चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

यस वर्ष देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा यस क्षेत्रको योगदान ८.२९ प्रतिशत रहने अनुमान गरिएको छ

367B408218B985F-icon.png
356views
023209817EFD01A-488241378_1066312845525251_7751164630724238884_n.jpg

काठमाडौं । चालु आर्थिक वर्ष ०८१÷८२ मा अघिल्लो वर्षको तुलनामा घरजग्गा कारोबार क्षेत्रको कुल मूल्य अभिवृद्धि सामान्य रुपले बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । 

राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय लेखासम्बन्धि वार्षिक तथ्यांक सार्वजनिक गर्दै चालु आवमा घरजग्गा कारोबार क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २.७२ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको हो । 

आव ०८०/८१ मा यस क्षेत्रको वृद्धिदर २.४३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ भने आव ०७९/८० को तथ्यांक अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर २.९१ प्रतिशत कायम रहेको थियो ।

यस वर्ष घरजग्गाको कारोबारमा भएको सामान्य वृद्धि, निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको वृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य रुपमा बढ्ने प्रारम्भिक अनुमान गरिएको तथ्यांक कार्यालयले जनाएको छ ।

यस वर्ष देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा यस क्षेत्रको योगदान ८.२९ प्रतिशत रहने अनुमान गरिएको छ ।

पछिल्लो समय देशभर घरजग्गा कारोबारसँगै कित्ताकाट, राजश्व संकलन लगायत बढ्दै गएको छ । चैतमा चालु आवकै सबैभन्दा उच्च घरजग्गा कारोबार भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।

चैतमा देशभर ४९ हजार ८३२ लिखत पारित भए भने चार अर्ब ३९ करोड ४७ लाख रुपैयाँ राजश्व संकलन भएको छ । यसले वैशाख, जेठ र असार महिनामा पनि घरजग्गा कारोबार बढ्दै जाने सकरात्मक आशा देखाएको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

35CC17359145C47-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

C6D4A91FA5B5C50-gharjagga-770x515.jpg

०८१ लाई फर्केर हेर्दाः घरजग्गा किनबेच, राजश्व असुलीदेखि कित्ताकाटसम्म वृद्धि