असारमा अपार्टमेन्ट किनबेच २४ महिनायताकै धेरै (चार्टसहित)

आर्थिक वर्षको अन्तिम महिना असारमा समग्र घरजग्गा किनबेच र कित्ताकाट नै घटिरहेका बेला काठमाडौं उपत्यकामा कसरी अपार्टमेन्ट किनबेच बढ्यो ?

367B408218B985F-icon.png
1817views
9FEEB55A76AC446-BFD1856065AC322-Padhma-Colony.jpg

काठमाडौं । महिनौंदेखि सुस्ताएको हाइराइज आवास अपार्टमेन्ट किनबेच असार महिनामा बढेको छ । असामा ७१ युनिट अपार्टमेन्ट किनबेच भएको भूमि व्यवस्थापन विभागले जनाएको छ । 

यो संख्या पछिल्लो दुई वर्षयताकै सबैभन्दा उच्च हो । यसअघि ०७९ असारमा ९८ युनिट अपार्टमेन्ट किनबेच भएको थियो । यो बिचमा अपार्टमेन्ट किनबेच संख्या ५० युनिट नाघ्‍न (एक महिनाबाहेक) सकिरहेको थिएन ।

असारमा घरजग्गा किबनेच स्वात्तै घटेको बेलामा अपार्टमेन्ट किनबेच भने उत्साहप्रद वृद्धि भएको तथ्यांकले देखाउँछ ।

वैशाखमा २८ र जेठ महिनामा ३० अपार्टमेन्ट युनिट किनबेच भएक थिए । जबकी, घरजग्गा किनबेच भने वैशाखमा ४९ हजार ७८२ र जेठमा ६१ हजार १७९ युनिट किनबेच भएका थिए । तर, असारमा त्यो संख्या १२ हजारभन्दा बढीले घटेर ४६ हजार १७९ युनिटमा खुम्चिएको छ ।

असारमा सबैभन्दा धेरै अपार्टमेन्टको लिखत पारित डिल्लीबजार मालपोत कार्यालयबाट भएका छन् । एक महिनामै डिल्लीबजार मालपोतबाट २३ युनिट अपार्टमेन्ट किनबेच भएको देखिन्छ ।

ललिपतुरको लगनखेल मालपोत कार्यालयबाट २२ युनिट अपार्टमेन्ट किनबेच हुँदा चावहिल मालपोतबाट ६, कलंकी मालपोतबाट ७ र टोखा मालपोत कार्यालयबाट एउटा अपार्टमेन्ट किनबेच भएको छ ।

असारमा काठमाडौं जिल्लामा मात्रै ३७ अपार्टमेन्ट किनबेच भएका छन् । उपत्यकाकै जिल्ला भएपनि भक्तपुरमा अहिलेसम्म बहुतले अपार्टमेन्ट निर्माण नभएको हुँदा किनबेच नै हुँदैनन् । 

पर्सा जिल्लामा मात्रै नौ युनिट अपार्टमेन्ट किनबेच भएको देखिन्छ । पर्साको वीरगञ्‍जमा चारवटा अपार्टमेन्ट निर्माण भएका छन् । उपत्यकापछि धेरै अपार्टमेन्ट परियोजना निर्माण भइरहेको पर्यटकीय नगरी पोखरामा असारमा तीन युनिट मात्रै किनबेच भएको विभागले जनाएको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

35CC17359145C47-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह