८ महिनामा साढे दुई अर्बको सिमेन्ट निर्यात

यो आर्थिक वर्ष करिव पाँच अर्बको सिमेन्ट र क्लिंकर निर्यात हुने उद्योगीहरुले अनुमान गरेका छन् ।

367B408218B985F-icon.png
518views
9A2E6C2058FB5DA-Nepali-cement-quality_20200119110243.jpg

काठमाडौं । नेपालको निर्यात व्यापारमा निर्माण सामाग्री सिमेन्टले उत्साह ल्याएको छ । चालू आर्थिक वर्षको पहिलो आठ महिनामा दुई अर्ब ४७ करोड १७ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर भारत निर्यात भएको छ ।

मन्दी लगायत कारणले अन्य वस्तुहरुको निर्यात सुस्त भइरहेको बेलामा सिमेन्टको निर्यात भने निरन्तर बढिरहेको छ । फागुन महिनामा मात्रै ४१ करोड ९ अर्ब रुपैयाँ बराबरको सिमेन्त र क्लिंकर निर्यात भएको भन्सार विभागले जनाएको छ ।

आठ महिनामा एक अर्ब १९ करोड रुपैयाँ बराबरको तीन लाख ९२ हजार ७५४ टन तयारी सिमेन्ट निर्यात भएको छ । यस्तै, एक अर्ब २८ करोड ३० लाख रुपैयाँ बराबरको १९ लाख चार हजार २२८ टन क्लिंकर (अर्धप्रशोधित सिमेन्ट) निर्यात भएको देखिन्छ ।

तथ्यांकले सिमेन्ट भन्दा सिमेन्ट बनाउने कच्चा पदार्थ क्लिंकर निर्यात धेरै भएको देखाउँछ । भारतीय सिमावर्ती क्षेत्रमा रहेका ग्रान्डिङ उद्योगले नेपालबाट क्लिंकर लगेर सिमेन्ट उत्पादन गरिरहेका उद्योगीको भनाई छ ।

नेपालमा ०७९ असारदेखि सिमेन्ट निर्यात सुरु भएको थियो । सिमेन्ट निर्यात गर्ने पहिलो उद्योग पाल्पा सिमेन्ट बनेको थियो । निर्यातको छोटो अवधिमै सिमेन्टले निर्यात व्यापारमा उत्साह ल्याउने काम गरेको छ ।

यो आर्थिक वर्ष करिव पाँच अर्बको सिमेन्ट र क्लिंकर निर्यात हुने उद्योगीहरुले अनुमान गरेका छन् ।

अहिले पाल्पासहित अर्घाखाँची, बालाजी, सौर्य, सर्वोत्तम, सिजी पाल्पा लगायत उद्योगबाट उत्पादित सिमेन्ट तथा क्लिंकर भारतीय बजारमा पुग्न थालेको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

690B216FC6CEF2D-F13291C3F3E60B4-Nepali-cement-quality_202001191102431682231740.jpg

‘बीआइएस’ नविकरण नहुँदा सिमेन्ट निर्यात २२% खुम्चियो, धेरै टिकेन उत्साह

287F14B77DDA33F-47BB0FE6F302086-Nepali-cement-quality_20200119110243.jpg

सिमेन्ट निर्यातमा ४१ प्रतिशतले गिरावट, किन घट्यो ?

F13291C3F3E60B4-Nepali-cement-quality_202001191102431682231740.jpg

घट्यो सिमेन्ट निर्यात