डिल्लीबजारबाट वर्षमा २३ सय घरजग्गा किनबेच, किन घट्यो कोर सिटीमा कारोबार ?

०७९ मा डिल्लीबजारबाट २५ सय १४ घरजग्गाको लिखत पारित भएकोमा ०८० मा २३ सय २९ घरजग्गाको मात्रै लिखत पारित भएको भूमि व्यवस्थापन विभागले जनाएको छ ।

367B408218B985F-icon.png
2089views
534299B6AE01456-Malpot-Karyalaya-Dilli-Bazar-800x445.jpeg

काठमाडौं । मन्दीले मुख्य शहरी क्षेत्रमा महंगो मूल्यका घरजग्गा खरिद बिक्री सुस्त बनेको छ । उपत्यकाबाहिर कम मूल्यका घरजग्गा किनबेचमा केही सुधार देखिए पनि उपत्यकाभित्र महंगा प्रोपर्टीहरु किनबेच भने घटेको तथ्यांकले देखाएको छ ।

काठमाडौं उपत्यकाको मुख्य शहरी क्षेत्रको घरजग्गा किनबेच गराउने डिल्लीबजार मालपोत कार्यालयमा ०८० सालमा घरजग्गाको लिखत पारित घटेको छ ।  

०७९ मा डिल्लीबजारबाट २५ सय १४ घरजग्गाको लिखत पारित भएकोमा ०८० मा २३ सय २९ घरजग्गाको मात्रै लिखत पारित भएको भूमि व्यवस्थापन विभागले जनाएको छ । 

अघिल्लो वर्षको तुलनामा गत वर्ष डिल्लीबजार मालपोत कार्यालयबाट घरजग्गा किनबेच एक सय ८५ ले घटेको छ । तथ्यांकले महंगा प्रोपर्टीको किनबेचमा मन्दी कायमै रहेको देखाएको छ ।

अहिले मुख्य शहरी क्षेत्रमा घरजग्गा किनबेच करिव ठप्पजस्तै रहेको घरजग्गा व्यवसायी बताउँछन् । धेरै मान्छेसँग पैसा नरहेको र पैसा हुनेहरु पर्ख र हेरको अवस्थामा रहेको हुँदा कोर सिटी एरियामा घरजग्गा कारोबार घटेको नेपालहोम्स सर्चका सञ्चालक प्रकाश सुब्बाले बताए । 

४० प्रतिशतसम्म मूल्य घट्दा पनि भेटिएनन् ग्राहक

अहिले नगद हुनेहरुले ४० प्रतिशतसम्म मूल्य घटाएर घरजग्गा किन्‍न थालेका सुब्बाको भनाई छ । तरलता बढेपनि बैंकले पनि घरजग्गा धितो राखेर निर्वाध कर्जा प्रवाह गर्न सकिरहेका छैनन् । ब्याजदर घट्दा पनि अझै ग्राहकहरुले बैंकबाट घरकर्जा लिएर घरजग्गामा लगानी गर्ने हिम्मत जुटाउन नसकेको देखिन्छ ।

रिङरोडभित्र आनाको करोडभन्दा बढी मूल्य पर्ने ठाउँका जग्गाहरु पनि अहिले घरधनीले समस्यामा परेर ६०/५० लाखमै बिक्री गर्न तम्सिएको उनले बताए । 

‘अहिले घरजग्गा किनबेच ठप्प छ, नगद हुनेहरुले मूल्य घटाउन बार्गेनिङ गर्छन्, समस्यामा पर्नेहरुले कम मूल्यमै पनि बिक्री गर्न बाध्य छन्,’ सुब्बाले भने, ‘पैसा हुनेहरुले अहिले आफ्नो मोलमा घरजग्गा किन्न पाइरहेका छन् ।’

यी हुन् डिल्लीबजारले हेर्ने क्षेत्रहरु 

डिल्लीबजार मालपोत कार्यालयमा दरबारमार्ग, न्यूरोड, नक्साल, बालुवाटार, महाराजगञ्ज, नयाँ बानेश्‍‍वर, पुरानो बानेश्‍‍र, तिनकुने, कोटेश्वर, थापाथली, बबरमहल, माइतीघर, मैतीदेवी, डिल्लीबजार, रातोपुल, कमलादी, सामाखुशी, लैनचौर, सोह्रखुट्टे, पुतलीसडक लगायत रिङरोडभित्र ललितपुर र कलंकी क्षेत्रबाट अधिकांश ठाउँको घरजग्गा किनबेच हुने गर्छ ।

यस्तै, रिङरोड बाहिर पनि बालाजु बाइपास, बनस्थली, ढुंगेधारा, महाराजगञ्ज गंगलाल हस्पिटलसम्मका क्षेत्रहरु पनि डिल्लीबजार मालपोतको कार्यक्षेत्रभित्र पर्छन् ।    
यी क्षेत्रहरु काठमाडौं उपत्यकाका सबैभन्दा महंगो प्रोपर्टी भएका क्षेत्रहरु हुन् । मन्दीले प्रिमियम लोकेसनमा घरजग्गा खरिद बिक्री घटेको तथ्यांकले देखाउँछ ।

उपत्यका बाहिरका इनरुवा, बेलवारी, भद्रपुर लगायत मालपोत कार्यालयबाट एक महिनामा हुने जति घरजग्गा किनबेच डिल्लीबजार मालपोत कार्यालयबाट एक वर्षमा भएका छन् । यसको मतलब, मुख्य शहरी भेग मन्दीको चपेटामै छ । 

डिल्लबजारबाट कुन महिना कति किनबेच ?

०८० सालमा डिल्लीबजार मालपोतबाट सबैभन्दा धेरै घरजग्गा असारमा महिनामा किनबेच भएको देखिन्छ । असारमा २७४ घरजग्गाको लिखत पारित भएको थियो । सबैभन्दा कम कार्तिकमा ११७ घरजग्गाको लिखत पारित भएको देखिन्छ ।

भूमि व्यवस्थापन विभागका अनुसार वैशाख १८१, जेठमा २३५, असारमा २७४, साउमा १७५, भदौमा १७४, अशोजमा २१०, कार्तिकमा ११७, मंसिरमा १८१, पुसमा १६१, माघमा २०५, फागुनमा २११ र चैतमा २०५ घरजग्गा किनबेच भएका छन् । 

घरजग्गा खरिदकर्ताहरुको रोजाई पनि महंगो मूल्य पर्ने कोर सिटीमा भन्दा रिङरोड बाहिर अलि सस्तो मूल्यका घरजग्गा खरिद गर्न खोजिरहेको सुब्बाको बुझाई छ ।  
मन्दीपछि मुख्य शहरी क्षेत्रमा घरजग्गा कारोबार झनै ठप्प भएको सुब्बाको अनुभव छ ।

विशालनगरमा बन्दैछ एउटै युनिटको २२ करोड पर्ने अपार्टमेन्ट

घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको ‘खुकुलो नीति’

काठमाडौं महानगरमा बढ्यो घरबहाल कर, घट्यो नक्सापास दस्तुर

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

नीति तथा कार्यक्रम ०८१/८२: घरजग्गा कारोबार व्यवस्थित र मूल्यांकन वैज्ञानिक बनाइने

गुणस्तरीय सिमेन्ट कसरी छान्‍ने ? सिमेन्ट किन्‍नुअघि जान्‍नैपर्ने ८ टिप्सहरु

जेठमा पनि घट्यो बैंकको ब्याजदर

बढ्न थाल्यो घरजग्गा कर्जा, नौ महिनामा साढे ४१ अर्ब प्रवाह

208BB200B496595-village_prakriti_tori_hariyali_plot-3.jpg

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

C2F1A3E33FA90FF-nirman-samangri_large.jpg

अहिले बजारमा कुन निर्माण सामाग्रीको मूल्य कति छ ?

7F45A1FB13B2EEE-F4AF1FAEB133DEC-7A6CE68FAA516AA-054B042863FC9D0-2908F17F4D17E96-902B178FAB52BBB-Kathmandu-valley.jpg

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?