नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

०८१ चैतसम्म घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जाको कुल आकार ६ खर्ब ८७ अर्ब दुई करोड रुपैयाँ पुगेको छ

367B408218B985F-icon.png
547views
35CC17359145C47-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा क्षेत्रमा ३१ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सकेका छन् । 

साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा २० अर्ब १२ करोड व्यक्तिगत आवासीय घरकर्जा र ११ अर्ब १९ करोड रुपैयाँ रियल इस्टेट कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

हालसम्म (०८१ चैतसम्म) घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जाको कुल आकार ६ खर्ब ८७ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । जसमध्ये चार खर्ब सात अर्ब १४ करोड रुपैयाँ व्यक्तिगत आवासीय घरकर्जा र दुई खर्ब ७९ अर्ब ८८ करोड रियल इस्टेट शिर्षकको कर्जा रहेको छ ।

चालु आवको नौ महिनामा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह बढे पनि गत वर्षको सोही अवधिको तुलनामा भने कर्जाको वृद्धिदर घटेको छ ।

गत आवको यसै अवधिमा व्यक्तिगत आवासीय घरकर्जा ३८ करोड र रियल इस्टेट कर्जा दुई अर्ब ७६ करोड गरी कुल ४१ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । रियल इस्टेट शिर्षकको कर्जा भने गत वर्षको तुलनामा यस वर्ष धेरै प्रवाह भएको छ ।

गत आवको नौ महिनामा दुई अर्ब ७६ करोड रियल इस्टेट कर्जा प्रवाह भएकोमा चालु आवको सोही अवधिमा ११ अर्ब १९ करोड प्रवाह भएको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

0BE5EFE210B8793-845F41975B5239A-457805888_1058533425842663_1549223094168763092_n.jpg

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने