फेरी रोकियो कित्ताकाट, जग्गा वर्गीकरण गर्न स्थानीय तह अलमलमै

तोकिएको समयभित्र जग्गाको वर्गीकरण गर्न नसकेका दुई सयभन्दा धेरै स्थानीय तहहरूमा कित्ताकाट रोकिएको हो

367B408218B985F-icon.png
858views
B2D9E4D041B0D1F-50008A5B5C50B21-jagga-final.jpg

काठमाडौं । जग्गाको वर्गीकरण गर्न असफल स्थानीय तहहरुमा फेरी जग्गाको कित्ताकाट रोकिएको छ । तोकिएको समयभित्र जग्गाको वर्गीकरण गर्न नसकेका दुई सयभन्दा धेरै स्थानीय तहहरुमा कित्ताकाट रोकिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

जग्गा वर्गीकरण गरिसकेका स्थानीय तहहरुमा भने कित्ताकाट नियमित हुने बताइएको छ । अहिले देशभर ५५३ स्थानीय तह छन्, जसमध्ये करिव आधाआधी स्थानीय तहले जग्गाको वर्गीकरण टुंग्याइसकेका छन् भने कतिपयले कृषि र गैरकृषि भूमि मात्र भनेर वर्गीकरण गरेका छन् ।

गत वर्ष भूउपयोग नियमावली ०७९ को पहिलो संशोधन गर्दै सरकारले नियमावलीमा टेकेर तत्काललाई सबै प्रकारका जग्गाको कित्ताकाट खुला गरी ०८१ साउनभित्र जग्गाको वर्गीकरण गरिसक्न समायावधी तोकेको थियो । 

सरकारले ०७९ जेठमा भूउपयोग नियमावली जारी भएपछि देशैभर कित्ताकाट ठप्प भएको थियो । 

सरकारले कृषि र गैरकृषि भूमि वर्गीकरण गर्ने स्थानीय तहमा कित्ताकाट गर्न दिने व्यवस्था गरे पनि अधिकांश स्थानीय तहले जग्गा वर्गीकरण गर्नै सकेनन् । स्थानीयले आफ्नो जग्गा आवासीय वा गैरकृषि क्षेत्रमा वर्गीकरण गर्न दबाब दिएपछि स्थानीय तहल अलमलमा परेका छन् । 

कित्ताकाट ठप्प हुँदा जग्गा किनबेच नै सुस्ताएको र समग्र अर्थतन्त्र नै सुस्ताएको भन्दै सरकारले नियमावली संशोधन गरेर तत्काललाई सबै प्रकारका जग्गा कित्ताकाट खुलाउने र ०८१ साउन ३२ भित्र सबै स्थानीय तहहरूले वर्गीकरण टुंग्याउनुपर्ने व्यवस्था गरिएको थियो । कित्ताकाट खुलाउन घरजग्गा व्यवसायी र जग्गाधनीको पनि चर्को दबाब थियो । पछिल्लो पटक तोकिएको अवधिमा पनि जग्गा वर्गीकरण नभएपछि फेरी कित्ताकाट रोकिएको हो ।

भूउपयोग नियमावलीमा जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र सरकारले तोकेका अन्य क्षेत्र गरी नौ प्रकारमा वर्गीकरण गर्ने व्यवस्था गरिएको छ । 

भूउपयोग नियमावली जारी भएको दुई वर्ष वितिसक्दा समेत स्थानीय तहहरुले जग्गा वर्गीकरण गर्न सकेका छैनन् । जबकी, भूउपयोग नियमावली ०७९ जारी हुँदा सुरुमा ६ महिनाको मात्रै समय दिइएको थियो । अर्थात्, २३ मंसिर ०७९ भित्र सबै स्थानीय तहले जग्गा वर्गीकरण सिध्याउनुपर्ने थियो । तर, निर्धारित समयमा सयवटा स्थानीय तहले पनि जग्गालाई कृषि र गैरकृषि क्षेत्रमा पनि वर्गीकरण गर्न नसकेपछि पटक पटक समय थप गरिएको थियो ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

35CC17359145C47-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन