रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

नयाँ शहर आयोजनाभित्र चौरजहारी नगरपालिकामा पर्ने साविकको विजयश्वरी गाविस वार्ड नम्बर ३ का ५६२ कित्ता र वार्ड नम्बर ४ का ५७४ कित्ता जग्गा पर्ने बताइएको छ ।

367B408218B985F-icon.png
1611views
843B11752270E1F-chaurjaharijajarkot1626332949_1200.jpg

काठमाडौं । रुकुम पश्चिमको घारीगाउँ (चौरजहारी नयाँ शहर) जग्गा एकीकरण आयोजनाका लागि जग्गा प्राप्ती सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार १५ दिनको सार्वजनिक सूचना प्रकाशित गर्दै चौरजहारी नगरपालिका–१ (साविक विजयश्वरी गाविस वार्ड ३ र ४) को ११ सय ३६ कित्ताका जग्गाधनीहरुलाई प्रमाणपत्र लिएर नयाँ शहर आयोजना कार्यालय चौरजहारीमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

नयाँ शहर आयोजनाभित्र साविकको विजयश्वरी गाविस वार्ड नम्बर ३ का ५६२ कित्ता र वार्ड नम्बर ४ का ५७४ कित्ता जग्गा पर्ने बताइएको छ । सरकारले मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा निर्माण गर्ने घोषणा गरेका एक दर्जन नयाँ शहरमध्ये एउटा चौरजहारी पनि हो ।

जिल्ला प्रशासन कार्यालयले प्रकाशित गरेको सूचनामा भनिएको छ– ‘३ चैत ०८० मा बसेको मन्त्रीपरिषद बैठकले गरेको निर्णयअनुसार नयाँ शहर आयोजना क्षेत्रभित्र पर्ने चौरजहारी नगरपालिका वडा नम्बर १ मा पर्ने जग्गाहरु जग्गा एकीकरण आयोजना सञ्चालन गर्न नगर विकास ऐन २०४५ को दफा १२ को उपदफा १२.१.२ बमोजिम हुने गरी जग्गा प्राप्ति ऐन २०३४ को दफा ३ अनुसार जग्गा प्राप्त गरिने हुँदा सोही ऐनको दफा ९ को उपदफा १ प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएकोले सम्बन्धित सरोकारवाला जग्गाधनीहरुले १५ दिनभित्र आफ्नो हकदैया सम्बन्धी प्रमाणहरु लिएर नयाँ शहर आयोजनाको कार्यालय चौरजहारीमा सम्पर्क राख्न यो सूचना प्रकाशित गरिएको छ ।’

सरकारले आर्थिक वर्ष ०६७÷६८ मा मध्यपहाडी लोकमार्गमा १२ वटा नयाँ शहर निर्माण गर्ने घोषणा गरेको थियो । जसको काम अहिले सुस्त गतिमै भए पनि अगाडि बढिरहेको शहरी विकास मन्त्रालयले जनाएको छ । 

प्रत्येक सहरमा एक लाख जनसंख्या अट्ने गरी विकास गर्न लागिएका ती सहर बसाइ सराई रोक्नका लागि छनोट गरिएका हुन् । 

सरकारले बसाइ सराइलाई रोक्ने अवधाराणासहित तराई, पहाडदेखि हिमालसम्म सुविधा सम्पन्न नयाँशहर विकास गर्ने रणनीति बनाएको छ । अहिलेसम्म देशका विभिन्न ठाउँका ५८ बस्ती छनौट गरेर स्तरोन्नती गरी आधुनिक शहरमा रुपान्तरण गर्ने घोषणा भइसकेको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

3859C267F4B87C8-manahunkot.jpg

राष्ट्रिय सहरी नीति ०८१ः तीनवटै तहका सरकारको समन्वयमा व्यवस्थित सहरीकरण

584E01F27D757F0-466977116_584950640880975_7943484150939689398_n.jpg

अब कस्तो सहर बनाउने ? यस्तो छ नयाँ राष्ट्रिय सहरी नीति

FF899D437428C98-news perception baburam bhattarai.jpg

कस्तो हुनुपर्छ नेपालका सहरहरु ?