अहिले बजारमा कुन निर्माण सामाग्रीको मूल्य कति छ ?

बजारमा निर्माण सामाग्रीको माग नबढेपछि स्वदेशी कच्चा पदार्थमा आधारित सिमेन्ट, गिट्टी, बालुवा, इँटा लगायत सामाग्रीहरुको मूल्य बढेको छैन

367B408218B985F-icon.png
7221views
C2F1A3E33FA90FF-nirman-samangri_large.jpg

काठमाडौं । मन्दीमा फसेको निर्माण क्षेत्र अझै तंग्रिन सकेको छैन् । अहिले सरकार र निजी क्षेत्रबाट हुनै निर्माण नै सुस्त छ । 

केन्द्रिय तथ्यांक कार्यालयले चालू आवमा निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक २.०७ प्रतिशत रहने प्रक्षेपण गरेको छ । निर्माण क्षेत्र सुस्त हुँदा निर्माण सामाग्रीहरुको आयात र स्वदेशी उत्पादनमा भएको गिरावटले निर्माण क्षेत्रको वृद्धिदरमा संकुचन आएको ठहर गरिएको छ ।

निर्माणको सिजनमै निर्माण ठप्प हुँदा सिमेन्ट, डन्डी, पाइप्स एन्ड फिटिङ, खानीजन्य सामाग्री उद्योगहरु पनि मन्दीमा फसेका छन् । यसरी निर्माण सामाग्रीको माग घटेर बिक्री नहुँदा उद्योगहरु पनि आधा क्षमताभन्दा कममा सञ्चालन गर्न बाध्य छन् । 

निर्माण सामाग्रीको माग नबढेपछि स्वदेशी कच्चा पदार्थमा आधारित सिमेन्ट, गिट्टी, बालुवा, इँटा लगायत सामाग्रीको मूल्य बढेको छैन । तर, डन्डीको मूल्य भने अन्तर्राष्ट्रिय बजार भाउले निर्धारण गर्छ । डन्डी बनाउनका लागि कच्चा आइरन र एमएस बिलेट आयात गर्नुपर्छ ।

अहिले सिमेन्ट उद्योगीहरुले फ्याक्ट्रीबाट ओपीसी सिमेन्ट प्रतिबोरा ४८५ देखि ५८० रुपैयाँसम्म (भ्याटसहित) डिलर र निर्माण व्यवसायीलाई बिक्री गरिरहेको छन् ।

चिनियाँ लगानीको होङ्सीले ओपिसी सिमेन्ट प्रतिबोरा भ्याटसहित ४८५ रुपैयाँ फ्याक्ट्री प्राइसमा दिइरहेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । 

ढुवानी खर्च प्रतिबोरा १३० रुपैयाँसम्म र डिलरको नाफा छुट्याउँदा काठमाडौंमा ओपिसी सिमेन्ट पौने ६ सय रुपैयाँदेखि सात सय रुपैयाँसम्म खरिद गर्न पाइन्छ । 

यस्तै, पीपीसी सिमेन्टको मूल्य ओपीसीको भन्दा करिव सय रुपैयाँ सस्तो पर्छ । अर्थात् सिमेन्ट फ्याक्ट्रीहरुले भ्याटसहित ४८० देखि ४७० रुपैयाँसम्म डिलर र आयोजनाहरुलाई सिमेन्ट बिक्री गरिरहेका छन् । 

पीपीसी सिमेन्टको मूल्य कम भएपनि ढुवानी खर्च र डिलरले राख्ने नाफामा त्यति धेरै फरक पर्दैन । ढुवानी खर्च र डिलरको नाफा दुई सय रुपैयाँ जोड्दा पनि पीपीसी सिमेन्ट प्रतिबोरा पौने ६ सयदेखि पौने सय रुपैयाँसम्म खरिद गर्न पाइन्छ ।

सिमेन्ट फ्याक्ट्री नजिक ढुवानी खर्च कम लाग्ने हुँदा सिमेन्टको मूल्य पनि कम हुने गर्छ ।

यस्तै, डन्डी उद्योगहरुले फ्याक्ट्रीबाट भ्याटबाहेक प्रतिकिलो ८९ रुपैयाँदेखि १०५ रुपैयाँसम्ममा डन्डी बिक्री गरिरहेको निर्माण व्यवसायी सिंहले बताए । 

यसमा भ्याट, ढुवानी खर्च र डिलरले नाफा जोडेर उपभोक्तालाई डन्डी बिक्री गर्ने गर्छन् । तराईबाट काठमाडौंमा डन्डी ढुवानी गरेको प्रतिकिलो अढाईदेखि तीन रुपैयाँ लाग्छ । यस्तै, सय रुपैयाँ फ्याक्ट्री प्राइस रहेको डन्डीमा भ्याट १३ रुपैयाँ लाग्ने गर्छ । 

सिमेन्ट र डन्डी उद्योगहरुले आफ्नो ब्रान्ड र गुणस्तर अनुसार सिमेन्टको मूल्य फरक फरक राखेका छन् । कुनै ब्रान्डको सिमेन्ट र डन्डीको मूल्य कम राखिएको छ । कुनै ब्रान्डले सिमेन्ट र डन्डीको मूल्य अरुको भन्दा बढी राखेका हुन्छन् । 

अहिले बजारमा इँटाको मूल्य पनि बढ्न सकेको छैन । अहिले १४ रुपैयाँदेखि १८ रुपैयाँसम्म इँटा किन्न पाइने बताइन्छ । इँटाको साइज र गुणस्तर अनुसार मूल्य पनि फरक फरक हुने गर्छ ।

यस्तै, गिट्टी र बालुवा प्रतिटन करिव २८ हजारमा आफुहरुले उठाउने गरेको निर्माण व्यवसायी सिंहले बताए । डिलर र निर्माण व्यवसायीहरुले पाउने मूल्यमा करिव १०÷१५ प्रतिशतजति मूल्य जोडेर उपभोक्ताले पाउने हुन् ।

विशालनगरमा बन्दैछ एउटै युनिटको २२ करोड पर्ने अपार्टमेन्ट

घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको ‘खुकुलो नीति’

काठमाडौं महानगरमा बढ्यो घरबहाल कर, घट्यो नक्सापास दस्तुर

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

नीति तथा कार्यक्रम ०८१/८२: घरजग्गा कारोबार व्यवस्थित र मूल्यांकन वैज्ञानिक बनाइने

गुणस्तरीय सिमेन्ट कसरी छान्‍ने ? सिमेन्ट किन्‍नुअघि जान्‍नैपर्ने ८ टिप्सहरु

जेठमा पनि घट्यो बैंकको ब्याजदर

बढ्न थाल्यो घरजग्गा कर्जा, नौ महिनामा साढे ४१ अर्ब प्रवाह

208BB200B496595-village_prakriti_tori_hariyali_plot-3.jpg

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

B8CC07504501B76-apartment1614176585.jpg

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

47BB0FE6F302086-Nepali-cement-quality_20200119110243.jpg

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात