सात महिनामा दुई अर्बभन्दा बढीको साढे २१ लाख टन सिमेन्ट र क्लिंकर निर्यात

सरकारले निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान र विद्यूत महशुलमा छुट सुविधा दिएपछि उद्योगीहरु सिमेन्ट निर्यातमा कस्सिएका छन् ।

367B408218B985F-icon.png
372views
800A21B9852146A-Nepali-cement-quality_202001191102431682231740.jpg

काठमाडौं । नेपालको खस्कँदो वैदेशिक व्यापारमा निर्माणजन्य सामाग्री सिमेन्टको निर्यातले आशा जगाएको छ । ०७९ असारदेखि सुरु भएको सिमेन्टको निर्यात हरेक महिना बढ्दै गइरहेको छ ।

चालू आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिनामा दुई अर्ब ६ करोड रुपैयाँको २१ लाख ४७ हजार टनभन्दा बढी सिमेन्ट र क्लिंकरको भारतीय सिमावर्ती बजारमा निर्यात भएको छ ।  

भन्सार विभागका अनुसार, यस अवधिमा ९८ करोड ३८ लाख रुपैयाँको तीन लाख ५९ हजार ७३ टन अर्धप्रशोधित सिमेन्ट (क्लिंकर) निर्यात भएको छ भने एक अर्ब सात करोड ७० लाख रुपैयाँको १७ लाख ८८ हजार ४२६ टन तयारी सिमेन्ट निर्यात भएको छ ।

सरकारले निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान र विद्यूत महशुलमा छुट सुविधा दिएपछि उद्योगीहरु सिमेन्ट निर्यातमा कस्सिएका छन् । निर्माण क्षेत्र मन्दिमा फसेका कारण आन्तरिक बजारमा सिमेन्टको माग घटिरहेको बेला भारततर्फको निर्यातले उद्योगलाई ठूलो राहत मिलेको छ ।

भारतीय सिमावर्ती क्षेत्रमा नेपालमा उत्पादित सिमेन्टको माग बढ्दै गइरहेको उद्योगी बताउँछन् । अहिले आधा दर्जन उद्योगले सिमेन्ट र क्लिंकर निर्यात गर्दै आएका छन् । अरु पनि सिमेन्ट निर्यातको तयारीमा जुटिरहेको बताइन्छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

3C6FCB837E1E856-1709426220_Nepali-cement -1200x560.jpg

साढे दुई अर्बको सिमेन्ट निर्यात

A215C6A9E7130F4-cement.jpeg

निर्माणमा नभइ नहुने सिमेन्ट सम्बन्धी ३१ जिज्ञासा र जवाफ

185BBA57E350ED5-images.jpg

नौ महिनामा सवा दुई अर्बको सिमेन्ट निर्यात