सिमेन्ट निर्यातमा ४१ प्रतिशतले गिरावट, किन घट्यो ?

गत आवको चार महिनामा एक अर्ब १३ करोडको सिमेन्ट निर्यात भएकोमा यस वर्ष ६६ करोडमा खुम्चियो

367B408218B985F-icon.png
371views
287F14B77DDA33F-47BB0FE6F302086-Nepali-cement-quality_20200119110243.jpg

काठमाडौं । अढाई वर्षदेखि नेपालको वैदेशिक व्यापारमा उत्साह भरिरहेको सिमेन्ट र क्लिंकर निर्यात घट्न थालेको छ । 

चालु आर्थिक वर्षको पहिलो चार महिनामा सिमेन्ट निर्यात ४१ प्रतिशतले घटेको छ । निरन्तर बढिरहेको सिमेन्टको निर्यात भदौदेखि खस्किन थालेको हो ।

चालु आवको साउनदेखि कात्तिकसम्म ६६ करोड ५९ लाखको सिमेन्ट र क्लिंकर निर्यात भएको छ । जबकी, गत आवको सोही अवधिमा एक अर्ब १३ करोड ८ लाखको निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

०७९ असारदेखि नेपाली सिमेन्ट र क्लिंकर भारतीय सिमावर्ती बजारमा निर्यात सुरु भएको थियो । पहिलो आर्थिक वर्षमा करिव ७८ करोडको सिमेन्ट निर्यात भएकोमा दोस्रो आर्थिक वर्षमा तीन अर्ब ८५ करोडको निर्यात भएको थियो ।

अहिले भारतमा नेपाली सिमेन्टको माग नभएर निर्यात घटेको भने होइन । भारत सरकारले ब्युरो अफ इन्डियन स्टान्डर्ड (बीआइएस) नविकरणमा ढिलाइ गर्दा सिमेन्ट निर्यात घट्न थालेको हो । बीआइएस नभई भारतमा सिमेन्ट निर्यात गर्न पाइँदैन । तर, अर्घाखाँची लगायत सिमेन्ट उद्योगको बीआइएस नविकरण नभएको महिनौं भइसक्यो ।

निर्यातमा ठूलो योगदान पुराइरहेका उद्योगकै बीआइएस नविकरण नभएका कारण निर्यात खस्किन थालेको हो । 

चालु आवको चार महिनामा १६ करोड ९ लाख रुपैयाँ बराबरको २९ हजार ८५१ टन क्लिंकर (अर्धप्रशोधित) सिमेन्ट निर्यात भएको छ भने ४९ करोड ६९ लाख रुपैयाँ बराबरको दुई लाख ३९ हजार टन तयारी सिमेन्ट निर्यात भएको देखिन्छ ।

अहिले पाल्पा, सिजी पाल्पा, सर्वोत्तम, सौर्य लगायत उद्योगबाट सिमेन्ट र क्लिंकर निर्यात भइरहेको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

3C6FCB837E1E856-1709426220_Nepali-cement -1200x560.jpg

साढे दुई अर्बको सिमेन्ट निर्यात

A215C6A9E7130F4-cement.jpeg

निर्माणमा नभइ नहुने सिमेन्ट सम्बन्धी ३१ जिज्ञासा र जवाफ

38ED992FA6F8CA7-gharjagga-770x515.jpg

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने