वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

कित्ताकाट खुला, बढ्दो तरलता, घट्दो ब्याजदर, सहज कर्जा प्रवाह, लोन टु भ्यालु रेसियो वृद्धि, घरजग्गा धितो कर्जाको जोखिम भारमा कमी, नीतिगत सहजीकरण हुँदा पनि घरजग्गा कारोबार अपेक्षित बढ्न सकेन

367B408218B985F-icon.png
2844views
A2BE24EA1303BB4-435712304_7531880606890040_4919092065027431720_n.jpg

काठमाडौं । वर्ष २०८० घरजग्गा (रियल इस्टेट) कारोबारका लागि त्यति सुखद रहन सकेन् । बैंक तथा वित्तीय संस्थाहरुले सस्तो ब्याजदरमा सहज रुपमै कर्जा उपलब्ध गराउन सुरु गरे पनि घरजग्गा किनबेच अपेक्षित बढ्न सकेन ।

२०८० सालमा जग्गाको कित्ताकाट भने दोब्बर वृद्धि भएको छ । वर्षभरीमा घरजग्गा किनबेच सामान्य वृद्धि हुँदा अपार्टमेन्ट किनबेच र राजश्‍व संकलन भने घटेको छ ।

गत वर्ष सरकार नै घरजग्गा कारोबार बढाउने ध्याउन्‍नमा थियो । घरजग्गा कारोबार खुम्चिदा समग्र अर्थतन्त्र नै सुस्ताएको र प्रणालीमा पैसा आउनै रोकिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालिन अर्थमन्त्री डा. प्रकाशशरण महतले कारोबार चलायमान बनाउन प्रयास गरेका थिए । लगत्तै कित्ताकाट खुला, बढ्दो तरलता, घट्दो ब्याजदर, सहज कर्जा प्रवाह, लोन टु भ्यालु रेसियो वृद्धि, घरजग्गा धितो कर्जाको जोखिम भारमा कमी, नीतिगत सहजीकरण हुँदा पनि घरजग्गा कारोबार बढाउन सकेन ।

भूउपयोग नियमावली, २०७९ मार्फत जग्गा टुक्राउन कडाई गरिएपछि स्वात्तै घटेको कित्ताकाट पछि खुकुलो बनाएपछि बढ्न थालेको हो । २०८० अशोजदेखि बढ्न थालेको भूमि विभागको तथ्यांकले देखाउँछ ।

कित्ताकाटमा कडाई गरेपछि २०७९ मा देशभरी ६ लाख २९ हजार ६७७ मात्र कित्ताकाट भएका थिए । २०८० मा कित्ताकाट दोब्बर बढेर १२ लाख ३४ हजार ५९ पुगेको देखिन्छ । 

२०८० मा जेठ, असार, अशोज, मंसिर, पुस, माघ, फागुन र चैतमा एक लाखभन्दा धेरै कित्ताकाट भएका छन् । जबकी, ०७९ मा वैशाख र जेठमा मात्र एक लाखभन्दा धेरै कित्ताकाट भएको थियो । वैशाख र जेठ नयाँ भूमिसुधार नियमावली लागू हुनुअघिका महिना हुन् । 

अघिल्लो वर्षको तुलनामा गत वर्ष घरजग्गा कारोबार बढे पनि अपेक्षित वृद्धि भएन । ०७९ मा देशभर चार लाख ६७ हजार ६४८ घरजग्गाको लिखत पारित भएकोमा ०८० मा पाँच लाख २७ हजार द्द२९ घरजग्गाको लिखत पारित भएको छ ।

गत वर्ष मंसिर महिनादेखि घरजग्गा किनबेच निरन्तर बढ्दै गइरहे पनि चैतमा ब्रेक लागेको छ । वैशाख, जेठ, माघ, फागुन र चैतमा ५० हजारभन्दा बढी घरजग्गा किनबेच भएका देखिन्छ । 

गत वर्ष काठमाडौं उपत्यकालगायत प्रमुख शहरी क्षेत्रहरुमा घरजग्गा किनबेच बढ्न सकेन । तर, पूर्वी तराईका झापा, मोरङ, सुनसरी, जनकपुर, बारा, पर्सा, पश्‍चिममा बाँके, धनगढी, कैलाली लगायत तराई क्षेत्रमा कारोबार बढेको छ ।

वर्ष २०८० बहुतले अपार्टमेन्ट किनबेचका लागि सुखद बन्‍न सकेन । ०७९ मा ४४३ युनिट अपार्टमेन्ट किनबेच भएकोमा ०८० मा घटेर २४९ मात्र अपार्टमेन्ट किनबेच भएका छन् ।

नेपालमा काठमाडौं, ललितपुर, पोखरा, भैरहवा, वीरगञ्‍ज लगायत शहरमा अपार्टमेन्ट निर्माण तथा किनबेच हुँदै आइरहेका छन् ।  

गत वर्ष मालपोत कार्यालयहरुले संकलन हुने राजश्‍व पनि घटेको छ । २०७९ मा ४५ अर्ब १६ करोड ६२ लाख रुपैयाँ राजश्‍व संकलन भएकोमा गत वर्ष २०८० मा ४० अर्ब ३२ करोड ८७ लाख रुपैयाँ राजश्‍व संकलन भएको भूमि विभागको तथ्यांक छ । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

0BE5EFE210B8793-845F41975B5239A-457805888_1058533425842663_1549223094168763092_n.jpg

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने