हाउजिङका घर– मूल्य घट्दा पनि बढेन बिक्री, दर्जन परियोजना अलपत्र

मन्दीले घर किन्ने ग्राहकहरु नभेटिँदा निर्माण सुरु भइसकेका हाउजिङ परियोजनाहरु ‘होल्ड’मा गए,

367B408218B985F-icon.png
14772views
31BF03183180676-A0C2B94C4B7317A-photo.jpg

काठमाडौं । कुनै समय यस्तो थियो, हाउजिङ परियोजनामा घरहरु निर्माण सुरु नहुँदै बुकिङ सकिन्थ्यो । कुनै पनि ठाउँमा परियोजना लञ्‍च हुने वित्तिकै बुकिङ गर्न हानथाप हुन्थ्यो । डेभलपरले एकातिर बुकिङ लिन्थे, अर्कोतिर बल्ल साइटमा काम थाल्थे ।

दुई/अढाई वर्षअघिसम्म पनि अवस्था यस्तै थियो । डेभलपरले घरको मूल्य जतिसुकै राखे पनि ग्राहकले त्यति मतलब राख्दैनथे । डेभलपरले पनि मनलाग्दी मूल्य राखेर पनि हाउजिङको घर बिक्री/बुकिङ गर्न भ्याए । 

कोभिडपछि घरजग्गा कारोबारमा अनपेक्षित उछाल आयो । गेटेड कोलोनीभित्र घरको माग धेरै हुन थाल्यो, तर बिक्री गर्न स्टक घर त्यति थिएनन् । घरको माग बढ्न थालेपछि धेरै हाउजिङ परियोजना लञ्‍च गरिए । काठमाडौं, ललितपुर, भक्तपुरसहित पोखरा, बुटवल–भैरहवा, इटहरी, विराटनगर, झापादेखि बन्दिपुरसम्म हाउजिङ निर्माण सुरु भयो । 

पहिलो पटक ठूला घरानाहरु पनि हाउजिङमा लगानी गर्न कस्सिए । कोभिडअघि प्लानिङमा रहेका परियोजनाहरु पनि बजार बढ्ने अपेक्षामा एकसाथ अगाडि बढाइयो । धेरै परियोजना एकसाथ लञ्च गर्दा पनि ग्राहकहरु नभेटिने भन्‍ने थिएन । 

तर, अहिले अवस्था त्यस्तो छैन । कोभिड महामारीपछि आन्तरिक तथा वाह्यक कारणले देशको अर्थतन्त्रमा चरम मन्दी छायो । धेरैको जागिर फुस्कियो । धेरै व्यापार व्यवसाय बन्द भए । बैंकमा तरलता अभाव हुनुका साथै ब्याजदर चर्को भयो । राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा कडाई गर्यो । त्यसको सबैभन्दा ठूलो प्रभाव घरजग्गा कारोबारमा देखियो । 

मान्छेसँग क्यास फ्लो नहुँदा घर बिक्री ठप्प भएको व्यवसायीको गुनासो छ । मन्दीले धेरैको स्थिती बिग्रिदा पहिला बुकिङ गरेका ग्राहकले पछि बुकिङ फिर्ता गरेकोले डेभलपर हैरान छन् । त्यसो त डेभलपर आफै वित्तीय संकटमा परेर बुकिङकर्तालाई समयमै घर निर्माण गरेर हस्तान्तरण गर्न पनि नसकेको अवस्था छ ।

अहिले हाउजिङका घरको मूल्य ३५/४० प्रतिशतसम्म घटेको बताइन्छ । कतिपय डेभलपरले अर्को ठाउँको जग्गासँग घर साटफेर सुविधा, किस्ताबन्दी सुविधा, नगद छुट, गाडी तथा बाइक उपहार, सुनका गरगहना उपहार लगायत ग्राहक लोभ्याउने स्किमहरु ल्याउँदा पनि ग्राहक नभेटिएको व्यवसायीको गुनासो छ । 

बडो उत्साहसाथ सुरु गरिएका हाउजिङ परियोजना मन्दीसँगै ‘पर्ख र हेर’ को अवस्थामा छन् । अहिले न ग्राहकहरुले घर खरिद गर्ने हिम्मत जुटाउन सकेका छन्, न डेभलपरले सुरु गरिसकेको परियोजनालाई पुरा गर्ने आँट गर्न नै सकेका छन् । 

क्लासिक रेसिडेन्सी, सिजी लेक भ्यू, पद्य कोलोनी फेज चार, बोधीहोम्स भैरहवा, तिलोत्तम होम्स बुटवल, सिजी भिलेज पनौती, निलबाराही होम्स, सिइ कोलोनी विराटनगर, भूमि रेसिडेन्सी गोदावरी, बन्दीपुर कोलोनी, डाउनटाउन रेसिडेन्सी धापाखेल, डाउनटाउन रेसिडेन्सी भैंसेपाटी लगायतका हाउजिङ परियोजनाहरु मन्दीकै कारण अगाडि बढ्न सकेका छैनन् । 

बैंकमा तरलता अभाव, चर्को ब्याजदर, घरजग्गा क्षेत्रमा कर्जा प्रवाहमा गरिएको कडाई लगायत कारणले मन्दीमा फसेको घरजग्गा कारोबार लयमा फर्किन सकेको छैन । अहिले बैंकको ब्याजदर घटेको छ । बैंकले सिंगल डिजिटमै फिक्स रेटको घरजग्गा कर्जा स्किम ल्याइरहेका छन् । तर, अझै पनि ग्राहकरु बैंकबाट कर्जा लिएर घर खरिद गर्ने आँट गर्न सकेका छैनन् ।

घरजग्गा धितो राखेर दिएकै कर्जा असुल नभएर धितो लिलाम सकानुपर्दा बैंकहरुको गैरबैंकिङ एसेट (एनबीए) बढेपछि पर्याप्त तरलता हुँदा हुँदै पनि कर्जा प्रवाह गर्न हच्किरहेको अवस्था छ ।

कतिपय निर्माण सम्पन्न भइसककै हाउजिङका घर ग्राहकको प्रर्खाइमा छन् । घर बिक्री नभएपछि मूल्य घटाएर बिक्री गर्न खोजिएको छ । कतिपय डेभलपरले छुट, कतिपयले किस्ताबन्दी, कतिपयले साटफेर जस्ता आकर्षक स्किम ल्याएर ग्राहक आकर्षित गर्न खोजेको देखिन्छ । तैपनि, मान्छेले घर किन्‍न हिम्मत जुटाउन सकेका छैनन् । 

यस्तो छ अवस्था 

पद्य कोलोनीले चौथो फेजको हाउजिङ निर्माण गर्ने भन्दै बुकिङ खोलेको साढे दुई वर्ष भयो । ४५ घरमध्ये अझै धेरै बिक्री गर्न बाँकी छन् । पुरै नगद हालेर घर खरिद गर्ने ग्राहक नभेटिएपछि कम्पनीले साटफेर अफर ल्याएको छ । अहिले ५० प्रतिशत जग्गा र ५० प्रतिशत नगद लिएर घर बिक्री गरिरहेको कम्पनीको भनाई छ । यदि एक्सचेञ्‍च अफर नल्याएको भए घर बिक्री हुन कठिन रहेको एक प्रतिनिधिले बताए ।

सिजी होल्डिङ्स अन्तर्गतको सिजी प्रोपर्टीले ललितपुरको धापाखेलमा निर्माण गरिरहेको सिजी लेक भ्यू परियोजनाले पनि अपेक्षित गति लिएको छैन । ४८ रोपनी क्षेत्रफलमा ९० युनिट घरहरु निर्माण सुरु भएको अढाई वर्ष सकिँदा बल्ल सिभिल स्ट्रक्चरको काम भइरहेको छ । अहिलेसम्म परियोनाका घर ५० प्रतिशत मात्र बुकिङ भएको सिजी प्रोपर्टीका एक प्रतिनिधिले बताए । 

बुकिङ भइसकेका घरहरु आगामी एक वर्षभित्र निर्माण सम्पन्‍न गरेर हस्तान्तरण गर्ने योजना कम्पनीले बताएको छ । अरु बुकिङ लिँदै निर्माण गर्दै अगाडि बढ्ने कम्पनीको तयारी छ । सिजी प्रोपर्टीले नै निर्माण गरेका सिजी भिलेज पनौती पनि अलपत्र परेको छ । अहिलेसम्म सिजी भिलेजका घरहरु निर्माण सम्पन्‍न भएका छैनन ।

अहिले पनि परियोजनाको विभिन्‍न चरणको काम भइरहेको बताइएको छ । परियोजनाको पहिलो फेजमा बस्ने ९० घरमध्ये ७० घरको डिफ्रेन्ट स्टेजमा काम भइरहेको परियोजनाका एक कर्मचारीले बताए । 

