जिज्ञासा र जवाफ : सिमेन्ट के हो र कसरी प्रयोग हुन्छ ?

बजारमा ओपीसी, पीपीसी, ह्वाइट सिमेन्ट लगायत पाइन्छन्

367B408218B985F-icon.png
174views
A215C6A9E7130F4-cement.jpeg

आधुनिक निर्माण कार्यमा सिमेन्ट नभई नहुने निर्माण सामाग्री हो । बजारमा ओपीसी, पीपीसी, ह्वाइट सिमेन्ट लगायत पाइन्छन् । संरचनाको आधार र प्रकार अनुसार सिमेन्ट छनोट गरिन्छ । 

सिमेन्ट प्रयोग गरेर बनाइएका संरचनाहरु बलियो हुन्छन् । तर, यसका लागि पनि सिमेन्टको प्रयोग सही ढंगले हुनुपर्छ । नेपालहोम्सले सिमेन्ट उत्पादन र प्रयोग सम्बन्धि जिज्ञासा र जवाफ खोजेको छ । 

सिमेन्टको आधारभूत जानकारी

१. सिमेन्ट बनाउने मुख्य कच्चा पदार्थ के हो ?

सिमेन्ट बनाउने मुख्य कच्चा पदार्थ चुनढुंगा हो । 

२. सिमेन्ट उत्पादनमा क्लिन्कर के हो ?

क्लिन्कर भनेको चूनढुंगा र माटोलाई तताएर बनाइएको गोटी जस्तो पदार्थ हो, जुन सिमेन्टको आधार हो ।

३. क्लिंकर बनाउने भट्टीमा किन धेरै तापक्रम चाहिन्छ?

कच्चा पदार्थलाई रासायनिक रूपमा परिवर्तन गराउन १४ सय डिग्री सेल्सियस जति तापक्रम चाहिन्छ ।

४. सिमेन्ट र कंक्रिटमा के फरक छ ?

सिमेन्ट चिपकाउने (जोड्ने) पदार्थ हो । कंक्रिट सिमेन्ट, बालुवा, ढुंगा र पानीको मिश्रण (घोल) हो ।

५. सिमेन्ट कति समयमा कसिन्छ ?

सामान्यतः ३० मिनेटमा कसिन थाल्छ र पूर्ण बलियो बन्न २८ दिन लाग्छ ।

६. सिमेन्ट सबै मौसममा प्रयोग गर्न मिल्छ ?

सिमेन्ट सबै मौसममा प्रयोग गर्न सकिन्छ । तर, विशेष वातावरण (तातो, चिसो) अनुसार उपयुक्त प्रकार छान्नुपर्छ ।

७. के सेतो सिमेन्ट (ह्वाइट सिमेन्ट)को स्ट्रेन्थ सामान्य सिमेन्टभन्दा बढी हुन्छ ?

होइन । स्ट्रेन्थ समान हुन्छ । ह्वाइट सिमेन्टको प्रयोग सौन्दर्यका लागि गरिन्छ ।

ओपीसी र पीपीसी सिमेन्टको तुलना

१. ओपीसी र पीपीसी सिमेन्टमा के फरक छ ?

ओपीसी सिमेन्ट छिटो सेट हुन्छ र शक्ति छिटो प्रदान गर्छ । ओपीसी समिेन्ट ढिलो कसिन्छ, तर वातावरणमैत्री र दीर्घकालीन टिकाउन हुन्छ ।

२. घर निर्माणका लागि कुन सिमेन्ट राम्रो ?

पीपीसी सिमेन्ट टिकाउ र वातावरणमैत्री हुन्छ । छिटो सेट चाहिने हो भने ओपीसी सिमेन्ट उपयुक्त हुन्छ ।

३. ठूला योजनामा कुन सिमेन्ट उपयुक्त ?

पीपीसी कम ताप (लो हिट अफ हाइड्रेसन) उत्पन्न गर्ने भएकाले ठूला संरचनामा उपयुक्त हुन्छ ।

४. के ओपीसी सिमेन्ट पीपीसी भन्दा महँगो हुन्छ ?

हो, सामान्यतया ओपीसी सिमेन्ट अलिकति महँगो पर्छ । 

५. के पीपीसी सिमेन्ट चिसो मौसममा प्रयोग गर्न मिल्छ ?

मिल्छ, तर सेट हुन ढिलो हुने भएकाले क्युरिङ समय बढाउनुपर्छ ।

६. के पीपीसी सिमेन्ट वातावरणमैत्री हो ?

