चार गुनाले बढ्यो व्यक्तिगत आवासीय घरकर्जा

घरजग्गा व्यवसायमा छाएको मन्दीपछि कमर्सियल रियल इस्टेट कर्जा बढ्न नसके पनि व्यक्तिगत आवासीय घरकर्जा क्रमशः बढिरहेको देखिन्छ

367B408218B985F-icon.png
7736views
CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यक्तिगत रुपमा घरजग्गा खरिद गर्ने बढ्न थालेका छन् । चालू आर्थिक वर्षको पहिलो आठ महिनामा बैंकको आवासीय व्यक्तिगत घरकर्जा करिव चार गुनाले बढेको छ । 

साउनदेखि फागुनसम्म आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले ३६ अर्ब ३५ करोड रुपैयाँ व्यक्तिगत आवासीय घरकर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा यस्तो कर्जा नौ अर्ब ४८ करोड रुपैयाँ मात्र प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ । 

नेपाल राष्ट्र बैंकले अधिकतम दुई करोड रुपैयाँसम्मको घरकर्जालाई व्यक्तिगत आवासीय कर्जामा गणना गर्ने व्यवस्था गरेको छ । दुई करोड रुपैयाँभन्दा ठूलो घरकर्जा रियल इस्टेट कर्जामा गणना हुने गर्छ ।

घरजग्गामा छाएको मन्दीपछि कमर्सियल रियल इस्टेट कर्जा बढ्न नसके पनि व्यक्तिगत आवासीय घरकर्जा क्रमशः बढिरहेको देखिन्छ । त्यसो त पछिल्ला महिनामा घरजग्गा किनबेच पनि क्रमशः बढिरहेको छ । फागुनमा मात्रै ५१ हजार घरजग्गाको लिखत पारित भएको थियो । जसमा टुक्रा जग्गा र आवासीय घरको संख्या धेरै रहेको बताइन्छ । 

आठ महिनाको अवधिमा रियल इस्टेट कर्जा प्रवाह एक अर्ब ३० करोडले ऋणात्मक देखिएको छ । जबकी, गत वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट पाँच अर्ब १० करोड रुपैयाँ रियल इस्टेट कर्जा थपिएको थियो । ठूला हाउजिङ, प्लटिङ, अपार्टमेन्ट र कमर्शियल भवन निर्माण लगायतमा पछिल्लो समय कर्जा प्रवाह करिव ठप्प छ ।  

रियल इस्टेट शिर्षकमा नयाँ कर्जा प्रवाह भन्दा पुरानो कर्जा असुली धेरै भएपछि ऋणात्मक वृद्धि देखिएको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु पुरानो कर्जा असुलीमा जोडतोडले लागेको देखिन्छ । 

रियल इस्टेट कर्जातर्फ पनि रेसिडेन्सियल रियल इस्टेट कर्जा (अधिकत २ करोडसम्मको व्यक्तिगत आवासीय घरकर्जा बाहेक), कमर्सियल कम्पलेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माण कर्जा, कमर्सियल जग्गा खरिद तथा प्लटिङमा भने कर्जा बढेको देखिन्छ ।

आठ महिनामा रेसिडेन्सियल रियल इस्टेटमा तीन अर्ब ३६ करोड, कमर्सियल कम्पलेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माण कर्जा ५९ करोड, जग्गा खरिद तथा प्लटिङ कर्जा पाँच अर्ब पाँच करोड रुपैयाँ थपिएको छ । 

तर, आम्दानी सिर्जना गर्ने कमर्सियल कम्पलेक्स र अन्य रियल इस्टेट गतिविधिहरुमा प्रवाह हुने कर्जा घटेको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

E3A9775C7C9314F-605E5DEFD398608-_123891123_land.jpg

चैतमा घरजग्गा कारोबार र राजश्व संकलन बढ्यो, देखियो सुधारको शंकेत