फेरी घरमा वायरिङका लागि निश्चित मापदण्ड समेत रहेको छ, हामीले त्यो मापदण्ड फलो गर्नुपर्छ ।
काठमाडौं । घरमा विद्यूतीकरण गर्दा निकै ध्यान दिनुपर्ने हुन्छ । धेरैले घरको स्ट्रक्चर डिजाइनमा धेरै मेहेनत गर्छन । तर, घरमा इलेक्ट्रिकल डिजाइन गर्न छुटाइरहेको हुन्छन । राम्रो इञ्जिनियरले डिजाइन गरेपछि वायरिङ धेरै हदसम्म सुरक्षित पनि हुन्छ ।
फेरी घरमा वायरिङका लागि निश्चित मापदण्ड समेत रहेको छ, हामीले त्यो मापदण्ड पनि फलो गर्नुपर्छ ।
हामीले तपाइँलाई शहरी विकास तथा भवन निर्माण विभागले तयार पारेको राष्ट्रिय भवन संहिता (एनबीसी) २०७७ः २००३ र निर्माण कार्य व्यवस्थापन निर्देशिकामा आधारित रहेर घर तथा भवनमा विद्युतीकरण गर्दा ध्यान दिनुपर्ने कुराहरुका बारेमा विस्तृत जानकारी गराउँदै छौं ।
१) प्रारम्भिक कार्यहरु
क ) भवनमा विद्युतीकरण कार्य शुरु गर्नुअघि सामान्य कार्ययोजना बनाउने र यी कुराहरुलाई ध्यान गर्नुपर्छ ।
- भवनमा प्रयोग हने विद्युतीय उपकरणहरु जस्तै बत्ती, पंखा, हिटर, विद्युतीय चुल्हो, रेप्रिजेरेटर, एयर कन्डिसनर, टिभी विद्युतीय यन्त्रहरु आवश्यकता, प्रयोजन तथा उयगोगीताको आधारमा निर्धारण गर्नुपर्छ ।
- विद्युतीय उपकरण तथा यन्वहरु जडान गरिने उपयुक्त स्थान निश्चित गर्नुपर्दछ। साथै, सोको जडानमा प्रयोग हुने अन्य समाग्रीहरु जस्तै स्वीच, सकेट, जक्सन बक्स, डीबी आदिहरुको स्थान पनि निश्चित गर्नुपर्छ ।
- विद्युतीय यन्त्र, उपकरणहरु तथा अन्य जडान सामाग्रीहरुको स्थान तय भएपछि, ती उपकरणहरुमा खपत हुने विद्युतको मात्रा यकिन गरी आवश्यक विद्युत सप्लाइ गर्नको लागि वायरीङ रुट, जक्सन बक्स तथा डिस्ट्रिब्युसन प्वाइन्टहरु तय गर्नुपर्छ ।
ख) भवनको लागि चाहिने विद्युत माग अनुसार विद्युत सप्लाइ को आवश्यकता यकिन गर्न सकिन्छ। सामान्यतया भवनको प्रयोजनको लागि निम्न तीन किसिममध्ये कुनै एक प्रकारको सप्लाइ लिन सकिनेछ ।
ग) विद्युत सप्लाई सम्बन्धी विस्तृत जानकारीको लागि विद्युत वितरक संस्था वा नेपाल विद्युत प्राधिकरणमा सम्पर्क गर्न उचित हुन्छ ।
३) मुख्य विद्युतीय सामाग्रीहरु
अगाडि चित्रमा सामान्य घरायसी प्रयोजनको लागि आवश्यक मुख्य विद्युतीय उपकरणहरु र तिनको जडान गरिने उचाईको
अवस्थिति देखाइएको छ। मुख्य विद्युतीय सामाग्रीहरु यस प्रकार छन ।
क) मेन सप्लाइ तार/केबल मेन सप्लाइ तार/केबल कम्तीमा १६ स्क्वायर मिमी साइजको स्ट्रेन्डेड तार हुनुपर्छ ।
ख) इनर्जी मिटर: मेन लाइनलाई सिधैं इनर्जी मिटरमा जोडिन्छ। भवनमा खपत हुने वा भएको विद्युतको परिमाण निरीक्षण तथा मापन गर्नको लागि भवनमा विद्युत मिटर जडान गनुपपर्छ। विद्युत मिटर राखिने स्थान सजिलै निरीक्षण तथा मापन गर्न जान सक्ने प्रष्ट देखिने ठाउँमा हुनुपर्छ । सामान्यतया भवनको भुई तल्लामा सुरक्षित रुपमा बाहिरपट्टी राख्न उपयुक्त हुन्छ । मिटर जडान सामान्यतया भुई सतहबाट ५ फिटको उचाईमा गनुपर्छ ।
ग) मेन डिस्ट्रिब्युसन बोर्ड/बक्स (एमडिबी) मेन डिस्ट्रिब्युसन बोर्ड/बक्स बाट भवनको सबै ठाउँमा विद्युत सप्लाइ गरिन्छ ।
यसलाइ इनर्जी मिटरको लगत्तै पछाडी जडान गरिन्छ। यसबाट अन्य डिबी तथा सब-डिबीहरुमा पावर सप्लाइ हुन्छ । यसभित्र विद्युतीय सुरक्षा तथा नियन्त्रणका उपकरणहरु जस्तै फ्युज, एमसिबी, आरसिसिबी राखि जडान गरिएको हुनुपर्छ । यसको सञ्चालन तथा मर्मत संभार छिटो तथा सहज बनाई विद्युत वितरण प्रभावकारी बनाउन सजिलै पहुँच हुने स्थानमा जडान गर्नुपर्छ ।
घ) डिस्ट्रिब्युसन बोर्ड/बक्स (डिबी): विद्युत सप्लाइलाई व्यवस्थित तरिकाले लोडहरुमा पुर्याउनको लागि तथा सर्किटहरुको दुरी कम गर्नको लागि डिस्ट्रिब्युसन बोर्ड/बक्सहरु राखिन्छ। यसमा मेन डिस्ट्रिब्युसन बोर्ड/बक्सबाट सप्लाई गरिन्छ । डिस्ट्रिब्युसन बोर्ड/बक्सहरु आवश्यकता अनुसारको स्थानमा भुई सतहबाट ५ फिट १० इन्चको उचाईमा राख्न सकिन्छ ।
ङ) सुरक्षाका उपकरणहरु: ओभरलोड, सर्टसर्किट तथा चुहावटका कारण उत्पन्न हुनसक्ने विद्युतीय जोखिमलाई नियन्त्रण गर्नको लागि विभिन्न किसिमका विद्युतीय सुरक्षाका उपकरणहरु जडान गर्नुपर्दछ । सामान्यतया एमडिबी तथा डिबीहरुभित्र यस्ता उपकरणहरु जडान गरिएको हुन्छ। सामान्यतया भवनमा प्रयोग हुने विद्युतीय सुरक्षाका उपकरणहरु निम्न अनुसार छन ।
च) जक्सन बक्सः जक्सन बक्सको प्रयोग गर्दा विद्युतीय लाइन बाँड्न र चेक गर्न सजिलो पर्दछ। यसले गर्दा तारहरुलाई किफायती तरिकाले प्रयोग गर्न सकिन्छ ।
छ) स्विचः स्विचको माध्यमबाट बत्ती तथा पंखाहरुमा विद्युत सप्लाइ गरिन्छ र यसबाट आवश्यकता अनुसार बत्ती तथा पंखाहरुलाई सञ्चालन गरिन्छ। सामान्यतया यसको जडान भुई सतहबाट ४ फिट उचाईमा गरिन्छ ।
ज) पावर सकेटः विद्युतीय यन्त्र तथा उपकरणहरुमा सप्लाइ दिनको लागि आवश्यक स्थानहरुमा पावर सकेट जडान गरिएको हुन्छ । सामान्यतया यसको जडान भुई सतहबाट ८ इन्च उचाईमा गरिन्छ ।
झ) बाल बत्ती तथा फिक्सचर्सः आवश्यकता अनुसार बत्ती तथा अन्य विद्युतीय उपकरणहरु वालमा जडान गर्न सकिन्छ । सामान्यतया यसको जडान भुई सतहबाट ७ फिट उचाईमा गरिन्छ ।
ञ) मस्टिस्ट्रेन्डेक वायरः मसिनो धेरैवटा तारहरुले बनेको कन्डक्टर केबल वा तारलाई मल्टिस्ट्रेन्डेक वायर भनिन्छ। भवनको बायरीङ गर्दा अनिवार्य रुपमा यस किसिमको तारको प्रयोग गर्नुपर्छ ।
४) विद्युतीय निर्माण सामाग्री
क) तार, केबुल, कन्डक्टरः नेपाल गुणस्तर चिन्ह प्राप्त अथवा सो अनुसार तयार पारिएको विभिन्न साइजको तारहरु मात्र प्रयोग गर्नु पर्दछ । तार, केबुल, कन्डक्टर को लागि तामा अथवा आलुमिनियमको प्रयोग गर्दा राम्रो हन्छ ।
ख) लिस्टीः बाहिरी वायरीड गर्दा तारहरुलाई बाहिरबाट छोप्नको लागि यसको प्रयोग गरिन्छ। मुख्यत निम्न दुई प्रकारका लिस्टिहरु बढी प्रयोगमा रहेका छन ।
ग) कन्ड्युटपाइपः भित्री बायरीङ गर्दा तारहरुलाई यस भित्र विस्तार गरिन्छ। नेपाल गुणस्तर चिन्ह प्राप्त अथवा सो अनुसार तयार पारिएको विभिन्न साइजको कन्ड्युट पाइप प्रयोग गर्नु पर्दछ। निर्माण सामाग्रीको आधारमा यसका निम्न प्रकारहरु छन् ।
घ) प्यानल बोर्ड, डिबी, जइसन बक्स, स्वीच सकेट बक्सः १४ देखि १६ गेजसम्मको स्टील मेटल सिटले बनाइएको र डबल कोडेड पेन्टिङ गरिएको प्रयोग गर्नुपर्छ ।
ङ) केबल ग्लेन्डः केबल तथा वायरीडलाई नफुत्किने गरी उपकरणहरुमा जडान गर्नको लागि यसको प्रयोग गरिन्छ। राम्रो इन्सुलेसन भएको केबल ग्लेन्ड प्रयोग गर्नु पर्दछ ।
च) केबल सकेटः तार तथा केबलहरुलाई एकआपसमा कनेक्सन गर्नको लागि यसको प्रयोग गरिन्छ। तामाले बनेको केबल सकेट प्रयोग गर्नुपर्छ ।
छ) गिप्सः सामाग्रीहरुको जडानको लागि सर्पोटको रुपमा यसको प्रयोग गरिन्छ। नाइलन/मेटलले बनेको ग्रिप्स प्रयोग गर्नुपर्छ ।
ज) क्लिप, क्याम्पः तारहरुलाई भित्तामा अड्याउनको लगि यसको प्रयोग गरिन्छ। आल्मुनियमले बनेको खिया नलाग्ने खालको प्रयोग गर्नुपर्छ ।
झ) पेचकिलाः खिया नलाग्ने स्टीलले बनेको राम्रो खालाको प्रयोग गर्नुपर्छ ।
ञ) पिभिसी टेपः राम्रो इन्सुलेसन भएको टेप प्रयोग गर्नुपर्छ ।
ट) अर्थवायरः यो अर्थिङ पिटबाट एमडिबीसम्म जोडिन्छ। तामाले बनेको कम्तीमा पनि (८) एसडब्लुजीको तार वा २५ मीमी x ३ मीमी स्ट्रिप प्रयोग गर्नुपर्छ ।
५) वायरीङ सम्बन्धी
मर्मत गर्न सजिलो हुने, विद्युत चुहावट नहुने, सुरक्षित हुने जस्ता कुराहरुलाई ध्यान दिई वायरीङ गर्नुपर्दछ। वावरीङ गर्दा सबै लोडहरुलाई प्यारालल कनेक्सन गर्नुपर्दछ। थ्री फेज बायरीड गर्दा लोड सबै फेजमा ब्यालेन्स हुने गरी गर्नुपर्दछ । वावरीङ गर्दा धप निम्नानुसारका बुँदाहरुलाई विचार गर्नुपर्दछ ।
क ) बायरीड गर्दा तार बिछ्याउने तरिकाहरु मुख्यतया निम्न दुई प्रकारका छन्
ख) कलर कोडः बायरीङ गर्दा सकभर कलर कोड अनुसार कार्य गर्नुपर्छ। जसले गर्दा फेजवायर, न्युट्रल बायर, अर्थवायर सजिलै छुटिन्छ । यसरी कलरकोड प्रयोग गरी वायरीङ गरिएमा चेकजाँच तथा मर्मत कार्य गर्न सजिलो हुन्छ ।
ग) विद्युत सर्किटः बत्ती, पंखाहरु र पावर प्वाइन्टहरुको लागि छुट्टा छट्टै सर्किट बनाउनु पर्दछ। भिन्न सर्किटहरुलाई एक आपसमा कनेक्सन गर्नु हुदैन ।
घ) तारको साइज:
ङ) अर्थिङः बायरीड गर्दा अर्थिङ्ग अनिवार्य रुपले गरिएको हुनुपछ ।
६) कन्ड्युट पाइपको साइज र यसभित्र राख्न सकिने तारहरुको संख्या
भित्री वायरीङको लागि विभिन्न साइजका कन्ड्युट पाइपहरु प्रयोग गर्न सकिनेछ र कन्ड्युट पाइपको साइजको आधारमा यसभित्र राख्न सकिने विभिन्न साइजको तारहरुको संख्या निर्धारण गर्न सकिनेछ । कन्ड्युट पाइपमा राख्न सकिने २५० भोल्ट पि.भि.सि. इन्सुलेटेड तारहरुको अधिकतम संख्या यस टेवलमा दिए अनुसारको गर्नुपर्छ ।
जस्तै, २० एमएमको कन्ड्युट पाइपमा अधिकतम ५ बटा २.५ स्क्वायर एमएम साइजको तारहरु राख्न सकिन्छ ।
७) अर्थिङ सम्बन्धी
विद्युतीय जोखिमहरु जस्तै झट्का लाग्ने, करेन्ट लाग्ने, विद्युतीय सामाग्रीहरु जल्न/पर्किने, आगोलागी हुने आदि कारणहरुलाई धेरै हदसम्म न्यूनीकरण गर्नको लागि भवनमा अर्थिङ्ग गर्ने गरिन्छ। राम्रोसँग अर्थिङ्ग गर्नाले हुनसक्ने विद्युतीय असाबधानी तथा दुर्घटनाहरुबाट सुरक्षित रहन सकिनेछ। साथै यसले विद्युतीय उपकरणहरुलाई पनि सुरक्षित राख्न मद्दत गर्छ ।
अर्थिङ गर्दा गर्नुपर्ने कार्यहरुः
अर्थिङका तरिकाहरुः
अर्थिङ गर्ने थुपै धेरै तरिकाहरु छन, जसमध्ये भवनमा विषेशगरी निम्न दुई तरिकाहरु बढी प्रयोग हुने गर्छ ।
क) प्लेट अर्थिङः प्लेट अर्थिङ गर्दा तल चित्रमा देखाइए अनुरुप गनुपर्छ। यस कार्य गर्दा सर्वप्रथम उपयुक्त स्थानमा आवश्यक गहिराइको खाल्डो खन्नुपर्छ । ३.१८ मीमी बाक्लो ६० से.मि. x ६० से.मि. वर्गाकार साइजको तामाले बनेको प्लेटमा अर्थवायर मजबुत किसिमले जडान गरी सो खाल्डोमा राख्नुपर्छ । खाल्डोमा तामाको प्लेट राखिसके पश्चात त्यसको वरिपरि सबै भागहरुमा पर्ने गरी खाल्डोमा नुन र कोइला राख्नुपर्छ। नुन र कोइला राख्दा एकपछि अर्को तह हुने गरी राख्नुपर्छ र एक तह १५० मी.मी. बाक्लो हुनुपर्छ । अर्थिङलाई ओसिलो बनाइराख्न समय समयमा पानी हाल्ने व्यवस्थाको लागि खाल्डोमा १९ मीमीको जिआइ पाइप पनि राख्नुपर्छ । यसरी गरिएको अर्थिङको ठिक माथि जमिन सतहमा सानो मङ्गल बनाइ त्यसलाई सि आइले बनेको ढकनीले छोप्नुपर्छ, जसले गर्दा आवश्यक परीक्षण र मर्मत संभार गर्न सहज हुन्छ ।
