नेपालको नयाँ नक्सा सार्वजनिक, भारतले स्वीकार गर्ने सरकारको अपेक्षा

सरकारले नेपालको नयाँ राजनीकि तथा प्रशासनिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । बुधबार भूमिसुधार तथा व्यवस्था मन्त्री पद्यमा अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन गरि नयाँ नक्सा सार्वजनिक गरेकी हुन् ।

367B408218B985F-icon.png
993views
C6F82F0CD22FCD2-New-Map-of-nepal.gif

काठमाडौं । सरकारले नेपालको नयाँ राजनीकि तथा प्रशासनिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । बुधबार भूमिसुधार तथा व्यवस्था मन्त्री पद्यमा अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन गरि नयाँ नक्सा सार्वजनिक गरेकी हुन् । 

नयाँ नक्सामा भारतद्धारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको छ । यसअघिको नक्सामा गुञ्जी, नाबी, कुटी लगायत क्षेत्र छुटेकोले त्यसलाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरेको मन्त्री अर्यालले बताइन् ।

मन्त्री अर्यालले नेपालले जारी गरेको नयाँ नक्सालाई भातले सकरात्मक रुपमा लिने अपेक्षा राखेको बताइन । नयाँ नक्सा सार्वजनिकसँगै अब देशभर यसैलाई प्रयोगमा ल्याउने सरकारको गृहकार्य गरिरहेको छ ।

सोमबारको मन्त्रिपरिषद बैठकले अक्रिमित भूमि समेटिएको नयाँ नक्सा पारित गरेको थियो । सरकारले नयाँ नक्सा जारी गर्ने कुरा नीति तथा कार्यक्रममा घोषणा गरेको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदलाई सम्बोधन गर्दै अतिक्रमित भूमि नक्सामा मात्र समेट्ने काम नहुने बताउँदै फिर्ता लिएरै छाड्ने दृढता व्यक्त गरेका छन् ।

सिमेन्टको व्यापारः आन्तरिक बजारमा खस्किँदै, भारततर्फ निकासी बढ्दै

लचिलो मौद्रिक नीतिमा चेम्बरको जोड, घरजग्गा धितो कर्जालाई सहज बनाउन पहल गर्ने

विशालनगरमा बन्दैछ एउटै युनिटको २२ करोड पर्ने अपार्टमेन्ट

घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको ‘खुकुलो नीति’

काठमाडौं महानगरमा बढ्यो घरबहाल कर, घट्यो नक्सापास दस्तुर

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

नीति तथा कार्यक्रम ०८१/८२: घरजग्गा कारोबार व्यवस्थित र मूल्यांकन वैज्ञानिक बनाइने

गुणस्तरीय सिमेन्ट कसरी छान्‍ने ? सिमेन्ट किन्‍नुअघि जान्‍नैपर्ने ८ टिप्सहरु

B9A84DBFBC05423-5331166321685525657.jpg

कार्यसम्पादन राम्रो नभएका चिनियाँ र भारतीयसहित २७ कम्पनीसँग सात दिने स्पष्टिकरण माग

875B7EBDC71CE06-242D60BFCB15FD4-6DEB5316F208BBC-Kathmandu-2.gif

गाउँले भन्दा सहरीया बासिन्दा बढी, सहरको जनसंख्या ६२.२ प्रतिशत

37A7EE3A62B67AF-Map-of-Nepal.gif

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा मन्त्रिपषिदबाट पारित