काठमाडौं महानगरमा १५% बढ्यो घरबहाल कर, नौ महिनामा उठ्यो दुई अर्ब नौ करोड

महानगरको आन्तरिक राजश्व, फाँडफाँटबाट प्राप्त राजश्व र आन्तरिक अनुदान गरी समग्र आम्दानी बढेर सात अर्ब १७ करोड रुपैयाँ पुगेको छ

367B408218B985F-icon.png
495views
5A5F42A22E9BC18-kmc-mahanagarpalika-kathmandu.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र पछिल्लो नौ महिनामा घरबहाल कर करिव १५ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म नौ महिनामा घरबहाल कर दुई अर्ब नौ करोड ३३ लाख रुपैयाँ उठेको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा २६ करोड ७० लाख रुपैयाँले बढी हो ।

गत आवको नौ महिनामा काठमाडौं महानगरमा एक अर्ब ८२ कारेड ६३ लाख रुपैयाँ घरबहाल कर उठेको थियो ।

समग्र आम्दानीमा ९ प्रतिशतको बढोत्तरी 

यस वर्ष काठमाडौं महानगरको आन्तरिक राजश्व, फाँडफाँटबाट प्राप्त राजश्व र आन्तरिक अनुदान गरी समग्र आम्दानी ९.२० प्रतिशतले बढेको छ । 

चालु आवको नौ महिनामा महानगरले कुल सात अर्ब १७ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ । जसमा आन्तरिक राजश्व चार अर्ब २६ करोड, बाँडफाँटबाट प्राप्त राजश्व एक अर्ब ५४ करोड र आन्तरिक अनुदान एक अर्ब ३८ करोड रुपैयाँ रहेको छ ।

गत वर्षको सोही अवधिमा महानगरको कुल अम्दानी ६ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो । यो वर्ष आम्दानी ९.२० प्रतिशत अर्थात् ६० करोड ३९ लाख रुपैयाँ बढी प्राप्त भएको देखिन्छ । 

यस वर्ष महानगरको आन्तरिक राजश्व संकलन ४ प्रतिशत, बाँडफाँटबाट प्राप्त राजश्व ५७ प्रतिशतले बढ्दा आन्तरि अनुदान ७.७८ प्रतिशतले घटेको छ ।

कुन शिर्षकमा कति राजश्व संकलन ?

महानगरको सबैभन्दा ठूलो आम्दानी घरबहाल कर रहेको छ, जुन नौ महिनामा दुई अर्ब नौ करोड रुपैयाँ उठेको छ ।

यस्तै, नौ महिनाको अवधिमा सम्पत्ति कर १९.७६ प्रतिशतले बढेर ९४ करोड ४६ लाख रुपैयाँ संकलन भएको छ । भुमि तथा मालपोत कर ९६ लाख ७२ हजार, पर्यटन शुल्क १५ करोड १३ लाख रुपैयाँ उठेको छ ।

अन्य सेवा शुल्क १६ करोड ३२ लाख, शिक्षा क्षेत्रको आम्दानी ५५ लाख, अन्य प्रशासनिक सेवा शुल्क ४१ लाख, नक्सापास दस्तुर २९ करोड १२ लाख रुपैयाँ उठेको महानगरले जनाएको छ ।

सिफारिस दस्तुर ६ करोड ८९ लाख, नाता प्रमाणित दस्तुर ३६ लाख ६६ हजार, व्यवसाय रजिष्ट्रेसन दस्तुर ४६ कारेड ३४ लाख रुपैयाँ उठेको छ ।

यस्तो छ विस्तृत विवरण

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

BFE35F0FC93D276-pool image.jpeg

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

0FA69C57371CD41-C0C6928AEEF8BA7-72341AC35F689FE-562A455C1E8EB58-Tax-final.jpg

फागुनमा घरजग्गा कारोबारबाट चार अर्ब राजश्‍व संकलन