ख) पाइप अर्थिङः पाइप अर्थिङ गर्दा सर्वप्रथम उपयुक्त स्थानमा आवश्यक गहिराइको खाल्डो खन्नुपर्छ। २५ मी लम्बाइको २८ मीमी जिआइ पाइप र ५० से.मी. लम्बाइको १९ मीमी जिआइ पाइपलाई रिड्युसिङ सकेटको माध्यमबाट जोडी खाल्डोमा राख्नुपर्छ । यसरी पाइपलाई खाल्डोमा राख्दा ३८ मीमीको भागलाई जमिनमुनि र १९ मीमीको भागलाई जमिन माथि पर्ने गरी राख्नुपर्छ । १९ मीमी जिआइ पाइपको माथिल्लो स्थानबाट १३ मीमी जिआइ पाइप अर्थवायरको रुपमा जडान गर्नुपर्छ । यसरी खाल्डोमा पाइप राखिसके पश्चात् त्यसको वरिपरि सबै भागहरुमा पर्ने गरी खाल्डोमा नुन र कोइला राख्नुपर्दछ। नुन र कोइला राख्दा एकपछि अर्को तह हुने गरी राख्नुपर्छ र एक तह १५० मी.मी. बाक्लो हुनुपर्छ । माथि उल्लेख गरिए अनुसार राखिएको १९ मीमीको जिआइ पाइपमा फनेल जडान गर्नुपर्छ, जसले गर्दा समय समयमा अर्थिङमा पानी हाल्न सकिन्छ। यसरी गएिको अर्थिङको ठिक माथि जमिन सतहमा सानो मङ्गल बनाइ त्यसलाई सिआइले बनेको ढकनीले छोप्नुपर्छ, जसले गर्दा आवश्यक परीक्षण र मर्मत संभार गर्न सहज हुन्छ ।
८) लाइटनिङ (चट्याङ) प्रोटेक्सन सिस्टम
भवन तथा भवनमा प्रयोग हुने विद्युतीय संरचना तथा उपकरणहरुलाई लाइटनिङ (चट्याङ) बाट पर्नसक्ने जोखिमबाट बचाउन भवनमा लाइटनिङ (चट्याङ) प्रोटेक्सन सिस्टम राख्नुपर्ने हुन्छ। निम्न सामाग्रीहरुको जडान तथा कनेक्सनबाट भवनमा लाइटनिङ (चट्याङ) प्रोटेक्सन सिस्टमको निर्माण गर्न सकिनेछ।
९) इलेक्ट्रिकल जडानको परीक्षण
वायर, केबलहरुको नाप, लम्बाइ, र इन्सुलेसनको जाँच गर्नुपर्दछ ।
जडान गर्न ल्याइएका विद्युतीय यन्त्र, उपकरण, तार/केबल तथा अन्य सामाग्रीहरु कार्ययोजना अनुरुप भए/नभएको चेकजाँच गर्नुपर्दछ ।
जडान कार्य गर्दा र सकिएपछि निम्न कुराहरु जाँच गर्नु पर्दछ
सबै विद्युतीय यन्त्र तथा उपकरणहरु उपयुक्त स्थानमा जडान भए/नभएको चेक गनुपर्दछ ।
१०) ध्यान दिनुपर्ने अन्य महत्वपूर्ण कुराहरु
क) नेपाल गुणस्तर चिन्ह प्राप्त वा ISO प्रमाणित गुणस्तरीय निर्माण सामाग्रीहरु प्रयोग गर्नुपर्दछ ।
ख) दक्ष कामदार तथा इलेक्ट्रिसियनहरुबाट काम गराउनु पर्दछ ।
ग) आवश्यकता अनुसार दक्ष प्राविधिकको राय सल्लाह लिइ काम गर्न/गराउन पर्दछ ।
घ) जडान गरिएका विद्युतीय उपकरणहरु तथा यसको सम्पूर्ण जडान संरचनाहरुको समय समयमा चेकजाँच तथा मर्मत संभार गर्नुपर्दछ ।