नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

नौ महिनाको अवधिमा सिमेन्ट र क्लिंकर गरी २५ लाख नौ हजार ५७७ टन निर्यात भएको भन्सार विभागले जनाएको छ ।

367B408218B985F-icon.png
513views
47BB0FE6F302086-Nepali-cement-quality_20200119110243.jpg

काठमाडौं । आधुनिक निर्माण सामाग्री सिमेन्ट र क्लिंकर (अर्धप्रशोधित सिमेन्ट) को निर्यात उत्साहप्रद देखिएको छ । चालू आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालबाट दुई अर्ब ९७ करोड ४६ लाख रुपैयाँको सिमेन्ट तथा क्लिंकर निर्यात भएको छ ।

नेपाली सिमेन्ट भारतीय सिमावर्ती क्षेत्रमा निर्यात हुँदै आइरहेको छ । भन्सार विभागको तथ्यांकमा सिमेन्ट र क्लिंकरको निर्यात करिव बराबरी देखिन्छ । सरकारले निर्यातमा नगद अनुदान र बिजुलीको महशुलमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेपछि सिमेन्ट र क्लिंकर निर्यात उत्साहप्रद देखिएको हो ।

नौ महिनामा एक अर्ब ४७ करोड ८९ लाख रुपैयाँको चार लाख ३९ हजार १०५ टन क्लिंकर निर्यात भएको छ भने एक अर्ब ४९ करोड ५७ लाख रुपैयाँको २० लाख ७० हजार ४७३ टन तयारी सिमेन्ट निर्यात भएको छ ।

यो अवधिमा सिमेन्ट र क्लिंकर गरी २५ लाख नौ हजार ५७७ टन निर्यात भएको भन्सार विभागले जनाएको छ ।

अहिले पाल्पा सिमेन्ट, अर्घाखाँची, बालाजी, सिजी पाल्पा, सौर्य, सर्वोत्तम लगायत कम्पनीले सिमेन्ट निर्यात गर्दै आइरहेका छन् । 

मन्दीले निर्माण क्षेत्र सुस्त बनेपछि घरेलु बजारमा सिमेन्टको बिक्री कम छ । यही बेला व्यवसायीहरुले भारतीय बजारमा सिमेन्ट निर्यातमा ध्यान केन्द्रित गरिरहेका छन् 
नेपालबाट ०७९ असारदेखि सिमेन्ट निर्यात सुरु भएको थियो । छोटो अवधिमा सिमेन्टको बढ्दो निर्यातले उत्साह थपेको छ । 

यो आर्थिक वर्षमा करिव पाँच अर्बको सिमेन्ट तथा क्लिंकर निर्यात गर्ने उद्योगीहरुको लक्ष्य छ । तर, अहिलेसम्मको अवस्था हेर्दा निर्यात सजिलै चार अर्ब नाघ्ने देखिन्छ ।

काठमाडौंमा दुई दिन रियल इस्टेट कन्फ्रेन्स हुँदै, विदेशी वक्ता पनि सहभागी हुने

नागार्जुनमा २० करोडको बंग्लो बिक्रीमा, तीन दिन ओपन हाउस कार्यक्रम

चालू आवमा रियल इस्टेट क्षेत्रको वृद्धिदर पाँच वर्षयताकै उच्च रहने प्रक्षेपण

निर्माण उद्योग अझै मन्दीमै, चालू आवमा २.०७५ ऋणात्मक रहने प्रक्षेपण

यस्तो बन्दैछ रारामा लक्जरी रिसोर्ट, अष्ट्रेलियन लगानी भित्रिँदै (फोटोफिचर)

फेरिँदैछ वीरगञ्‍जको मुहार

यी हुन् लगानी सम्मेलनमा सोकेश गरेका शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

9A2E6C2058FB5DA-Nepali-cement-quality_20200119110243.jpg

८ महिनामा साढे दुई अर्बको सिमेन्ट निर्यात

DAD3C9812481A61-SK-Nepal.jpg

कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी

800A21B9852146A-Nepali-cement-quality_202001191102431682231740.jpg

सात महिनामा दुई अर्बभन्दा बढीको साढे २१ लाख टन सिमेन्ट र क्लिंकर निर्यात