एक वर्षमा तीन अर्ब ८५ करोडको सिमेन्ट निर्यात

नेपालमा उत्पादिन सिमेन्ट तथा क्लिंकर ०७९ असारदेखि सिमेन्ट निर्यात सुरु भएको थियो । निर्यात सुरु भएको दुई वर्षमै सिमेन्टको निर्यातले उत्साह ल्याएको व्यवसायीको भनाई छ ।

367B408218B985F-icon.png
762views
975EAE7462B9322-tansen_cement___6_.jpg

काठमाडौं । बितेको आर्थिक वर्षमा सिमेन्ट तथा क्लिंकर निर्यात उत्साहप्रद देखिएको छ । एक वर्षमा तीन अर्ब ८५ करोड २८ लाख रुपैयाँ बराबरको २८ लाख ३९ हजार टन सिमेन्ट तथा क्लिंकर (अर्धप्रशोधित सिमेन्ट) भारतीय बजारमा निर्यात भएको छ ।

यो निर्यात अघिल्लो आव ०७९/८० को तुलनामा तीन अर्ब ७ करोड ३५ लाख रुपैयाँले धेरै हो । अघिल्लो आवमा ७७ करोड ९३ करोड २९ लाख रुपैयाँको १० लाख चार हजार टनमात्र सिमेन्ट र क्लिंकर निर्यात भएको भन्सार विभागको तथ्यांक छ । 

नेपालमा उत्पादिन सिमेन्ट तथा क्लिंकर ०७९ असारदेखि सिमेन्ट निर्यात सुरु भएको थियो । निर्यात सुरु भएको दुई वर्षमै सिमेन्टको निर्यातले उत्साह ल्याएको व्यवसायीको भनाई छ ।

गत वर्ष एक अर्ब ८८ करोड २० लाख रुपैयाँ बराबरको पाँच लाख ६ हजार ८४१ टन क्लिंकर र एक अर्ब ९७ करोड आठ लाख रुपैयाँ बराबरको २३ लाख ३२ हजार ३७६ टन तयार सिमेन्ट निर्यात भएको विभागले जनाएको छ । 

मूल्यका हिसावले तयारी सिमेन्ट र अर्धप्रशोधित सिमेन्ट (क्लिंकर)को निर्यात करिव बराबर रहँदै आएको छ । 

अघिल्लो आर्थिक वर्षमा तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान र १५ प्रतिशतसम्म बिद्युत महशुलमा छुट दिने घोषणा गरेसँगै सिमेन्ट निर्यात थालनी सुरु भएको हो ।

अहिले पाल्पा सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सिजी पाल्पा सिमेन्ट, बालाजी सिमेन्ट, सौर्य सिमेन्ट, सर्वोत्तम सिमेन्ट लगायतले भारतीय बजारमा आफ्नो उत्पादन निर्यात गर्दै आइरहेका छन् । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

690B216FC6CEF2D-F13291C3F3E60B4-Nepali-cement-quality_202001191102431682231740.jpg

‘बीआइएस’ नविकरण नहुँदा सिमेन्ट निर्यात २२% खुम्चियो, धेरै टिकेन उत्साह

287F14B77DDA33F-47BB0FE6F302086-Nepali-cement-quality_20200119110243.jpg

सिमेन्ट निर्यातमा ४१ प्रतिशतले गिरावट, किन घट्यो ?