नारायणघाटमा सिद्धार्थ हस्पिटालिटीले सुरु गर्‍यो 'सिद्धार्थ होटेल चितवन'

सिद्धार्थ ग्रुपको सिद्धार्थ हस्पिटालिटीअन्तर्गत अहिले विभिन्न ब्राण्डमा ३० भन्दा बढी होटेल, रिसोर्ट, रेष्टुरेन्ट, ब्यांक्वेटहरू सञ्चालनमा छन्

367B408218B985F-icon.png
402views
AE59ECAE4912406-IMG-20250414-WA0010.jpg

चितवन । नेपालको अग्रणी हस्पिटालिटी चेन ब्राण्ड सिद्धार्थ हस्पिटालिटीले चितवनको नारायणगढमा सेवा विस्तार गरेको छ । साविकको होटल सेन्ट्रल पामलाई ‘सिद्धार्थ होटेल चितवन’ नामबाट सञ्चालनमा ल्याइएको सिद्धार्थ बिजनेस ग्रुपका  अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए ।

नारायणी नदी किनारमा रहेको प्रिमियम प्रपर्टीमा अब प्रिमियम सेवा उपलब्ध गराउने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको उनको भनाइ छ । “सिद्धार्थको चेन हस्पिटालिटी विस्तार र  सुलभ मूल्यमा गुणस्तरीय सेवा दिने उद्देश्यले सिद्धार्थले होटलको व्यवस्थापनको जिम्मेवारी लिएको हो”, उनले भने । प्रकृतिमा रमाउने र प्रिमियम सेवा लिन चाहनेका लागि यो उपयुक्त गन्तव्य भएको न्यौपानेको भनाइ छ । 

करिब २५ रोपनीमा फैलिएको होटलमा स्वीट, सुपर डिलक्स र डिलक्स गरी ४४ वटा कोठा छन् । साथै माया डाइनिङ रेस्टुरेन्ट पनि सञ्चालनमा छ । जंगल सफारीको रमाइलोका साथै सुपारी र नरिवललगायतका फलको बगैँचासमेत रहेको होटल नारायणघाट पुल्चोकबाट जम्मा ५०० मिटर दुरीमा अवस्थित छ । बजार नजिक तर शान्त वातावरणमा समय बिताउन चाहनेका लागि भरपर्दो होटल हुने जनाइएको छ ।

होटलमा स्वीमिङ पुलका साथै थिएटर सेटअपमा चार सय जना अट्ने क्षमताको सभाहल, करिब ५० जना अट्ने क्षमताको बोर्ड रुम पनि छ । कम्पनीले हाल भएको पूर्वाधारमा लगानी थप गरी सुविधा विस्तारको पनि योजना बनाएको छ । 

सिद्धार्थ ग्रुपका सीइओ कृष्णप्रसाद न्यौपानेले आगामी दिनमा लगानी वृद्धि गरेर होटलको स्तरोन्नति पनि गरिने बताए । ‘होटलमा हाल ४४ वटा रुम छन्, आगामी दिनमा ६० वटा बनाउने योजना छ, साथै तीन वटा सम्मेलन हलका साथै स्वीमिङ पुलको पनि स्तरोन्नति गरिनेछ’, सिइओ न्यौपानेले भने । होटलमा स्पा सुविधासहित हेल्थ क्लब र पुलसाइड  बारको पनि सविधा थप हुनेछ ।

सिद्धार्थ ग्रुपको सिद्धार्थ हस्पिटालिटीअन्तर्गत हाल विभिन्न ब्राण्डमा ३० भन्दा बढी कम्पनी सञ्चालनमा छन् । कम्पनीका अनुसार पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव, तीन तारे स्तरका सिद्धार्थ बाटिकाअन्तर्गत विभिन्न होटल सञ्चालनमा छन् । त्यसबाहेक विभिन्न स्थानमा सिद्धार्थ कटेज रेष्टुरेन्ट, रिसोर्ट तथा एस क्याफे पनि सञ्चालन गरिरहेको छ । 

हाल सिद्धार्थ ग्रुपअन्तर्गत दुई हजार ५०० भन्दा बढीले रोजगारी पाइरहेका छन् ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

550607C8764280B-IMG-20250511-WA0003 (1).jpg

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

BFE35F0FC93D276-pool image.jpeg

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

B05173A8C3D2580-666134673.jpg

वर्षान्त २०८१ : होटलमा लगानीको ओइरो, ३५ लाख पर्यटक अटाउने कोठा तयार