रोपनी र बिगाहामा कन्फ्यूज ? यसरी गर्नुहोस् परिवर्तन, यस्ता छन् जग्गा नाप्ने इकाई !

विश्वभरि नै जग्गाको किनबेच वा अंशबण्डा गर्दा जग्गाको क्षेत्रफल अनिवार्य नापजाँच गरिन्छ वा आफ्नो जग्गा कति छ भने थाहा पाइराख्न पनि जग्गा नापजाँच गर्नुपर्ने हुन्छ । 

6F84EC7759D7FA3-Land-Masurment.jpg

के तपाईंलाई थाहा छ, जग्गाको क्षेत्रफल कसरी नाप्ने गरिन्छ ? भूगोलअनुसार जग्गाको क्षेत्रफल नाप्ने तरिका वा इकाई फरक हुन्छ । आज हामी तपाईंलाई नेपालमा जग्गा नाप्ने तरिकाबारे जानकारी गराउँदै छौँ ।

विश्वभरि नै जग्गाको किनबेच वा अंशबण्डा गर्दा जग्गाको क्षेत्रफल अनिवार्य नापजाँच गरिन्छ वा आफ्नो जग्गा कति छ भने थाहा पाइराख्न पनि जग्गा नापजाँच गर्नुपर्ने हुन्छ । 

घरजग्गा मूल्यांकनको काम गर्दै आइरहेका भ्यालुएटर इन्जिनियर भुवन काफ्लेका अनुसार वर्गफिट र वर्गमिटर जग्गा मापनको सर्वमान्य इकाई हो । तर, स्थानपिच्छे जमिनको क्षेत्रफल नाप्ने तरिका वा इकाई फरक हुन सक्छ ।

तराई बेल्टमा कुनुवा, धुर, कट्ठा र बिघामा जग्गाको क्षेत्रफल नापिन्छ । पहाडी क्षेत्रमा दाम, पैसा, आना र रोपनी जग्गा मापन गर्ने आधारभूत इकाईको रूपमा चलिआएको छ ।

नेपाल पनि भौगोलिक रूपमा फरक–फरक बनावटको छ । यहाँ पहाडी र हिमाली भेगमा एउटा र तराईमा अर्को इकाईले जग्गा मापन गर्ने गरिन्छ । तराई बेल्टमा कुनुवा, धुर, कट्ठा र बिघामा जग्गाको क्षेत्रफल नापिन्छ । पहाडी क्षेत्रमा दाम, पैसा, आना र रोपनी जग्गा मापन गर्ने आधारभूत इकाईको रूपमा चलिआएको काफ्ले बताउँछन् । ‘नेपालमा जग्गा खरिद–बिक्री गर्दा यिनै इकाईको प्रयोग गरेर जग्गाको क्षेत्रफल मापन गरिँदै आएको छ,’ उनी भन्छन् । 

हामी सबैलाई जग्गा मापन गर्ने आधारभूत इकाईबारे सामान्य जानकारी हुनुपर्छ । अझ घरजग्गाको कारोबारीलाई त जग्गाको क्षेत्रफल नाप्ने तरिका र इकाईबारे जानकारी हुनैपर्छ । यहाँ सरलीकृत गरेर जग्गाको क्षेत्रफल मापन गर्ने इकाईबारे बुझाउने प्रयास गरिएको छ । 

तल दिइएको तालिकाका आधारमा विश्वव्यापी सर्वमान्य इकाई (वर्गफिट वा वर्गमिटर)सँग रूपान्तरण गरेर जग्गाको क्षेत्रफल कति हुन्छ वा कसरी नापिन्छ भन्ने बुझ्न सकिन्छ ।

यो पनि 

जग्गको क्षेत्रफल रुपान्तरण गर्न नेपालहोम्स डटकमको युनिट कन्भर्टर प्रयोग गर्न सक्नुहुन्छ ।