सिजिी भिलेज पनौतीमा पनि घर बुकिङ गर्ने छैनन् । निर्माण सुरु भएको अढाई वर्ष बित्दासमेत ४० प्रतिशत घर बुकिङ हुन सकेका छैनन् ।

विशाल, देवेनारा र बाबा ग्रुपको संयुक्त लगानीमा दुई वर्षअघि ललितपुरको टौखेलमा ‘गोदावरी भिलेज’ निर्माण अगाडि बढाएका थिए । ४० रोपनी क्षेत्रफलमा ७१ युनिट अल्ट्रा लक्जरी घर बनाउने भनिएको थियो । तर, अहिलेसम्म परियोजना निर्माणले गति लिएको छैन । यो प्रोजेक्ट ५/६ वर्ष ढिला हुने अनुमान कम्पनीको छ । अहिले पनि परियोजना ठोस रुपमा अगाडि बढाउन नसकेको बताइएको छ । 

अहिले घरजग्गाको सेल्स पुरै घटेको छ । मान्छेसँग क्यास फ्लो छैन । क्यास फ्लो हुनेहरु सस्तो मूल्यमा बार्गेनिङ गरेर बसेका छन् । हाउजिङ नगद छुट, किस्ताबन्दी सुविधा, साटफेर सुविधा ल्याउँदा पनि घर बिक्री गर्न कठिन रहेको एक डेभलपरले बताए । घरको सेल्स नै नभएपछि परियोजना निर्माण गरेर मात्र नहुने उनको भनाई छ ।

त्यसो त पछिल्लो समय मन्दीका कारण बैंकले कर्जामा कडाई गरेपछि डेभलपर नै वित्तीय समस्यामा छन् । एकातिर घरहरु बुकिङ नहुनु, अर्कोतिर डेभलपर वित्तीय संकटमा परेर परियोजनालाई अगाडि बढाउन नसक्दा परियोजना अलपत्र परेका छन् । परियोजना निर्माण अगाडि बढाउन ग्राहकदेखि निर्माणकर्तासम्म नगद सिर्जना हुन जरुरी छ । 

डाउनटाउनले धापाखेलमै १०० रोपनी क्षेत्रफलमा निर्माण गरिरहेको डाउनटाउन रेसिडेन्सी पनि अलपत्र परेको छ । कम्पनीले घडेरीमात्र किन्‍न सकिने, किस्ताबन्दी र नगद छुटसम्मको अफर ल्याउँदा पनि ग्राहक भेट्याउन सकेको छैन । डाउनटाउनको भैंसेपाटी परियोजना निर्माण हुँदा हुँदै सुस्त बनेको छ । 

सीई ग्रुपले निर्माण गर्ने भनेका परियोजना पनि अगाडि बढ्न सकेका छैन् । सिइ कोलोनी विराटनगर, निलबाराही होम्स भक्तपुर, तिलोत्तमा होम्स बुटवल, बोधिहोम्स भैरहवा, बन्दीपुर कोलोनी, पद्य कोलोनीका विभिन्‍न फेज निर्माणमा पनि ढिलाइ भइरहेको छ । 

अहिले बजारमा कुन निर्माण सामाग्रीको मूल्य कति छ ?

धुलिखेलमा आमासँगै जिपलाइन गर्न जाँदा ५० प्रतिशत छुट, अफर शुक्रबारसम्म

डिल्लीबजारबाट वर्षमा २३ सय घरजग्गा किनबेच, किन घट्यो कोर सिटीमा कारोबार ?

दक्षिणपूर्वी एशियाका देशले रियल इस्टेटमा फड्को मारिसके, हामीले कहिले ?

काठमाडौंमा रियल इस्टेट सम्मेलन सुरु, लाइसेन्स लिएर मात्र घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गर्न जोड

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

काठमाडौंमा दुई दिन रियल इस्टेट कन्फ्रेन्स हुँदै, विदेशी वक्ता पनि सहभागी हुने

नागार्जुनमा २० करोडको बंग्लो बिक्रीमा, तीन दिन ओपन हाउस कार्यक्रम

C2F1A3E33FA90FF-nirman-samangri_large.jpg

अहिले बजारमा कुन निर्माण सामाग्रीको मूल्य कति छ ?

A29E35B49218F97-photosssssssssssss.jpg

यी हुन् घरमा विद्युतीकरण गर्दा ध्यान दिनुपर्ने कुराहरू

4103922E73FDF50-shower bungy pokhara.png

पोखरामा नेपालकै पहिलो ‘सावर बञ्‍जी’ सुरू