चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

स्तरोन्नतिपछि होटल चार तारे स्तरीय हुनेछ । हाल रहेका २६ वटा रुम र ५६ वटा बेडबाट ६४ वटा रुम र ९९ बेड संख्या पुग्नेछ । साथै, आउटडोर र इनडोर ज्याकुजीसहितको प्रेसिडेन्ट रुमको पनि सुविधा थप हुने छ ।

367B408218B985F-icon.png
567views
BFE35F0FC93D276-pool image.jpeg

चितवन । सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ हस्पिटालिटीले चितवनको चुम्लिङटारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चार तारे स्तरीय रिसोर्टमा स्तरोन्नति गर्ने भएको छ ।

सिद्धार्थ बाटिका ब्राण्डमा सञ्चालन भइरहेको रिसोर्टलाई स्तरोन्नति गरी सिद्धार्थ वैभव ब्राण्डमा सञ्चालनको तयारी भइरहेको सिद्धार्थ हस्पिटालिटीका बोर्ड सदस्य तथा उक्त क्षेत्रका क्लस्टर म्यानेजर किरण रिमालले जानकारी दिए । ‘रिसोर्ट स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ, यसै वर्षको असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ’, उनले भने।

रिमालका अनुसार स्तरोन्नतिपछि होटल चार तारे स्तरीय हुनेछ । हाल कायम रहेको २६ वटा रुम र ५६ वटा बेडबाट ६४ वटा रुम र ९९ बेड संख्या पुग्नेछ । साथै आउटडोर र इनडोर ज्याकुजीसहितको प्रेसिडेन्ट रुमको पनि सुविधा थप हुने उनको भनाइ छ ।

‘स्तरोन्नतिपछि ४२५ स्वायर फिटको ग्राण्ड डिलक्स रुम पनि निर्माण हुनेछ, जसमा बाथटबलगायतको सुविधा हुनेछ, बालबालिकाका लागि पानीसँग सम्बन्धित खेलका लागि विभिन्न पूर्वाधार निर्माण भैरहेको छ भने मिनि फूटसल मैदान पनि निर्माण भएको छ’, उनले भने । 

त्यसबाहेक नेपाली खाना र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यसहित ८० जना अट्ने क्षमताको त्रिशुली नदिको सुन्दर दृश्य अवलोकन र नदीको वाटर म्युजिकको मजा लिई शान्त वातावरणको डेक रेष्टुरेन्ट पनि सञ्चालन हुनेछ भने ३०० जना क्षमताको सभाहल पनि थप हुँदैछ। हाल रिसोर्टमा १०० जना क्षमताको सभाहल छ ।

रिमालका अनुसार स्तरोन्नतिपछि १०० जना अट्ने अल डे डाइनिङ हुनेछ भने सुन्दर फराकिलो बगैचा, स्वीमिङपुल, छुट्टै खेल मैदान, रिसोर्टभित्रै ग्रोसरी पसल र प्रत्येक शुक्रबार गुरुङ र मगर संस्कृतिको प्रवर्द्धन हुने गरी सांस्कृतिक नृत्यको पनि मजा लिन पाइनेछ । रिमालले पोखरा र बन्दिपुरलगायतका पर्यटकीय गन्तव्यमा बढ्दो पर्यटक, कर्पोरेट कार्यक्रमलगायतलाई लक्षित गरी स्तरोन्नति सुरु गरिएको बताए । 

यस राजमार्ग हुँदै यात्रा गर्ने ग्राहकका लागी छुट्टै रेस्टुरेन्ट र विद्युतीय गाडी प्रयोगकर्ताका लागि  चार्जिङको पनि सुविधा रहेको छ। रिसोर्टमा हाल ६० जनाले रोजगारी पाइरहेका छन् भने स्तरोन्नतिपछि ८५ जनाले रोजगारी पाउनेछन् ।

रिमालका अनुसार सुपर त्रिशुली जलविद्युत् आयोजनाको पनि बाँध रिसोर्ट नजिकै बन्ने भएकाले त्यसपछि यहाँको पर्यटन विकासमा सहयोग पुग्नेमा संस्था विश्वस्त छ । रिमालले भने, ‘रिसोर्ट स्तरोन्नतिपछि पोखरा, मनकामना मन्दिर र बन्दिपुर जाने पर्यटकलाई लक्षित गरी प्याकेज निर्माण गरिनेछ, यसले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा छ ।’

सिद्धार्थ हस्पिटालिटीअन्तर्गत हाल विभिन्न ब्राण्डमा मुलुकभर ३० भन्दा बढी आउटलेट सञ्चालनमा छन् । जसमा पाँच तारे स्तरको सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव, तीन तारे स्तरमा सिद्धार्थ बाटिकाका साथै सिद्धार्थ कटेज, एसक्याफे ब्राण्डलगायत सञ्चालनमा छन् ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

550607C8764280B-IMG-20250511-WA0003 (1).jpg

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

5A5F42A22E9BC18-kmc-mahanagarpalika-kathmandu.jpg

काठमाडौं महानगरमा १५% बढ्यो घरबहाल कर, नौ महिनामा उठ्यो दुई अर्ब नौ करोड

AE59ECAE4912406-IMG-20250414-WA0010.jpg

नारायणघाटमा सिद्धार्थ हस्पिटालिटीले सुरु गर्‍यो 'सिद्धार्थ होटेल चितवन'