पीपीसी सिमेन्ट वातावरणमैत्री हुन्छ ।

गुणस्तर र प्रयोगसम्बन्धी सावधानीहरू

१. सिमेन्ट कति समयसम्म भण्डारण गर्न मिल्छ?

सुक्खा र बन्द ठाउँमा ३ महिनासम्म सुरक्षित रहन्छ ।

२. गुणस्तर साइटमै कसरी जाँच गर्ने ?

हातले छामेर वा पानीमा तैराएर प्राथमिक जाँच गर्न सकिन्छ ।

३. के पुरानो सिमेन्ट फेरि प्रयोग गर्न मिल्छ ?

संरचनात्मक काममा सिफारिस गर्न मिल्दैन, स्ट्रेन्थ घटिसकेको हुन्छ ।

४. सबै कामका लागि प्रयोगशाला परीक्षण आवश्यक हुन्छ ?

ठूला योजनाका लागि प्रयोगशाला परीक्षण अनिवार्य हुन्छ । साना काममा सामान्य परीक्षण काफी हुन सक्छ।

सिमेन्टको साइलो सम्बन्धी जानकारी

१. सिमेन्ट साइलोको उद्देश्य के हो ?

साइलो सिमेन्टलाई सुक्खा र सुरक्षित तरिकाले भण्डारण गर्न प्रयोग गरिन्छ ।

२. साइलोमा सिमेन्ट कसरी हालिन्छ ?

एयर प्रेसरको सहायताले पाइपमार्फत साइलोमा हालिन्छ ।

३. ठाडो र तेर्सो साइलोमा के फरक छ ?

ठाडो साइलोले जमिन कम ओगट्छ । तेर्सो साइलो सार्न सजिलो हुन्छ ।

४. साइलोले वातावरणीय लाभ दिन्छ ?

हो । धुलो र फोहोर नियन्त्रण गर्न सघाउँछ ।

५. साइलोको जाँच कहिले गर्ने ?

प्रत्येक महिना संरचना र उपकरणको अवस्था जाँच गर्नुपर्छ ।

प्लास्टरसम्बन्धी जानकारी

१. प्लास्टरको सामान्य मिश्रण अनुपात कस्तो हुन्छ?

सिमेन्ट र बालुवाको मिश्रण अनुपात १ः४ हुनुपर्छ ।

२. प्लास्टरको मोटाई कति राख्ने ?

प्लास्टरको मोटाई सामन्यतः १२–१५ मिमी राख्नुपर्छ ।

३. १०० वर्ग फिट प्लास्टरका लागि कति सिमेन्ट चाहिन्छ ?

सिमेन्ट र बालुवाको १ः४ को अनुपातमा झण्डै १.५ बोरा सिमेन्ट आवश्यक पर्छ ।

४. के बालुवा बिना प्लास्टर गर्न मिल्छ ?

मिल्दैन । बालुवाले बनावट र आकार दिन्छ ।

५. जिप्सम प्लास्टर राम्रो कि सिमेन्ट प्लास्टर ?

जिप्सम छिटो सुक्छ, राम्रो फिनिसिङ दिन्छ, तर भिजेको ठाउँमा उपयुक्त हुँदैन ।

निर्माण सामग्रीको गणना विधि

१. प्लास्टर गर्ने क्षेत्रफल कसरी नाप्ने ?

पर्खालको उचाइ × चौडाइ = कुल क्षेत्रफल (वर्ग मिटरमा)

२. के भित्री र बाहिरी प्लास्टरमा एउटै मिश्रण मिल्छ ?

मिल्दैन । सामन्यतया बाहिरीमा सिमेन्ट र बालुवाको अनुपात १ः४ र भित्रीमा १ः५ सिफारिस गरिन्छ ।

३. प्लास्टर गर्न कति सिमेन्ट चाहिन्छ भनेर कसरी थाहा पाउने ?

क्षेत्रफल र अनुपातको आधारमा सूत्र प्रयोग गरेर गणना गरिन्छ ।

४. के यही विधि कंक्रिट वा अन्य काममा पनि मिल्छ ?

हो । सबैमा क्षेत्रफल वा भोल्युमका आधारमा यही सूत्र मिल्छ ।

Source: Shivam Cement

जिज्ञासा र जवाफ : सिमेन्ट के हो र कसरी प्रयोग हुन्छ ?

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

38ED992FA6F8CA7-gharjagga-770x515.jpg

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

0477CD3AB305BA2-construction.jpg

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

185BBA57E350ED5-images.jpg

नौ महिनामा सवा दुई अर्बको सिमेन्ट निर्यात