काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

४० प्रतिशतसम्म मूल्य घट्दा पनि काठमाडौं उपत्यकामा घरजग्गा खरिद गर्ने ग्राहक भेटिदैनन्, साटफेर अफरले अलिअलि घरजग्गा कारोबार बढाउँदै

367B408218B985F-icon.png
25193views
7F45A1FB13B2EEE-F4AF1FAEB133DEC-7A6CE68FAA516AA-054B042863FC9D0-2908F17F4D17E96-902B178FAB52BBB-Kathmandu-valley.jpg

काठमाडौं । देशभरको समग्र घरजग्गा कारोबार लयमा फर्किदै गर्दा मुख्य शहरी भेगहरुमा भने किनबेच घट्दै गइरहेको देखिएको छ ।

काठमाडौं उपत्यकामा रहेका नौवटा मालपोत कार्यालयमध्ये मनमैंजूबाहेक सबैतिर घरजग्गा कारोबार घटेको भूमि व्यवस्थापन विभागको तथ्यांकले देखाउँछ ।

२०७९ मा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललिपतुर र भक्तपुरमा कुल ५२ हजार २८३ घरजग्गाको लिखत पारित भएका थिए । तर, ०८० मा किनबेच घटेपछि ४६ हजार ३३ घरजग्गाको मात्रै लिखत पारित भएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा ६ हजार २५० ले कम हो ।

काठमाडौं उपत्यकाको रियल इस्टेटमा अझै मन्दीको प्रभाव नहटेको घरजग्गा कारोबारको तथ्यांकले स्पष्ट पार्छ ।

घरजग्गा कारोबार घटेपछि राजश्व संकलन पनि प्रभावित भएको छ । ०७९ मा उपत्यकाका नौ मालपोत कार्यालयबाट १७ अर्ब १९ करोड रुपैयाँ राजश्व संकलन भएकोमा ०८० सालमा १६ अर्ब ४८ करोडमात्रै राजश्व उठेको छ ।

शहरी क्षेत्रमा रजिष्ट्रेसन दस्तुर र पुँजीगत लाभकरबाट धेरै राजश्व उठ्ने गरेकोमा कारोबार घटेपछि राजश्व संकलन पनि पनि घट्न गएको भूमि विभागले जनाएको छ । जति धेरै महंगा प्रोपर्टी किनेबच भयो, त्यति धेरै पुँजीगत लाभकर उठ्ने हुन्छ ।  

अहिले उपत्यकाभित्र घरजग्गा कारोबार करिव ठप्प छ । मूल्य पनि खस्किँदै गइरहेको देखिन्छ । तर पनि घरजग्गा खरिद गर्ने ग्राहक नभेटिने व्यवसायीको भनाई छ । 

मन्दीका कारण धेरैसँग अहिले नगद छैन । बैंकले पनि अझै घरजग्गामा ऋण लगानी बढाउन सकिरहेका छैनन् । नगद हुनेहरुले उपत्यकामा ३५/४० प्रतिशतसम्म मूल्य घटाएर घरजग्गा किन्न थालेको नेपालहोम्स सर्चका सञ्चालक प्रकाश सुब्बाले बताए । 

‘नगद हुनेहरुले मूल्य घटाएर किन्न बार्गेनिङ गरिरहन्छन्, आपत विपत पर्नेहरुले प्रोपर्टी बिक्री नगरी सुख छैन्, मूल्य नघटी सुख छैन’ सुव्वाले भने, ‘नगद हुनेहरुले अहिले आफ्नो मोलमा घरजग्गा खरिद गर्न पाइरहेका छन् ।’

मुख्य शहरी क्षेत्रमा घरजग्गा कारोबार झनै ठप्प भएको उनको अनुभव छ । तर, पछिल्लो समय उपत्यकाका कुनाकाप्चातिर पनि घरजग्गा किनबेच सुस्ताएको उनले बताए ।

‘नगद हुनेले ६ करोडको घर ४ करोडमा पाउन थालेका छन्, समस्या पर्नेहरुले भटाभट मूल्य घटाएर पनि बिक्री गरिरहेका छन्,’ सुब्बाले भने, ‘रिङरोडमा सामन्यतया प्रतिआना १ करोडभन्दा कममा जग्गा भेटिँदैन्, तर धोवीघाटमा एक जनाले ६० करोडमै जग्गा बिक्री गरे रे ।’ 

‘इशान कोलोनीमा ८ आना जग्गा छ, जग्गाधनीले पाँच करोड मूल्य भन्छन्, तर क्यास पार्टीले ४ करोड भनेर बार्गेनिङ गरिरहेको छ’ क्यास पार्टीले गर्ने बार्गेनिङको उदाहरण दिँदै उनले भने, ‘बरु अहिले नगदमा कारोबार कम हुने हुँदा एक्सचेञ्जले कारोबार अलिअलि बढाएको छ, डेभलपर र एजेन्सी एक्सचेञ्जमै केन्द्रित भइरहेका छन् । 

पद्य कोलोनी, डाउनटाउन हाउजिङ, दीपक मलहोत्रा लगायतका ठूला डेभलपरहरुले पनि घरजग्गा बिक्री घटेपछि एक ठाउँको जग्गासँग काठमाडौंमा घरजग्गा साटफेर गर्न पाउने सुविधा ल्याएका छन् । 

०८० मा मनमैंजूबाहेक सबै मालपोतमा  किनबेच घट्यो

अघिल्लो वर्षको तुलनामा गत वर्ष उपत्यकामा घरजग्गा कारोबार घटेको छ । नौवटा मालपोत कार्यालयमध्ये मनमैंजु मालपोत कार्यालयमा मात्र लिखत पारित बढेको विभागको तथ्यांक छ ।

मनमैंजु मालपोतबाट ०७९ मा दुई हजार पाँच घरजग्गाको लिखत पारित भएकोमा ०८० सालमा २४ सय ६९ घरजग्गाको लिखत पारित भएको छ । 

०७९ मा १२ हजार ३४५ घरजग्गाको लिखत पारित भएको ललितपुरको लगनखेल मालपोतबाट ०८० मा १० हजार ६३७ घरजग्गाको लिखत पारित भएका छन् ।

भक्तपुरमा ०७९ मा ११ हजार ७८८ घरजग्गाको लिखत पारित भएकोमा ०८० मा १० हजार ८६५ मात्रै घरजग्गाको लिखत पारित भएको छ ।

डिल्लीबजार, कलंकी, साँखु र टोखा मालपोत कार्यालयबाट पनि घरजग्गा किनबेच घटेको देखिन्छ । ०८० मा डिल्लीबजार मालपोतबाट २३ सय २९, चावहिलबाट पाँच हजार १०, कलंकीबाट सात हजार ७३४, साँखुबाट ४ हजार ६९ र टोखाबाट १७ सय ९९ घरजग्गाको लिखत पारित भएको छ ।

घरजग्गा किनबेच घटेपछि ६ वटा मालपोत कार्यालयको राजश्व उठ्ती पनि घटेको देखिन्छ । ०८० मा लगनखेल, गोटीखेल, भक्तपुर, चावहिल, साँखु, मनमैंजु मालपोत कार्यालयबाट उठ्ने राजश्व घटेको छ भने डिल्लीबजार, कलंकी र टोखा मालपोत कार्यालयबाट उठ्ने राजश्व बढेको छ ।

 कोर सिटीमा बिक्री ठप्प, काँठमा फैलिँदै

पछिल्ला वर्षमा उपत्यकाका भित्री शहरमा भन्दा काँठ क्षेत्रमा घरजग्गा किनबेच धेरै हुने गरेको भूमि विभागको तथ्यांकले देखाउँछ । शहरभित्र बढ्दो महंगीसँगै खाली जग्गा पनि भेटिन छाडेपछि घरजग्गा कारोबारीहरु रिङरोडबाहिर केन्द्रित देखिन्छन् ।

विभागको तथ्यांकअनुसार ललितपुर, भक्तपुर, कलंकी र साँखु मालपोत कार्यालयबाट  सबैभन्दा बढी घरजग्गा किनबेच भएको देखिन्छ । 

ललितपुरको सानागाउँ, गोदामचौर, हरिसिद्धी, ठेँचो, गोदावरी, सन्तानेश्वर महादेव, ठैव, लामाटारलगायत क्षेत्रहरु ग्राहकको रोजाइमा पर्न थालेको छ । यस्तै, रत्नपार्कबाट करीव १५/२० किलोमिटर दुरीमा रहेको थानकोट, नागढुंगा, दहचोक, मातातिर्थ, किर्तिपुर र दक्षिणकाली क्षेत्रमा पनि घरजग्गा किनबेच उछालिएको छ । काठमाडौं छिर्ने प्रवेशद्धार थानकोटमा घरजग्गा किनबेच तिब्र भइरहेको व्यवसायी बताउँछन् । 

अझै पनि भक्तपुरको भित्री क्षेत्रमा तुलनात्मक रुपमा कम मूल्यमा जग्गा पाइने हुँदा पनि मध्यम बर्गको रोजाई भक्तपुरतर्फ देखिएको व्यवसायीको भनाई छ । अझ पछिल्लो समय भक्तपुरको पलाँसे, नलिनचोक लगायतका क्षेत्रमा ठूला प्लटिङका कारण जग्गा कारोबार नयाँ हटस्पट बनेको छ ।

काठमाडौंको उत्तर–पूर्वी भेग साँखुमा पनि घरजग्गा कारोबार गुल्जार बनिरहेको छ । मेलम्ची जोड्ने सडकसँग जोडिएको साँखु क्षेत्रमा कम मूल्यमा घडेरी खोज्नेहरु तानिन थालेका छन् । टोखा क्षेत्र पनि घरजग्गा कारोबारीको नजरमा पर्छ ।

निर्माण उद्योग अझै मन्दीमै, चालू आवमा २.०७५ ऋणात्मक रहने प्रक्षेपण

यस्तो बन्दैछ रारामा लक्जरी रिसोर्ट, अष्ट्रेलियन लगानी भित्रिँदै (फोटोफिचर)

फेरिँदैछ वीरगञ्‍जको मुहार

यी हुन् लगानी सम्मेलनमा सोकेश गरेका शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

B8CC07504501B76-apartment1614176585.jpg

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

A29E35B49218F97-photosssssssssssss.jpg

यी हुन् घरमा विद्युतीकरण गर्दा ध्यान दिनुपर्ने कुराहरू

31BF03183180676-A0C2B94C4B7317A-photo.jpg

हाउजिङका घर– मूल्य घट्दा पनि बढेन बिक्री, दर्जन परियोजना अलपत्र