के घरजग्गा किन्‍ने यो सही समय हो ? यी चार कारण हेर्नुहोस्

अहिले सहज कर्जा प्रवाह, घट्दो ब्याजदर, कित्ताकाटमा सहजीकरणलगायत कारणले घरजग्गा कारोबार क्रमशः उकालो लाग्न थालेको देखिन्छ

367B408218B985F-icon.png
3566views
3242FDCEB10212E-house.jpg

काठमाडौं । आन्तरिक तथा वाह्य कारणहरुले सिर्जित मन्दीले घरजग्गा कारोबार थला परेको पनि दुई वर्षभन्दा बढी भइसक्यो । अझै पनि घरजग्गा कारोबार तंग्रिन सकेको छैन् । अझ मान्छेसँग पैसा भएपनि घरजग्गामा लगानी गर्ने कन्फिडेन्ट नै आउन सकेको छैन् ।

पछिल्लो समय घरजग्गाको लिखत पारित, राजश्‍व संकलन र कित्ताकाट बढ्दै गएको देखिन्छ । तर, व्यवसायी यसलाई किनबेच बढेको मान्दैनन् । बैंक तथा वित्तीय संस्थाले गर्ने लिलामी र अप्ठयारोमा परेर घरजग्गा बिक्री गर्नेहरु बढ्दा लिखत पारित बढेको उनीहरुको ठम्याई छ ।  

तर, पछिल्लो समय सहज कर्जा प्रवाह, घट्दो ब्याजदर, कित्ताकाटमा सहजीकरण लगायत कारणले घरजग्गा कारोबार क्रमशः उकालो लाग्‍न थालेको भूमि व्यवस्थापन विभागको तथ्यांकले नै देखाउँछ । निर्माण क्षेत्र पनि ११ प्रतिशतले वृद्धि भएको राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ ।

यी चार कारण भन्‍न सकिन्छ कि अब घरजग्गा किन्‍न वा घर बनाउने सही समय आएको छ ।

१) घरघडेरीको घट्दो मूल्य

दुईअघि घरजग्गाको मूल्य ‘दिन दुई गुना र रात चौगुना’का दरले बढिरहेको छ । ‘बैना टु बैना’ कारोबार हुन्थ्यो । पैसा हुनेले पनि राम्रो ठाउँमा राम्रो घडेरी भेट्याउन मुस्किल थियो ।

कागजमा प्लटिङको रेखांकन नहुँदै सबै घडेरी बुकिङ भइसक्थे । हाउजिङ वा अपार्टमेन्टको जग नखन्दै सबै युनिट बुकिङ भइसक्थे । मूल्यसँग खास सरोकार थिएन, लोकेसन, घडेरी र घर राम्रो भइदिए पैसा खन्याउन धेरै तयार हुन्थे । जसले डेभलपरलाई पनि उत्साहित बनाएको थियो ।

तर, जब रियल इस्टेट लामो समयदेखि मन्दीमा फस्यो, घरघडेरीको मूल्यमात्र घटेको छैन्, मान्छेमा घरजग्गा खरिद गर्ने कन्फिडेन्स हराएको छ । दुई वर्षभन्दा लामो समयदेखि कारोबार सुस्ताउँदा घरजग्गाको मूल्य बढेको छैन् । बरु दुई वर्षअघिको तुलनामा ३० प्रतिशतसम्म मूल्य घटेको घरजग्गा एजेन्सीहरुको भनाई छ ।

व्यक्तिगत घरघडेरीको मूल्यमा धेरै अन्तर नदेखिए पनि कमर्सियल रुपमा विकास गरिएका ठूला प्लटिङ र हाउजिङ परियोजनामा घरजग्गाको मूल्य पहिलाको तुलनामा निरन्तर घटिरहेको छ । ठूला व्यवसायीले घरघडेरी बिक्री नभएर नगद छुट, किस्ताबन्दी सुविधा, काठमाडौं बाहिरका घरघडेरीसँग पनि काठमाडौंमा घरघडेरी साटफेर गर्न पाउने सुविधाजस्ता स्किम ल्याइरहेका छन् ।

बानेश्वर, सानेपा, महाराजगञ्‍ज, भैंसेपाटी, बुढानिलकण्ठजस्ता मुख्य आवासी क्षेत्रहरु र हाउजिङ परियोजनाभित्र निर्माण गरिएका घरघडेरीको मूल्य दुई वर्षमा करोडसम्म घटेको बताइन्छ । यसैले पनि अहिले तपाईंलाई घरघडेरी खरिद गर्ने उपयूक्त समय हुन सक्छ । घरघडेरी खरिद गर्दा मूल्यमा मज्जाले बार्गेनिङ गर्न पाउनुहुनेछ । किनभने, अहिले घरजग्गा व्यवसायीलाई पैसावाल ग्राहक भेटिनु भनेको भगवान भेटिनु सरह भएको छ ।

काठमाडौं उपत्यकामा मात्र होइन, देशैभर घरजग्गा कारोबार सुस्ताएको हुँदा मूल्य घटेको छ । अझ बैंक तथा वित्तीय संस्थाहरुले दैनिक घरजग्गा लिलामका सूचना निकालिरहेका हुन्छन् । आफुलाई पायक पर्ने ठाउँका घरजग्गा लिलाम सकार्ने अवसर पनि छँदै छ ।  

२) घट्दो ब्याजदर

अहिले बैंकबाट ऋण नै लिएर घरजग्गा किन्दा पनि लागत कम छ । झन्डै कोभिडको बेलाकै हाराहारीमा ब्याजदर झरिसकेको छ । धेरै बैंकले सिंगल डिजिटमै घरजग्गा कर्जा उपलब्ध गराउन थालेका छन् । जबकी, यो बिचमा घरजग्गा कर्जाको ब्याजदर वाणिज्य बैंकहरुमै १५ प्रतिशत नाघिसकेको थियो ।

अहिले बैंकमा निक्षेप थुप्रिन थालेपछि ग्राहकलाई फोन गरेरै कर्जा लिन बोलाउन थालेका छन् । सेवा शुल्क पनि कम लिने भनिरहेका छन् । जबकी, यसअघि जति पनि ब्याज तिर्न तयार छु भन्दा पनि बैंकबाट कर्जा नपाउने अवस्था आएको थियो ।

अहिले अधिकांश वाणिज्य बैंकहरुको आधारदर ९बेसरेट० १० प्रतिशतभन्दा कममा झरिसकेको छ । र, अझै घरजग्गा कर्जाको ब्याजदर घट्ने अनुमान बैंकरहरुको छ । यसैले पनि यो समय कर्जा लिएरै भएपनि घरजग्गा खरिद गर्ने उपयुक्त समय हुन सक्छ ।

३) निर्माण सामाग्री पनि सस्तो

मन्दीले निर्माण क्षेत्र सुस्ताउँदा निर्माण सामाग्रीको मूल्य बढेकाे छैन । बरु उद्योगीले परल मूल्यमै भएपनि आफ्नो उत्पादन बिक्री गर्न कस्सिदै छन् । तपाईंले घडेरी खरिद गरेर वा भएकै घडेरीमा घर बनाउनका लागि यो समय उपयुक्त हुन सक्छ । फेरी बैंकले पनि सस्तो ब्याजदरमा घर बनाउने कर्जा दिइहाल्छन् ।

यतिबेला निर्माण सामाग्रीको मूल्य महंगो नभएकोले तपाइँले जग्गा किनेर घर बनाइहाल्ने योजना बनाउनु भयो भने पनि पिक मार्केटको बेलाभन्दा १० देखि १५ प्रतिशत सस्तोमै घर बनाउन सक्नुहुन्छ ।

सामान्यतया घर बनाउन ८, १०, १२, १६, २० एमएमको डन्डी चाहिन्छ । अहिले डन्डी ब्रान्ड हेरिकन प्रतिकिलो ९५ रुपैयाँदेखि ११० रुपैयाँसम्म खदि गर्न पाइन्छ । जबकी, यो बिचमा डन्डीको मूल्य बढेर प्रतिकिलो १४० रुपैयाँसम्म पुगेको थियो । अहिले निर्माण ठप्प हुँदा डन्डी व्यवसायीले डन्डीको भाउ बढाउन सकेका छैनन् ।

यस्तै, निर्माणमा धेरै खर्च हुने सिमेन्टको मूल्य पनि दुई अढाई वर्षदेखि बढ्न सकेको देखिदैन । अहिले बजारमा ब्रान्ड हेरिकन पीपीसी सिमेन्ट प्रतिबोरा पाँच सयदेखि ६ सयसम्म र ओपीसी सिमेन्ट ६ सयदेखि सात सयसम्म पाइन्छ ।

अहिले इँटा, गिट्टी र बालुवाको मूल्य पनि बढेको छैन । अहिले इँटाको मूल्य प्रतिगोटा १४ रुपैयाँदेखि १८ रुपैयाँसम्म पाइन्छ । इँटा गोदाममा थुप्रिएपछि लागत मूल्यमै बिक्री गर्न बाध्य भइरहेको व्यवसायीले गुनासो गर्दै आएका छन् ।

४) घरजग्गाको सुध्रिदो कारोबार

पछिल्लो तीन महिनायता घरजग्गा कारोबार निरन्तर बढिरहेको छ । मासिक २५ हजारमा झरेका घरजग्गा कारोबार माघमा ५१ हजारमा उक्लिएको छ । माघमा जेठयताकै सबैभन्दा धेरै घरजग्गाको लिखत पारित भएको भूमि विभागको तथ्यांकले देखाउँछ । यस्तै, माघमा भएको कित्ताकाट २२ महिनायताकै उच्च रहेको छ ।

पछिल्लो समय घरजग्गा कारोबार बढाउन सरकार र राष्ट्र बैंक आफै कस्सिएका छन् । नीतिमा सहजीकरण गर्दैछन् । कर्जाको ब्याजदर घट्दै जाँदा घरजग्गामा बैंकको कर्जा लगानी पनि बढ्न थालेको छ । व्यक्तिगत आवासीय कर्जाको सीमा बढाएर दुई करोड पुर्याइएको छ । यस्तै, १५० प्रतिशत रहेको घरजग्गा कर्जाको जोखिमभार घटाएर १२५ प्रतिशत कायम गरिएको छ । फेरी लगानीका अन्य क्षेत्रहरु झन सुस्त देखिएका छन् । यसले पनि आगामी दिनमा घरजग्गा कारोबार क्रमिक रुपमा बढ्ने सहजै अनुमान लगाउन सकिन्छ ।

घरजग्गा कारोबार मन्दीबाट गुज्रिएर केही सुधार सुरु भएको छ । यसको मतलब, तपाइँले किनेको घरजग्गाको मूल्य पनि बढ्ने र नाफा बुक गरेर बेच्न पनि सहज हुने अवस्था हुन्छ । तपाइँले लामो समय प्रोपर्टी होल्ड गरेर बस्‍नु पर्दैन ।

अहिले बजारमा कुन निर्माण सामाग्रीको मूल्य कति छ ?

धुलिखेलमा आमासँगै जिपलाइन गर्न जाँदा ५० प्रतिशत छुट, अफर शुक्रबारसम्म

डिल्लीबजारबाट वर्षमा २३ सय घरजग्गा किनबेच, किन घट्यो कोर सिटीमा कारोबार ?

दक्षिणपूर्वी एशियाका देशले रियल इस्टेटमा फड्को मारिसके, हामीले कहिले ?

काठमाडौंमा रियल इस्टेट सम्मेलन सुरु, लाइसेन्स लिएर मात्र घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गर्न जोड

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

काठमाडौंमा दुई दिन रियल इस्टेट कन्फ्रेन्स हुँदै, विदेशी वक्ता पनि सहभागी हुने

नागार्जुनमा २० करोडको बंग्लो बिक्रीमा, तीन दिन ओपन हाउस कार्यक्रम

C2F1A3E33FA90FF-nirman-samangri_large.jpg

अहिले बजारमा कुन निर्माण सामाग्रीको मूल्य कति छ ?

A29E35B49218F97-photosssssssssssss.jpg

यी हुन् घरमा विद्युतीकरण गर्दा ध्यान दिनुपर्ने कुराहरू

31BF03183180676-A0C2B94C4B7317A-photo.jpg

हाउजिङका घर– मूल्य घट्दा पनि बढेन बिक्री, दर्जन परियोजना अलपत्र