घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको ‘खुकुलो नीति’

राष्ट्र बैंकले सरकार तथा व्यवसायीको चौतर्फी दबाबका कारण चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा लचकता अपनाउँदै आइरहेको छ ।

367B408218B985F-icon.png
4045views
4652C87FD1F1684-39BAABFB64C5BE1-2A926A06DA9346E-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा प्रवाह हुने ऋण लगानीमा खुकुलो नीति लिएको छ । घरजग्गा कारोबारमा देखिएको शिथिलताले अर्थतन्त्र पनि सुस्त बनेको ठहर गर्दै राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामार्फत घरजग्गा क्षेत्रमा ऋण लगानी बढाउने नीति लिएको हो ।

राष्ट्र बैंकले घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाणपत्र पेश गरेको आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने बताएको छ ।

राष्ट्र बैंकले सरकार तथा व्यवसायीको चौतर्फी दबाबका कारण चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा लचकता अपनाउँदै आइरहेको छ । 

घरजग्गा कारोबारमा देखिएको शिथिलताले मागमा अपेक्षित विस्तार हुन नसकेको र त्यसले अर्थतन्त्रमै समस्या देखिएको राष्ट्र बैंकले स्वीकार गरेको छ । 

मौद्रिक समिक्षामा भनेको छ– ‘घरजग्गा कारोबारमा देखिएको शिथिलता, सहकारी क्षेत्रमा देखिएका समस्या, पुँजीगत खर्च अपेक्षित विस्तार हुन नसकेको अवस्था तथा उल्लेख्य संख्यामा युवाहरु वैदेशिक रोजगारी र अध्ययनको लागि विदेश जानुलगायत कारणले आन्तरिक मागमा अपेक्षित विस्तार हुन नसकेको स्थिती छ । यसले गर्दा नेपालको समग्र आर्थिक वृद्धिदर कम नै रहने देखिएको छ ।’

अहिले शोधानान्तर बचत उल्लेख्य बढेको तर कर्जा प्रवाहमा शिथिलता कायमै रहेकोले मौद्रिक तरलता बढेको राष्ट्र बैंकको ठहर छ ।

राष्ट्र बैंकले घरजग्गा क्षेत्रलाई अनुत्पादक भन्दै कर्जा प्रवाहमा कडाई गर्दै आइरहेको छ । अझै पनि घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा राष्ट्र बैंकका नीतिहरु कडा नै रहेको व्यवसायीको भनाई छ ।

कोभिडपछि तरलता अभाव सिर्जना भएपछि राष्ट्र बैंकले घरजग्गामा प्रवाह हुने कर्जालाई रोकेर उत्पादनमुलक क्षेत्रमा डाइभर्ट गर्ने नीति लिएको थियो । तर, अहिले बैंकमा फालाफाल तरलता हुनुका साथै बैंकको ब्याजदर एकल बिन्दूमा झर्दासमेत कर्जा प्रवाह बढ्न नसकेपछि राष्ट्र बैंक लचक बन्‍न थालेको छ ।

यो बिचमा घरजग्गा कर्जाको लोन टु भ्यालु रेसियो काठमाडौंमा ३० प्रतिशत र बाहिर ४० प्रतिशतसम्म झरेको थियो । घरजग्गा धितो कर्जाको जोखिमभार बढाएर १५० प्रतिशत पुराइयो । ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशत हुनुपर्ने व्यवस्था लागू गरियो ।

यसले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जा निरुत्साहित भएपछि घरजग्गा मन्दीमा फसेको थियो । बैंकहरुलाई घरजग्गामा कर्जा प्रवाह गर्नै नसक्ने गरी कडाई गरिएको थियो । तर, पछिल्लो समय राष्ट्र बैंकले क्रमशः खुकुलो नीति लिँदै आइरहेको छ । 

घरजग्गा कारोबार खस्किँदा समग्र अर्थतन्त्र नै शिथिल बनेको सरकारले पनि स्वीकार गरेको छ । प्रधानमन्त्री र अर्थमन्त्रीले नै घरजग्गा क्षेत्र चलायनमा बनाउने गरी नीतिगत व्यवस्था गनुपर्नेमा पैरवी गर्दै आएका थिए । घरजग्गामा प्रवाह हुने कर्जामा सहजीकरण गर्न प्रधानमन्त्री र अर्थमन्त्रीले नै राष्ट्र बैंकलाई दबाब दिँदै आएका थिए । यस्तै, घरजग्गा व्यवसायीले पनि निरन्तर दबाब दिइरहेका छन् ।

सरकारले घरजग्गा कारोबार बढाउन कित्ताकाट खुला गर्नुका साथै विभिन्‍न नीतिगत व्यवस्था गरेको छ । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

पौने ७ खर्ब पुग्यो घरजग्गा कर्जा, रियल इस्टेट कर्जाको पनि माग बढ्दै

ECB6684F27D7131-A3CAC95E42F6450-8535F5EB07FED17-LoweredInterestRates.jpg

झनझन् सस्तिदै कर्जा, एक वर्षमै २.५३% घट्यो कर्जाको ब्याजदर

4233F599CBDB216-1726449714-KEyEW.jpg

फागुनका लागि अधिकांश बैंकले मुद्दतीको ब्याजदर यथावत राखे, ग्लोबलले बढायो