नीति तथा कार्यक्रम ०८१/८२: घरजग्गा कारोबार व्यवस्थित र मूल्यांकन वैज्ञानिक बनाइने

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा घरजग्गा सम्बन्धि धेरै कार्यक्रम पुरानै दोहोरिएको देखिन्छ ।

367B408218B985F-icon.png
545views
8342298C32732FD-niti.jpeg

काठमाडौं । सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्यांकन प्रणालीलाई वैज्ञानिक बनाउन कानूनी तथा संरचनागत सुधार गर्ने दोहोराएर घोषणा गरेको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि घरजग्गाको व्यवस्थित कारोबार र बैज्ञानिक मूल्यांकनलाई प्राथमिकता दिइएको छ ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा घरजग्गा सम्बन्धि धेरै कार्यक्रम पुरानै दोहोरिएको देखिन्छ । 

सरकारले मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाउने भएको छ । 

नाप नक्सासम्बन्धी कार्यलाई थप व्यवस्थित र प्रविधियुक्त बनाउने, डायनामिक डाटम परिभाषित गरी नाप नक्सा कार्यलाई यथार्थपरक बनाउने, स्याटेलाइट प्रविधिमा आधारित नियन्त्रण आधार बिन्दुहरूको सञ्जाल विस्तार गर्ने र आधुनिक प्रविधिबाट भूमिको पुनर्नापी गरी अभिलेख अद्यावधिक गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छन् । 

भूमिको प्रकृति, स्वरूप र सम्भावनाका आधारमा तीन तहको भू–उपयोग योजना तयार गरी प्रदेश र स्थानीय तहको कार्यान्वयन क्षमता बढाउने पनि घोषणा गरिएको छ । सरकारी निकायहरुलाई निःशुल्क रूपमा उपलब्ध हुने निजी जग्गाको नामसारी स्थानीय तहको सिफारिसमा सम्बन्धित जिल्लाका मालपोत कार्यालयबाटै सहजै हुने व्यवस्था गरिने भएको छ ।

आगामी आर्थिक वर्षमा ५ लाख भूमिहीन, सुकुम्वासी, स्ववासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गरिने घोषणा गरिएको छ । गुठीलगायत सबै जग्गाको दोहोरो स्वामित्वसम्बन्धी समस्या समाधान गरिनेछ । यस्तै, गुठी सम्बन्धी कानूनलाई समयानुकूल बनाइने भएको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

7143A2C57FD15A5-village_prakriti_tori_hariyali_plot-3.jpg

कम्पनीबाट घरजग्गा कारोबार र वैज्ञानिक मूल्यांकन प्रणाली बजेट वक्तव्यमा मात्रै

208BB200B496595-village_prakriti_tori_hariyali_plot-3.jpg

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

3DF22108BC87EE6-111.jpg

नापजाँच भएर पनि छुटपुट भएकाे जग्गा दर्ता गर्न खुला