‘बीआइएस’ नविकरण नहुँदा सिमेन्ट निर्यात २२% खुम्चियो, धेरै टिकेन उत्साह

भारतले सिमेन्टसहित जुत्ता, प्लाइउड, यार्न, सेनेटरी प्याड, जस्तापाता र स्टिलजन्य वस्तुको भारत निर्यातमा बीआइएस प्रमाणपत्र अनिवार्य गरेको छ

367B408218B985F-icon.png
332views
690B216FC6CEF2D-F13291C3F3E60B4-Nepali-cement-quality_202001191102431682231740.jpg

काठमाडौं । अढाई वर्षअघि ०७९ असारमा पहिलो पटक नेपाली सिमेन्ट भारतमा निर्यात सुरु हुँदा उद्योगीहरु निकै उत्साहित देखिन्थे । त्यो भारतीय बजारमा सिमेन्ट निर्यातको ढोका खुलेको समय थियो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालको नवलपरासीस्थित पाल्पा सिमेन्ट उद्योगले ‘तानसेन’ ब्रान्डको सिमेन्ट पहिलो पटक सिमावर्ती भारतीय बजारमा निर्यात गरेको थियो ।

त्यसयता अर्घाखाँची, बालाजी, सर्वोत्तम, सौर्य, सिजी पाल्पालगायत सिमेन्ट तथा क्लिंकर उद्योगले निर्यात थालेका थिए । यस्तै, अरु थुप्रै उद्योग सिमेन्ट तथा क्लिंकर निर्यात गर्नका लागि ब्युरो अफ इन्डियन स्टान्डर्ड (बीआइएस) प्रमाणपत्रको पर्खाइमा थिए ।

सिमेन्ट निर्यात पनि उत्साहप्रद रुपमै बढिरहेको थियो । मन्दीले स्वदेशी बजारमा माग घटिरहेका बेलामा उद्योगीहरुले निर्यात गरेर लाभ लिन थालेका थिए । सरकारले पनि सिमेन्ट निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गर्नुका साथै बिजुलीको महशुलमा पनि छुट दिने घोषणा गरेको थियो ।

पहिलो वर्ष (आव ०७९/८०) करिव ७८ करोडको मात्रै निर्यात भएकोमा दोस्रो वर्ष (आव ०८०/८१)मा तीन अर्ब ८५ करोड २८ लाख रुपैयाँबराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो ।

चालु आवमा सिमेन्ट र क्लिंकरको निर्यात पाँच अर्बभन्दा बढीको हुने व्यवसायीको अनुमान थियो । नेपालको वैदेशिक व्यापार सन्तुलनमा सिमेन्ट र क्लिंकर उद्योगको योगदान बढ्ने अपेक्षा थियो । 

तर, त्यो अपेक्षा धेरै वर्ष टिक्न सकेन । चालु आवको पहिलो ६ महिनामा सिमेन्ट र क्लिंकर निर्यात २१.७९ प्रतिशतले घटेको छ । गत वर्षको पहिलो ६ महिनामा एक अर्ब ७६ करोड ३३ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएकोमा यस वर्षको सोही अवधिमा एक अर्ब ३७ करोड ९० लाखको मात्रै निर्यात भएको छ ।

अहिले भारतीय बजारमा नेपाली सिमेन्टको माग नभएर निर्याट घटेको भने पटक्कै होइन । भारत सरकारले बीआइएस प्रमाणपत्र प्रदान तथा नविकरणमा आनकानी गरेपछि निर्यात घट्न थालेको हो ।

बीआइएस नभई भारतमा सिमेन्ट निर्यात गर्न पाइँदैन । जसले गर्दा अर्घाखाँची लगायतका सिमेन्ट उद्योगले महिनौंदेखि सिमेन्ट निर्यात गर्न पाएका छैनन् । भैरहवामा सञ्चालित अर्घाखाँची सिमेन्ट उद्योग सबैभन्दा ठूलो निर्यातकर्ता पनि हो ।

निर्यातमा ठूलो हिस्सा रहेको उद्योगकै बीआइएस नविकरण नभएपछि समग्र निर्यात नै घटेको देखिएको हो । 

गत वर्षको पहिलो ६ महिनामा १६ लाख ७२ हजार ३६८ टन सिमेन्ट र क्लिंकर भारत निर्यात भएको थियो, तर यस वर्षको सोही अवधिमा करिव नौ लाख चार हजार टनमात्रै निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

विभागका अनुसार ६ महिनाको अवधिमा ४९ करोड ५६ लाख रुपैयाँ बराबरको चार लाख ५४ हजार ६२२ टन क्लिंकर र ८८ करोड ३६ लाख रुपैयाँ बराबरको चार लाख ४९ हजार ३५१ टन तयारी सिमेन्ट निर्यात भएको छ ।

२६ र २७ पुसमा भएको नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी कमिटी (आइजिसी) वार्तामा बिआइएस प्रमाणपत्र प्राप्ति–नवीकरण प्रक्रियालाई छिटो–छरितो बनाउन भारतीय पक्ष सहमत भएको छ । 

भारतले सिमेन्टसहित जुत्ता, प्लाइउड, यार्न, सेनेटरी प्याड, जस्तापाता र स्टिलजन्य वस्तुको भारत निर्यातमा बीआइएस प्रमाणपत्र अनिवार्य गरेको छ । दुई पक्षीय वार्तामा नेपालले बिआइएस प्रमाणपत्र जारी तथा नविकरणको विषयलाई जोडतोडले उठाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको भनाई छ ।

बीआइएस प्रमाणपत्र जारी र नवीकरण गर्ने प्रक्रियालाई प्राथमिकताका साथ तीव्रता दिन भारतीय पक्ष सहमत भएको छ । यो विषयले एक महिनाभित्र टुंगो पाउने अपेक्षा नेपालले लिएको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

3C6FCB837E1E856-1709426220_Nepali-cement -1200x560.jpg

साढे दुई अर्बको सिमेन्ट निर्यात

A215C6A9E7130F4-cement.jpeg

निर्माणमा नभइ नहुने सिमेन्ट सम्बन्धी ३१ जिज्ञासा र जवाफ

38ED992FA6F8CA7-gharjagga-770x515.jpg

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने