नौ महिनामै थपिए सवा २ लाख विद्यूत ग्राहक

०८० फागुनसम्म विद्युतको कुल जडित क्षमता ३ हजार ६० मेगावाट रहेको छ

367B408218B985F-icon.png
354views
1C906F900382E39-Bijuli-Electric-Light-1.jpg

काठमाडौं । नौ महिनाको अवधिमा सवा दुई लाखभन्दा बढी विद्यूतका ग्राहक (घरधुरी) थपिएका छन् । 

सामुदायिक उपभोक्ता समेत गरी विद्युत उपयोग गर्ने ग्राहकको संख्या ०८० असारसम्म ५६ लाख ४८ हजार ४२ रहेकोमा फागुनसम्म आइपुग्दा बढेर ५८ लाख ७३ हजार ८०७ पुगेको छ ।

विद्युतको उत्पादन बढेसँगै बिजुलीको पहुँच पुग्‍ने उपभोक्ता पनि तिब्र गतिमा बढ्दै गइरहेको आर्थिक सर्वेक्षणको तथ्यांकले देखाउँछ ।

०८० फागुनसम्म विद्युतको कुल जडित क्षमता ३ हजार ६० मेगावाट रहेको छ । जसमध्ये जलविद्युत २८ सय १८.९१ मेगावाट, सौर्य उर्जा ९७ मेगावाट र तापीय (थर्मल प्लान्ट) उर्जा ५३.४१ मेगावाट उत्पादन भएको छ । यस्तै, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रद्धारा उत्पादित विद्युत ८४.७४ मेगावाट र चिनी मिलबाट सहउत्पादन प्रविधिमार्फत उत्पादित विद्युत ६ मेगावाट रहेको छ ।

राष्ट्रिय ग्रीडमा जडान भएको जलविद्युतमध्ये नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा सञ्चालित विद्युत आयोजनाबाट ६६०.४५ मेगावाट, प्राधिकरणको सहायक कम्पनीमार्फत ४९२.९० मेगावाट र निजी क्षेत्रबाट सञ्चालित परियोजनाबाट १८ सय २२ मेगावाट उत्पादन भइरहेको छ ।

विद्युत उत्पादनमा वृद्धि हुँदै गएसँगै उर्जा उपलब्धता सहज बन्दै गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । पछिल्लो समयमा विद्युत आयातमाथिको निर्भरता कम भएको छ भने विद्युत निर्यात पनि बढ्दै गएको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

C6D4A91FA5B5C50-gharjagga-770x515.jpg

०८१ लाई फर्केर हेर्दाः घरजग्गा किनबेच, राजश्व असुलीदेखि कित्ताकाटसम्म वृद्धि