एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

ईपीएस सिट्सको प्रयोग विशेषतः घरको भित्ता र छानामा घरलाई धेरै तातो तथा धेरै चिसो हुनबाट जोगाउनका लागि गरिन्छ

367B408218B985F-icon.png
325views
F853A36D612DD46-EPS Sheets .jpg

काठमाडौं । एसवाई प्यानल नेपालले घर निर्माणका लागि अति महत्वपूर्ण मानिने पोलिस्टिरिन सिट्स (ईपीएस सिट्स) उत्पादन सुरू गरेको छ । प्यानलका घर निर्माण गर्दै आइरहेको यस कम्पनीले कंक्रीट घर निर्माण गर्दा वालको बिचमा राखिने ईपीएस सिट्सको स्वदेशमै उत्पादन गर्न थालेको हो ।  

कम्पनीका निर्देशक शशी शाहले अपार्टमेन्टमा पनि इन्सुलेशनको लागि ईपीएस सिट्सको प्रयोग गर्न सकिने बताए । उनले भने, ‘थर्मल इन्सुलेशन प्रदान गर्ने ईपीएस सिट्सले ध्वनि नियन्त्रणमा र निर्माणको गतिलाई पनि नयाँ दिशातर्फ लग्न मद्दत गर्छ ।’  

ईपीएस सिट्स एक किसिमको प्लास्टिक फोम हो । घर निर्माणमा प्रयोग हुने ईपीएस सिट्स मजबुत, टिकाउ र इन्सुलेटिभ हुने शाहले जानकारी दिए । यसको प्रयोग विशेषतः घरको भित्ता, छानामा गर्न  सकिन्छ भने घरलाई धेरै तातो तथा धेरै चिसो हुनबाट जोगाउनका लागि गरिन्छ ।

‘ईपीएस सिट्सलाई सिधै भित्तामा टाँसिन्छ र त्यसको माथि जाली वा इँट्टा लगाएर प्लास्टर गरिन्छ, यसले घरलाई बाह्य तापक्रमबाट जोगाउँछ,’ शाहले भने, ‘छानाको सतहमा पनि ईपीएस सिट्स सजिलै फिट गर्न सकिन्छ, यसका लागि सिमेन्ट वा विशेष ग्लु प्रयोग गरिन्छ, कतिपय अवस्थामा फल्स सिलिङमा समेत ईपीएस सिट्स जडान गरिन्छ ।’ 

यो वातावरण मैत्री हुनका साथै ध्वनि अवरोध र घरको ताप तथा चिसो नियन्त्रण गर्ने कम्पनीको दाबी छ । शाहका अनुसार धेरैजसो प्रिफ्याब घरहरूमा समेत ईसीएस प्यानल प्रयोग हुँदै आएको छ, जसले निर्माण समयलाई झनै छोटो बनाएको छ ।

‘नेपालमा ईपीएसको प्रयोग बढ्दै छ, विशेषगरी उपत्यकाभित्रका नयाँ भवनहरूमा यो प्रविधि निकै उपयुक्त हो,’ शाहले भने, ‘ईपीएस सिट्सले नेपाली निर्माण प्रविधिमा नयाँ युगको सुरुवात गरिरहेको छ, घर बनाउँदा तापमान नियन्त्रण, ध्वनि अवरोध र लागत कटौतीका लागि ईपीएस सिट्स एक स्मार्ट विकल्प हुन सक्छ ।’

एसवाई प्यालन नेपालले बिक्री गर्ने ईपीएस सिट्स मूल्यका हिसाबले पनि औषत रहेको शाहको भनाई छ । कोरियन यस कम्पनीले सन् २०१७ देखि चितवनको रत्ननगरमा आफ्नै उद्योग लगाइ प्यानल उत्पादन गर्दै आएको छ । साथै, उक्त उद्योगबाटै ईपीएस सिट्सको अब भने उत्पादन हुन थालेको हो ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

38ED992FA6F8CA7-gharjagga-770x515.jpg

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

0477CD3AB305BA2-construction.jpg

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?