०८१ लाई फर्केर हेर्दाः घरजग्गा किनबेच, राजश्व असुलीदेखि कित्ताकाटसम्म वृद्धि

इन्फोग्राफिक्समा हेर्नुहोस् घरजग्गा कारोबार, राजश्व संकलन, कित्ताकाटदेखि अपार्टमेन्ट किनबेचसम्मको तुलनात्मक विवरण

367B408218B985F-icon.png
278views
C6D4A91FA5B5C50-gharjagga-770x515.jpg

काठमाडौं । वर्ष ०८१ रियल इस्टेट क्षेत्रका लागि त्यति उत्साहप्रद नरहे पनि सुखद भने बनेको छ । अघिल्लो वर्षको तुलनामा ०८१ मा घरजग्गा किनबेच, राजश्व संकलनदेखि कित्ताकाटसम्म बढेको छ ।

वर्षको अन्तिम महिना चैतको कारोबारमा चमक देखिएको छ, जसले नयाँ वर्ष ०८२ मा घरजग्गा कारोबार तंग्रिदै जाने शंकेत गरेको छ ।

वर्षको सुरुवाती महिनाहरु वैशाख, जेठ र असारमा घरजग्गा कारोबार उत्साहप्रद रहेपनि साउनदेखि निरन्तर ओरालो लागेको थियो । पछिल्ला महिनाहरुमा रियल इस्टेटमा प्रवाह हुने बैंक तथा वित्तीय संस्थाहरुको कर्जा पनि बढ्न थालेको छ ।

गत वर्ष ०८१ मा घरजग्गा कारोबार (लिखत पारित) सामान्य मात्र बढेको देखिन्छ । गत वर्ष देशभर ५ लाख ३१ हजार २९३ घरजग्गाको लिखत पारित भएको भूमि व्यवस्थापन विभागले जनाएको छ । अघिल्लो वर्ष ०८० मा ५ लाख २९ हजार ३०९ लिखत पारित भएका थिए । 

गत वर्ष सबैभन्दा धेरै जेठमा ६१ हजार १६१ घरजग्गाको लिखत पारित भएको थियो भने सबैभन्दा कम असोजमा ३० हजार ५२७ घरजग्गाको लिखत पारित भएको देखिन्छ । चैतमा ४९ हजार ८३२ लिखत पारित भएको भूमि विभागको तथ्यांक छ ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष राजश्व संकलन पनि बढेको छ । अघिल्लो वर्ष देशभरका मालपोत कार्यालयबाट ४० अर्ब ३३ करोड रुपैयाँ राजश्व उठेकोमा गत वर्ष ४६ अर्ब ४५ करोड रुपैयाँ उठेको छ ।

गत वर्ष सबैभन्दा धेरै राजश्व असार महिनामा पाँच अर्ब दुई करोड रुपैयाँ उठेको थियो । अरु महिना उतारचढाव आइरहेको राजश्व उठ्ती चैतमा फेरी बढेर चार अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

गत वर्ष देशभर १३ लाख एक हजार ५७४ कित्ताकाट भएका छन् । यो संख्या पनि अघिल्लो वर्षको तुलनामा बढोत्तरी नै हो । ०८० सालमा देशभर १२ लाख ३४ हजार ५९ कित्ताकाट भएको देखिन्छ । गत वर्ष सबैभन्दा धेरै कित्ताकाट चैतमा एक लाख ३१ ह्जार ५५८ भएका छन् ।

अपार्टमेन्ट कारोबारका हिसावले पनि वर्ष ०८१ सन्तोषजनक नै रह्यो । ०८१ मा देशभर ४७१ युनिट अपार्टमेन्ट किनबेच भएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा १२२ युनिट बढी हो । वर्ष ०८० मा देशभर ३४९ युनिट अपार्टमेन्ट किनबेच भएको विभागको तथ्यांक छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

35CC17359145C47-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन