गाउँले भन्दा सहरीया बासिन्दा बढी, सहरको जनसंख्या ६२.२ प्रतिशत

नेपालको गाउँमा भन्दा सहरमा बस्ने जनसंख्या धेरै भएको छ । मुलुकको कुल जनसंख्यामध्ये सहरी क्षेत्रमा बसोबास गर्नेको संख्या ६२.२ प्रतिशत पुगेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको आर्थिक सर्भेक्षणमा पुस मसान्तसम्म गाउँमा बसोबास गर्ने जनसंख्या ३७.८ प्रतिशत मात्र देखिन्छ । 

367B408218B985F-icon.png
591views
875B7EBDC71CE06-242D60BFCB15FD4-6DEB5316F208BBC-Kathmandu-2.gif

काठमाडौं । नेपालको गाउँमा भन्दा सहरमा बस्ने जनसंख्या धेरै भएको छ । मुलुकको कुल जनसंख्यामध्ये सहरी क्षेत्रमा बसोबास गर्नेको संख्या ६२.२ प्रतिशत पुगेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको आर्थिक सर्भेक्षणमा पुस मसान्तसम्म गाउँमा बसोबास गर्ने जनसंख्या ३७.८ प्रतिशत मात्र देखिन्छ । 

पछिल्लो समय विकास भएको तीब्र सहरीकरण र गाउँपालिकाहरु जोडेर नयाँ नगरपालिकाहरुको घोषणा गरिएका कारण सहरी बासिन्दा ह्वात्तै बढेको आर्थिक सर्भेक्षणमा भनिएको छ । 

नेपालमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्तानीय तह रहेका छन् । अधिकांश नगरपालिका गाउँका पाखा पखेरा पनि समेटेर घोषणा गरिएको छ । गाउँका पाखा पखेराहरु पनि नगरपालिकाभित्र परेपछि त्यहाँका बासिन्दा पनि सहरी बासिन्दामा समेटिएका छन् । नगरपालिकाको संख्या बढेकै कारण सहरी बासिन्दा बढेको सरकारको भनाई छ । 

नेपालका अधिकांश नगरपालीकाले तोकिएको स्टान्डर्ड मेन्टेन गर्न सक्दैनन् । राजनीतिक दबाबको आधारमा गाउँलाई पनि समेटेर धेरै नगरपालिका घोषणा गरिएको छ । हुन त नेपालका महानगरपालिका, उपमहानगरपालिकाले पनि महानगरमा हुनुपर्ने न्यूनतम शर्तहरु पुरा गर्न सक्दैनन् ।


 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B2D9E4D041B0D1F-50008A5B5C50B21-jagga-final.jpg

फेरी रोकियो कित्ताकाट, जग्गा वर्गीकरण गर्न स्थानीय तह अलमलमै

B9A84DBFBC05423-5331166321685525657.jpg

कार्यसम्पादन राम्रो नभएका चिनियाँ र भारतीयसहित २७ कम्पनीसँग सात दिने स्पष्टिकरण माग

C6F82F0CD22FCD2-New-Map-of-nepal.gif

नेपालको नयाँ नक्सा सार्वजनिक, भारतले स्वीकार गर्ने सरकारको अपेक्षा