पौने ७ खर्ब पुग्यो घरजग्गा कर्जा, रियल इस्टेट कर्जाको पनि माग बढ्दै

चालु आर्थिक वर्षको साउनदेिख माघसम्म करिव २१ अर्ब रुपैयाँ घरजग्गा कर्जा थपिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ

367B408218B985F-icon.png
668views
1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको घरजग्गा क्षेत्रमा कर्जा लगानी ६ खर्ब ७६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो सात महिना (साउन–माघ) मा मात्रै करिव २१ अर्ब रुपैयाँ कर्जा थपिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

घरजग्गा क्षेत्रमा प्रवाह भएको कुल कर्जामध्ये व्यक्तिगत आवासीय घरकर्जा तीन खर्ब २५ अर्ब १९ करोड रुपैयाँ र रियल इस्टेट कर्जा दुई खर्ब ७६ अर्ब ८६ करोड रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकले फस्टहोम बायरले लिने अधिकतम दुई करोडसम्मको कर्जालाई व्यक्तिगत आवासीय घरकर्जामा गणना गर्ने व्यवस्था गरेको छ ।

हालसम्म रियल इस्टेट शिर्षकमा प्रवाह भएको (करिव दुई खर्ब ७७ अर्ब) कर्जामध्ये रेसिडेन्सियल रियल इस्टेट (दुई करोडसम्मको व्यक्तिगत आवासीय घरकर्जा बाहेक) मा ७२ अर्ब, कमर्सियल कम्पलेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माणमा ३५ अर्ब ४५ करोड, आम्दानी सिर्जना गर्ने कमर्सियल कम्पलेक्समा १० अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।

अन्य रियल इस्टेट (जग्गा खरिद तथा प्लटिङसहित) शिर्षकमा सबैभन्दा धेरै एक खर्ब ५२ अर्ब ८५ करोड रुपैयाँ कर्जा भएको छ । जसमध्ये जग्गा खरिद तथा प्लटिङमा ५९ अर्ब ४५ करोड, ५० लाख वा सोभन्दा बढी स्पेशल प्रयोजन नखुलाइएको घरकर्जा ६५ अर्ब  ६० करोड र अन्यतर्फ ३३ अर्ब ८६ करोड रुपैयाँ कर्जा गएको छ ।

रियल इस्टेट शिर्षकमा कर्जाको माग बढ्दै

चालु आवको माघ महिनासम्म आइपुग्दा रियल इस्टेट शिर्षकमा कर्जाको माग पनि बढ्न थालेको देखिन्छ । सात महिनाको अवधिमा रियल इस्टेट कर्जा ३.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७३ करोड रुपैयाँ थपिएको छ । जबकी, गत वर्षको सोही अवधिमा यस्तो कर्जा ०.६ प्रतिशत अर्थात एक अर्ब ४५ करोडले खुम्चिएको (ऋणत्मक) रहेको थियो ।

सात महिनामा रियल इस्टेट शिर्षकतर्फ रेसिडेन्सियल रियल इस्टेट र जग्गा खरिद तथा प्लटिङमा कर्जा प्रवाह घटेको देखिन्छ । अरु शिर्षकमा कर्जा बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

0BE5EFE210B8793-845F41975B5239A-457805888_1058533425842663_1549223094168763092_n.jpg

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने