किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

गत वर्ष ३४९ युनिट अपार्टमेन्ट किनबेच भएका छन् । यो संख्या अघिल्लो वर्ष ०७९ को तुलनामा ९४ युनिट कम कारोबार हो । सो वर्ष ४४३ युनिट अपार्टमेन्ट किनबेच भएका थिए ।

367B408218B985F-icon.png
2453views
B8CC07504501B76-apartment1614176585.jpg

काठमाडौं । वर्ष ०८० बहुतले अपार्टमेन्ट किनबेचका लागि उत्साहप्रद रहेन । जग्गाको सिमितता रहेको काठमाडौं उपत्यकामा ठूल्ठूला अपार्टमेन्ट निर्माण र किनबेच बढ्नुपर्नेमा उल्टै घटेको भूमि व्यवस्थापन विभागको तथ्यांकले देखाएको छ ।

गत वर्ष ३४९ युनिट अपार्टमेन्ट किनबेच भएका छन् । यो संख्या अघिल्लो वर्ष ०७९ को तुलनामा ९४ युनिट कम कारोबार हो । सो वर्ष ४४३ युनिट अपार्टमेन्ट किनबेच भएका थिए ।

पछिल्लो समयमा अपार्टमेन्ट किनबेच निरन्तर घटिरहेको भूमि विभागको तथ्यांकले देखाउँछ । एकातिर नयाँ अपार्टमेन्ट निर्माण हुँदा खरिद बिक्रीका लागि स्टक युनिट नै छैनन् । अर्कोतिर, अपार्टमेन्टको मूल्य घरको भन्दा पनि महंगो छ । 

अपार्टमेन्टको अस्वभाविक मूल्यका कारण उपभोक्ताहरु अपार्टमेन्ट भन्दा सिंगल युनिट घर नै खरिद गर्न चाहेको देखिन्छ । 

नेपालमा ०७२ को भूकम्पपछि हाईराइज अपार्टमेन्ट खासै निर्माण भएका छैनन् । पछिल्लो समय घोषणा गरिएका अपार्टमेन्ट अझै निर्माण सम्पन्‍न भइसकेका छैनन् ।  
तर, पछिल्लो समय निर्माण सुरु गरिएका अपार्टमेन्टमा बस्‍नका लागि दुई करोड रुपैयाँभन्दा बढी मोल तिर्नुपर्छ । जबकी, यो मूल्यमा साढे दुई तलाकै घर पाइन्छन् । 

नेपालको शहरी मध्यमवर्गलाई तार्गेट गरेर एउटै अपार्टमेन्ट निर्माण सुरु भएका छैनन् । अहिले किनबेच भइरहेका अपार्टमेन्टहरु पनि भूकम्पअघि नै निर्माण सम्पन्‍न भइसकेका वा निर्माण सुरु गरिएका हुन् । 

अहिले काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, भैरहवा, विराटनगर, वीरगञ्‍ज, इटहरी, झापा लगायत ठाउँमा अपार्टमेन्ट निर्माण सुरु भएका छन् । 

गत वर्ष सबैभन्दा बढी अपार्टमेन्ट भदौमा ४५ युनिट बिक्री भएका थिए । बाँकी ११ महिना अपार्टमेन्ट किनबेच ४० भन्दा कम युनिट रहेका छन् । सबैभन्दा कम चैतमा १८ युनिट मात्र अपार्टमेन्ट किनबेच भएको तथ्यांक छ । 

अघिल्लो वर्ष ०७९ असारमा ९८ युनिट अपार्टमेन्ट किनबेच भएको तथ्यांक छ । यस्तै, फागुनमा ५१ युनिट अपार्टमेन्ट किनबेच भएका थिए ।  

 

काठमाडौंमा दुई दिन रियल इस्टेट कन्फ्रेन्स हुँदै, विदेशी वक्ता पनि सहभागी हुने

नागार्जुनमा २० करोडको बंग्लो बिक्रीमा, तीन दिन ओपन हाउस कार्यक्रम

चालू आवमा रियल इस्टेट क्षेत्रको वृद्धिदर पाँच वर्षयताकै उच्च रहने प्रक्षेपण

निर्माण उद्योग अझै मन्दीमै, चालू आवमा २.०७५ ऋणात्मक रहने प्रक्षेपण

यस्तो बन्दैछ रारामा लक्जरी रिसोर्ट, अष्ट्रेलियन लगानी भित्रिँदै (फोटोफिचर)

फेरिँदैछ वीरगञ्‍जको मुहार

यी हुन् लगानी सम्मेलनमा सोकेश गरेका शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

7F45A1FB13B2EEE-F4AF1FAEB133DEC-7A6CE68FAA516AA-054B042863FC9D0-2908F17F4D17E96-902B178FAB52BBB-Kathmandu-valley.jpg

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

FF3C1A1E7990BCF-a2d1b941-b589-40ac-9fa1-9a64e71f7980.jpeg

किन घट्दैछ काठमाडौंमा घर निर्माण ?

9CDC501EF38B465-IMG_2183.jpeg

देशैभर पक्की घर बढ्दै, कच्ची घट्दै, ७६% परिवारको बसोबास पक्की घरमा