घट्दो ब्याजदरले सस्तो पर्दैछ घरजग्गा कर्जा

०७९ माघमा कर्जाको औषत ब्याजदर १३.०३% रहेकोमा ०८० माघमा ११.०८% मा झरेको छ, ब्याजदर १५% ले घट्दा ऋणीले मासिक रुपमा तिर्ने किस्ता पनि कम भएको छ

367B408218B985F-icon.png
783views
A1B963E14376667-Byajdar_20181208044221_9MGpWIHIlR_Mzc6XmN4qI.jpg

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम (तरलता) थुप्रिन थालेपछि कर्जाको ब्याजदर घट्दै गएको छ । एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर १५ प्रतिशतले घटेको छ ।

०७९ माघमा बैंकबाट प्रवाह हुने कर्जाको औषत ब्याजदर १३.०३ प्रतिशत रहेको थियो । चालू वर्षको माघसम्म आइपुग्दा कर्जाको ब्याजदर घटेर ११.०८ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर १.९५ प्रतिशत बिन्दूले झरेको देखिन्छ, जुन १५ प्रतिशत हुन आउँछ । 

यस्तै, ०८० माघमा विकास बैंकहरुको भारित औषत ब्याजदर १२.८५ प्रतिशत र वित्त कम्पनीहरुको १३.९३ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रिने क्रम जारी रहेकोले कर्जाको ब्याजदर अझै घट्ने बैंकर बताउँछन् । अहिले वाणिज्य बैंकहरुको आधार दर (बेसरेट) एकल बिन्दूमा झरिसकेको छ । 

बैंकबाट कर्जा लिएर घरजग्गा खरिद गर्ने योजना बुनिरहेका ग्राहकलाई घट्दो ब्याजदरले पक्कै राहत दिनेछ । अहिले धेरै वाणिज्य बैंकले फिक्स रेट (स्थिर ब्याजदर)को कर्जा सिंगल डिजिटमै उपलब्ध गराउन थालिसकेका छन् । 

नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक लगायतले १० प्रतिशतभन्दा कम स्थिर ब्याजदरमा कर्जाका स्किम ल्याएका छन् । विकास बैंकले नै ११ प्रतिशतको रेञ्‍ज मा कर्जा उपलब्ध गराउन थालिसकेको अवस्था छ । 

बैंकले पैसा थुप्रिन थालेसँगै निक्षेपको ब्याजदर घटाएका छन् । निक्षेपको ब्याजदर घटेसँगै बैंकको कष्ट अफ फन्ड घट्न जाँदा आधार दर पनि एकल बिन्दूमा झरेको हो । आधार दर घटेपछि कर्जाको ब्याजदर पनि घट्दै गएको बैंकरको भनाई छ । 

०८० माघमा वाणिज्य बैंकहरुको निक्षेपको औषत ब्याजदर ७.०१ प्रतिशत, विकास बैंकहरुको ८.२६ प्रतिशत र वित्त कम्पनीहरुको ९.४५ प्रतिशत कायम भएको छ । जबकी, गत वर्षको माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औषत ब्याजदर ८.४१ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार निक्षेपको ब्याजदर घटेसँगै ०८० माघमा वाणिज्य बैंकको औषत आधार दर ९.०६ प्रतिशत, विकास बैंकको ११.१३ प्रतिशत र वित्त कम्पनीहरुको १२.७० प्रतिशतमा झरेको छ । जबकी, ०७९ माघमा वाणिज्य बैंकको औषत आधार दर १०.७२ प्रतिशत थियो । 

ब्याजदर घट्दा मासिक किस्ता पनि कम

ब्याजदर घट्दा ऋणीलाई मासिक किस्ता पनि कम पर्न जान्छ । उदाहरणका लागि, ०७९ माघमा २० वर्ष अवधिको एक करोड रुपैयाँ घरकर्जा लिँदा मासिक किस्ता औषतमा एक करोड आठ लाख ५८४ रुपैयाँ पथ्र्यो । त्यतिबेला वाणिज्य बैंकको औषत ब्याजदर १३.०३ प्रतिशत थियो । 

०८० माघसम्म आइपुग्दा एक वर्षमा ब्याजदर १.९५ प्रतिशत बिन्दूले घटेको छ । अर्थात् कर्जाको ब्याजदर ११.०८ प्रतिशतमा झरेको छ । अहिले सोही कर्जाको मासिक किस्ता ९२ हजार ३३५ रुपैयाँ पर्न आउँछ । 

एक वर्षमा घटेको ब्याजदरले ऋणीलाई मासिक किस्ता १६ हजार २४९ रुपैयाँ कम परेको देखिन्छ । 

ब्याजदर घट्दा ऋणीको कस्ट अफ लोन पनि घट्दै गइरहेको देखिन्छ । कस्ट अफ लोन घट्दा ग्राहकको क्रयशक्ति पनि बढाउँदै लैजान्छ ।

दक्षिणपूर्वी एशियाका देशले रियल इस्टेटमा फड्को मारिसके, हामीले कहिले ?

काठमाडौंमा रियल इस्टेट सम्मेलन सुरु, लाइसेन्स लिएर मात्र घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गर्न जोड

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

काठमाडौंमा दुई दिन रियल इस्टेट कन्फ्रेन्स हुँदै, विदेशी वक्ता पनि सहभागी हुने

नागार्जुनमा २० करोडको बंग्लो बिक्रीमा, तीन दिन ओपन हाउस कार्यक्रम

चालू आवमा रियल इस्टेट क्षेत्रको वृद्धिदर पाँच वर्षयताकै उच्च रहने प्रक्षेपण

निर्माण उद्योग अझै मन्दीमै, चालू आवमा २.०७५ ऋणात्मक रहने प्रक्षेपण

यस्तो बन्दैछ रारामा लक्जरी रिसोर्ट, अष्ट्रेलियन लगानी भित्रिँदै (फोटोफिचर)

CBFB83388649FF5-download.jpeg

काठमाडौंमा रियल इस्टेट सम्मेलन सुरु, लाइसेन्स लिएर मात्र घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गर्न जोड

A29E35B49218F97-photosssssssssssss.jpg

यी हुन् घरमा विद्युतीकरण गर्दा ध्यान दिनुपर्ने कुराहरू

31BF03183180676-A0C2B94C4B7317A-photo.jpg

हाउजिङका घर– मूल्य घट्दा पनि बढेन बिक्री, दर्जन परियोजना अलपत्र