चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

नेपालगञ्जमा न्यूनतम दुई लाखदेखि दुई करोडसम्म लगानी भएका ठूलो संख्यामा मध्यमस्तरका होटल सञ्चालनमा छन् ।

367B408218B985F-icon.png
1777views
9941C4AC1CD8AFB-Nepalgunj.jpg

बाँके । व्यापारिक चहलपहल घट्दै गएपछि नेपालगञ्जमा बितेका तीन वर्षमा मध्यमस्तरका करिब १५० होटल बन्द भएका छन् । ठूलो लगानीका तारे होटल थपिँदै गए पनि नेपालगञ्जमा मध्यमस्तरका होटल व्यवसायीको पेसा संकटमा पर्दै गएको छ । मध्यमस्तरका होटल बन्द हुँदा त्यहाँ कार्यरत सयौँ नागरिकले रोजगारी गुमाएको नेपालगञ्‍जका होटल व्यवसायी भीम कँडेलले बताए।

उनका अनुसार कोभिड–१९ महामारी अन्त्यपछि होटल व्यवसाय तंग्रिने आशा गरिए पनि नेपालगञ्‍ज मा मध्यमस्तरका डेढ सय होटल बन्द भएका छन्भने तारेस्तरका होटल पनि राम्रोसँग सञ्‍चालन हुन सकेका छैनन् ।

'नेपालगञ्‍ज पश्चिम नेपालको तीन प्रदेशको केन्द्र हो, कुनै बेला होटल क्षेत्रमा उत्साहित भएर लगानी गरेका साथीभाइहरु अहिले समस्यामा पर्नुभएको छ,' होटल व्यवसायी महासंघ्घ लुम्बिनी प्रदेश समितिका प्रथम उपाध्यक्ष रहेका कँडेलले भने, 'पछिल्लो तीन वर्षमा मात्रै डेढ सय होटल बन्द भए, ती सबै व्यवसायीहरु कोही विदेश गए कोही गाउँ फर्किएका छन् ।'

होटल व्यवसायी महासंघ बाँकेका अध्यक्ष रंग्गबहादुर खड्काले कोभिड–१९ महामारीपछिको आर्थिक शिथिलताले नेपालगञ्जमा होटल व्यवसायी संकटमा पर्दै गएको बताए। 'महिनामा मुस्किलले एक–दुई दिन मात्रै भरिभराउ हुन्छ, अरू दिन खाली नै हुने अवस्था छ,' अध्यक्ष खड्काले भने, 'यसले घरभाडा, ऋण, ब्याज र कर्मचारीको खर्च थेग्न सक्ने अवस्था नभएपछि बन्द गर्नुपर्ने बाध्यता आएको छ।'

नेपालगञ्जमा न्यूनतम दुई लाखदेखि दुई करोडसम्म लगानी भएका ठूलो संख्यामा मध्यमस्तरका होटल सञ्‍चालनमा छन् । मध्यमस्तरका होटल बन्द हुँदा सयौँ नागरिकको रोजगारी गुमेको अध्यक्ष खड्काको भनाइ छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक्क धामीले संघीताको कार्यान्वयनसँगै नेपालगञ्‍जमा रहेका प्रदेशस्तरका सरकारी तथा गैरसरकारी कार्यालय बुटवल र दाङतर्फ स्तानान्तरण भएपछि यहाँ व्यापारिक चहलपहलमा कमी आएको बताए। आर्थिक संकटमा पर्दै गएको होटल व्यवसायलाई लक्षित गरेर प्रदेश र स्थानीय सरकारले राहतको ‘प्याकेज’ ल्याउनुपर्ने उनको भनाइ छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

550607C8764280B-IMG-20250511-WA0003 (1).jpg

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B05173A8C3D2580-666134673.jpg

वर्षान्त २०८१ : होटलमा लगानीको ओइरो, ३५ लाख पर्यटक अटाउने कोठा तयार

4FB8C94F1A0CEFE-1744171717-p4fhf.jpg

सवा अर्ब लगानीमा पोखरामा खुल्यो टेम्पल बेल बुटिक होटल