तंग्रिन थाल्यो निर्माण क्षेत्र, दोस्रो त्रैमासमा ९.१% वृद्धि हासिल हुने

निर्माण सामाग्रीको आयात तथा घरेलु उत्पादनको वृद्धिसँगै निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर बढेको प्रारम्भिक अनुमान छ

367B408218B985F-icon.png
366views
2A021118650CD9F-1920x-1080.jpg

काठमाडौं । लामो समयदेखि सिथिल रहेको निर्माण क्षेत्र तंग्रिन थालेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धिदर ९.१ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयले प्रारम्भि अनुमान गरेको छ ।

तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको दोस्रो त्रैमासिक लेखा अनुमान अनुसार चालु आवको पहिलो त्रैमासमा निर्माण क्षेत्रको वृद्धिदर ०.९ प्रतिशतमात्र हासिल भएको थियो । 

गत आर्थिक वर्षको तेस्रो र चौथो त्रैमासमा निर्माण क्षेत्रको वृद्धिदर क्रमशः –६.२ प्रतिशत र –८.६ प्रतिशत ऋणात्मक रहेको थियो । 

निर्माण सामाग्रीको आयात तथा घरेलु उत्पादनको वृद्धिसँगै निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर बढेको प्रारम्भिक अनुमान तथ्यांक कार्यालयको छ ।

५.१ प्रतिशत आर्थिक वृद्धि

गत वर्षको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा कुल गार्हस्थ्य उत्पादन ५.१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ । चालु आवको पहिलो त्रैमासमा यस्तो वृद्धिदर ४ प्रतिशत रहेको अनुमान छ ।

दोस्रो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा अर्थतन्त्रका प्रस्तुत १८ वटा औद्योगिक वर्गीकरणमध्ये १८ वटै औद्योगिक क्षेत्रहरुको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको देखिएको छ ।

जसमध्ये सबैभन्दा धेरै वृद्धिदर यातायात तथा भण्डारणसँग सम्बन्धित क्रियाकलापको १४.२ प्रतिशत रहेको छ । खानी तथा उत्खनन क्षेत्र ९.५ प्रतिशत वृद्धिदरसहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ ।

खानी तथा उत्खनन क्षेत्रमा भएको वृद्धिले निर्माण क्षेत्रका गतिविधिहरु चलायमान भएको शंकेत दिन्छ ।

यस्तै, उत्पादनमुलक उद्योगको वृद्धिदर ७.४ प्रतिशत, वित्तीय तथा बिमा क्षेत्रको वृद्धिदर ६.६ प्रतिशत, व्यायापार क्षेत्रको वृद्धिदर ६.१ प्रतिशत, सूचना तथा प्रविधि क्षेत्रको वृद्धिदर ४.९ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।

अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्याउने कृषि क्षेत्रको वृद्धिदर ३.२ प्रतिशत मात्र हुने प्रारम्भिक अनुमान छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

38ED992FA6F8CA7-gharjagga-770x515.jpg

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

0477CD3AB305BA2-construction.jpg

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान