने घरहरु २३२५ देखि २६९५ वर्गफिटका साढे २ तल्लाका हुनेछन् । प्रत्येक घरमा चार र पाँच बेडरुम हुने बताइएको छ ।

367B408218B985F-icon.png
1316views
F62F67FDEC510F6-d167cd87-ca1f-4fd1-9620-abc2523ba167.jpeg

काठमाडौं । चितवनको भरतपुरमा ५२ कट्ठा क्षेत्रफलमा सुविधा सम्पन्‍न हाउजिङ परियोजना निर्माण हुने भएको छ । सिद्धी हाउजिङ प्रालिले ७० घरसहितको व्यवस्थित कोलोनी ‘सुख भिल्लाज’ निर्माण गर्न लागेको हो ।

भरतपुर–९ मा निर्माण हुने परियोजनामा मित्तल र क्वेष्ट समूहको दुई अर्ब रुपैयाँ लगानी रहने बताइएको छ । पूर्व–पश्चिम राजमार्गदेखि करिब तीन सय मिटरभित्र हाउजिङ परियोजना निर्माण गर्न लागिएको हो । सो स्थान भरतपुरस्थित केन्द्रीय बस टर्मिनल चोकदेखि ८ सय मिटर र बसन्त चोमबाट करिव ३ सय मिटर दुरीमा रहेको सौरभ तिमिल्सिनाले बताए । 

छिट्टै निर्माण कार्य सुरु गरि ३० महिनाभित्र परियोजना सम्पन्‍न गर्ने तयारी छ । पहिलो चरणमा ६ महिनाभित्र ८–१० वटा घर निर्माण गरिसक्ने उनको भनाई छ । परियोजनामा बन्‍ने घरहरुको बुकिङ खुल्ला भइसकेको छ । 

८ देखि १२ धुर क्षेत्रफलमा बन्ने घरहरु २३२५ देखि २६९५ वर्गफिटका साढे २ तल्लाका हुनेछन् । यी घरहरुमा चार र पाँच बेडरुम हुने बताइएको छ ।

साढे दुई तला घरको सुरुवाती मूल्य (प्रि–बुकिङ छुटसहित) दुई करोड २५ लाख रुपैयाँ रहेको छ । यो छुट सुविधा केही समयका लागि रहने बताइएको छ । छुटबेगर घरको सुरुवाती मूल्य २ करोड ६५ लाख रुपैयाँ तोकिएको छ । प्रि–बुकिङ छुट योजनाअन्तर्गत ४० लाख रुपैयाँ छुट दिइरहेको तिम्सिनाको भनाई छ ।

सिद्धी हाउजिङले प्लानिङ पर्मिट लिएरै हाउजिङ परियोजना निर्माण गर्न लागेको हो, जुन चितवनकै पहिलो अनुमतिप्राप्त हाउजिङ परियोजना हुनेछ । अहिलेसम्म प्लानिङ पर्मिट लिएर जग्गा प्लटिङ (घडेरी)को काम भए पनि व्यवस्थित हाउजिङ परियोजना निर्माण भएका छैनन् । 

कूल जग्गाको २५ प्रतिशत सडक, ५ प्रतिशतभन्दा बढी खुल्ला स्थान र करिब ३ प्रतिशत सामाजिक क्षेत्रका लागि रहने बताइएको छ । हाउजिङ परियोजनाभित्र स्वीमिङ पुल, जिम हल, मन्दिर, कन्फ्रेसन हललगायत रहने छन् ।

घरको छतमा पनि प्लन्ज पुल बनाइने भएको छ । चितवनकै ग्राहकहरुलाई लक्षित गरेर आफुहरुले हाउजिङ परियोजना ल्याएको उनको भनाई छ । चितवन देशकै फास्ट ग्रोइङ इमर्जिङ सिटी हो । यसैले मन्दीकै अवस्थामा पनि व्यवस्थित हाउजिङ परियोजना निर्माण गर्न कस्सिएको उनले बताए । 

केही वर्षयता भरतपुरमा पूर्वाधार विकासको काम द्रूत गतिमा भइरहेको छ । शहरको विकाससँगै आधुनिक लक्जरी आवासको सुविधा दिने सिद्धी हाउजिङको उद्देश्य रहेको छ । 

सुख भिल्लाजले वीरगञ्‍जमा १०४ वटा घर बनाइरहेको छ । काठमाडौंको सानो भर्याङमा पनि अपार्टमेन्ट निर्माण सुरू गर्न लागेको छ, त्यहाँ ६०–७० वटा घर बनाउने तयारी छ । बाफल परियोजनाका सबै घरहरू बिक्री भइसकेका छन् ।

सुख भिल्लाज चितवनमा डिजाइन, सुविधा र मूल्यका हिसाबले अलग्यै श्रेणीका घरहरु बनाउन लागेको कम्पनीको दाबी छ । अहिले चितवन परियोजनाको जग्गा सम्याउने काम भइरहेको छ । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

C6D4A91FA5B5C50-gharjagga-770x515.jpg

०८१ लाई फर्केर हेर्दाः घरजग्गा किनबेच, राजश्व असुलीदेखि कित्ताकाटसम्म वृद्धि