पोखरामा नेपालकै पहिलो ‘सावर बञ्‍जी’ सुरू

सावर बञ्जी विश्वमै अनौठो प्रडक्ट भएको र यसले पर्यटकीय राजधानीको क्रेज अझ बढाउने विश्वास लिलइएको छ

367B408218B985F-icon.png
534views
4103922E73FDF50-shower bungy pokhara.png

पोखरा । पर्यटकीय राजधानी पोखरामा नेपालको पायोनियर एड्भेञ्‍चर कम्पनी हाइग्राउण्ड एड्भेञ्‍चर्स नेपालले नेपालमै पहिलोपटक सावर बञ्‍जी सुरु गरेको छ । बञ्‍जी गर्दा पानीको फोहोराको मज्जा लिन पाइनेछ । 

हेम्जामा सन्चालनमा गरिरहेको बञ्‍जीमा करिब ५० लाख रुपैयाँ थप लगानी गरी आफ्ना पाहुनाहरूलाई फरक स्वाद पस्कने योजनाले सावर बञ्जीको अवधारणा ल्याइएको हाइग्राउण्ड एड्भेञ्‍चर्स नेपाल प्रालिका प्रवन्ध निर्देशक दिनेश महर्जनले बताए । 

‘विश्वकै दोस्रो र नेपालकै पहिलो सावर बञ्‍जी सुरु गर्दा एकदमै एक्साइटेड छौं’, महर्जनले भने, ‘६५ सयमा फोटो, भिडियो र टिसर्टसहित बञ्‍जी बुक गर्न सकिनेछ । जसमा सर्टिफिकेट र लेकसाइडदेखि हेम्जासम्मको दुईतर्फी यातायातको सुविधा समेत समावेश छ ।’

सावर बञ्‍जी विश्‍वमै अनौठो प्रडक्ट भएको र यसले पर्यटकीय राजधानीको क्रेज अझ बढाउने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थीले बताए । 

हाइग्राउण्डले युरोपेली एड्भेञ्‍चर कम्पनी ‘बञ्‍जी लाट्भिया’सँगको सहकार्यमा सन् २०१४ नोभेम्बर १७ मा बञ्‍जी जम्प सुरू गरेको थियो । 

‘बञ्जीको एड्भेञ्चर आफैंमा उत्कृष्ट अनुभव हो । त्यसैमाथि सावर बञ्‍जी ले अझै एड्भेञ्‍चर अनुभव गराउने भएकाले पोखरामा आन्तरिक र बाह्य पर्यटकबीच थप आकर्षण भइ पोखराको पर्यटन प्रवद्र्धनमा थप मद्दत हुने विश्वास लिएको छु’, नेपाल पर्यटन बोर्डको पोखरा क्षेत्रीय कार्यालयका प्रमुख सागर श्रेष्ठले भने ।

क्यान्टिलिभर ब्रिजको मोडलमा बनाइएको यो नेपालकै पहिलो टावर बञ्जी पनि हो ।  यसमा जोडी अंगालो मारेर  बञ्‍जी गर्ने ‘टेन्डम बञ्‍जी’ पनि नेपालमा हाइग्राउडले नै सुरू गरेको हो जुन अहिले युवायुवतीबीच निकै आकर्षणको केन्द्र बनेको छ ।

कम्पनीमा शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवाल र दिनेस महर्जनको लगानी छ ।

कम्पनीले सन् २०१२ जुन २ मा नेपालमै पहिलो पटक जिपलाइन भित्र्याएको थियो । सूर्योदय र सूर्यास्तका लागि चर्चित पोखराको सराङ्कोटको टाकुराबाट माछापुच्छ्रेसँग जिस्कँदै हेम्जाको फाँटमा पुगिने जिपलाइन अमेरिकी एड्भेञ्चर कम्पनी ‘जिपफ्ल्यायर युएस’को फ्रेन्चाइज जिपलाइन हो । 

विश्वकै भिरालो र छिटो (द वर्ल्डस स्टिपेस्ट एण्ड फास्टेस्ट) र विश्‍वकै दोस्रो लामो सो जिपलाइनमा २ वर्ष अघिबाट सुपरम्यान जिपलाइन पनि सुरू  गरिएको छ ।

कम्पनीले हेम्जा स्टेसनमा नेपालमै पहिलो पटक जायन्ट स्वीङ निर्माण गरेको छ । खोलाबाट २ सय ६२ फिट माथि ९८ फिटको टावर निर्माण गरिएको छ । टावरमा रहेको डोरीमा स्वीङ खेल्ने व्यक्तिलाई झुन्ड्याइन्छ । कुर्सीमा बसे जसरी र सुपरम्यान शैलीमा खेल्न सकिने स्वीङ एक्लै, जोडीमा वा तीन जनासम्म एकैपटक बसेर खेल्न मिल्छ ।

पछिल्लो २ वर्षदेखि कम्पनीले पोखरामा एटिभी (अल टेरेन भेहिकल)को सेवा पनि दिँदै आएको छ । दुबईको डेजर्ट सफारीमा लोकप्रिय बाइकलाई फेवा किनार र पामे क्षेत्रमा रहेको अफरोडमा चलाएर मज्जा लिन सकिन्छ । यो क्वार्ड बाइकको नामले पनि चिनिन्छ ।

फेरिँदैछ वीरगञ्‍जको मुहार

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

31BF03183180676-A0C2B94C4B7317A-photo.jpg

हाउजिङका घर– मूल्य घट्दा पनि बढेन बिक्री, दर्जन परियोजना अलपत्र

DAD3C9812481A61-SK-Nepal.jpg

कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी

3DF22108BC87EE6-111.jpg

नापजाँच भएर पनि छुटपुट भएकाे जग्गा दर्ता गर्न खुला