औद्योगिक सहर वीरगञ्‍जमा अपार्टमेन्ट कल्चर हुर्कन नपाउँदै मन्दीको मारमा

अपार्टमेन्टलाई कोभिड महामारीले भन्दा बढी प्रभाव मन्दीले पारेको छ । मन्दीले निर्माणको योजनामा रहेका अपार्टमेन्टहरु त ब्याक भए नै, निर्माण सम्पन्न भइसकेका अपार्टमेन्टले पनि डेढ/दुई वर्षदेखि ग्राहक भेट्याउनै सकेका छैनन् ।

367B408218B985F-icon.png
1330views
D2DD82ABE38BF6C-Project news.jpg

काठमाडौं । देशकै औद्योगिक सहरको पहिचान बनाएको वीरगञ्‍जमा भर्खर अपार्टमेन्ट (हाइराइज आवास) कल्चर सुरुवात हुँदै थियो । वीरगञ्‍जमा सुविधासम्पन्‍न र व्यवस्थित तरिकाले बसोबास गर्नका लागि हाउजिङ र अपार्टमेन्टको खोजी हुन थालेको थियो ।

वीरगञ्‍जका व्यवसायीहरु पनि धमाधम सुविधै सुविधासहितका गगनचुम्बी अपार्टमेन्ट र हाउजिङ परियोजना निर्माणमा जुटेका थिए । हुन त वीरगञ्जमा डेढ दशकअघि नै अपार्टमेन्ट निर्माण भएको बताइन्छ । तर, पछिल्लो समय पाँचतारे होटेलकै सरह सुविधा सम्पन्‍न अपार्टमेन्ट निर्माण भइरहेका थिए । 

वीरगञ्‍जमा अपार्टमेन्ट कल्चर विकास हुँदै थियो । एक दर्जन हाराहारी अपार्टमेन्ट तथा हाउजिङ निर्माण हुँदै थिए । एक किसिमले वीरगञ्‍ज मा अपार्टमेन्ट निर्माणको लहर चलिरहेको थियो ।

यही बिचमा सालिमार होम्स, गोकुल अपार्टमेन्ट, राधेकृपा अपार्टमेन्टजस्ता सुविधासम्पन्‍न अपार्टमेन्ट ठडिए । वीरगञ्‍जमै सुख भिलासले हाउजिङका घरहरु निर्माण सुरु गरिसकेका छ । अरु थप आधा दर्जन अपार्टमेन्ट र हाउजिङ परियोजनाहरु पाइपलाइनमा थिए । तर, यो उत्साह धेरै टिक्न सकेन । वीरगञ्जमा अपार्टमेन्ट संस्कृति हुर्कन नपाउँदै मन्दीको मारमा पर्यो । 

अपार्टमेन्टलाई कोभिड महामारीले भन्दा बढी प्रभाव मन्दीले पारेको सम्बन्धित व्यवसायीको भनाई छ । मन्दीले निर्माणको योजनामा रहेका अपार्टमेन्टहरु त ब्याक भए नै, निर्माण सम्पन्न भइसकेका अपार्टमेन्टले पनि डेढ/दुई वर्षदेखि ग्राहक भेट्याउनै सकेका छैनन् । 

पछिल्लो समय वीरगञ्‍जमा मन्दीका कारण अपार्टमेन्ट किनबेच ठप्प रहेको सालिमार होम्सका निर्माता अशोक बैद्यले बताए । ‘वीरगञ्ज मा हाइराइज आवास उपलब्ध गराउने उद्देश्यसहित अपार्टमेन्ट निर्माण गरेको हौं, तर मन्दीले आधा पनि अपार्टमेन्ट बिक्री भएका छैनन्,’ उनले भने, ‘सालिमार होम्सकै ९० युनिटमध्ये ५० वटा बिक्री हुन बाँकी छन् ।’

सिमेन्ट, डन्डी, पेन्ट्स, ट्रेडिङलगायत व्यवसायमा सक्रिय वैद्यले शहरको केन्द्रमै आलिसान ‘सालिमार अपार्टमेन्ट’ बनाएका छन् । अपार्टमेन्टमा तीनवटा ब्लक छन्, जसमध्ये ए र बी ब्लक सन् २०१८ मा र सि ब्लक सन् २०२० मा निर्माण सम्पन्न भएको थियो । तर, अहिलेसम्म आधाभन्दा बढी अपार्टमेन्ट बिक्री गर्नै बाँकी रहेको वैद्यको भनाई छ ।

मुख्य बजारमै ठडिएको नौ तले सालिमार होम्सले सुन उपहार स्किम ल्याउँदा पनि ग्राहक आकर्षित भएनन् । अब मार्केट भाइब्रेन्ट नभई अपार्टमेन्ट बिक्री नहुने वैद्यको ठम्याई छ । उनले भने, ‘अपार्टमेन्टको मार्केट राम्रो थियो, बिक्री पनि भइरहेकै थिए । तर एक्कासी अर्थतन्त्र मन्दीमा फसेपछि अपार्टमेन्ट बिक्री हुनै छाडे ।’

वीरगञ्जमा निर्माण भएका अरु अपार्टमेन्ट पनि बिक्री नभएको बताइन्छ । अहिले धेरै ग्राहकसँग पैसा नै छैन् । पैसा हुनेहरु पनि मूल्य घट्ने अपेक्षासहित ‘पर्ख र हेर’को अवस्थामा छन् । बैंक तथा वित्तीय संस्थाहरुले पनि अझै घरजग्गा क्षेत्रमा निर्वाध रुपमा कर्जा प्रवाह गर्न सकेका छैनन् । वीरगञ्‍जमा मात्र होइन, काठमाडौं उपत्यका र पोखरामा निर्माण भएका अपार्टमेन्ट पनि बिक्री ठप्प छ । निर्माणाधिन अपार्टमेन्ट ‘डिले’ भइरहेका छन् ।

वीरगञ्‍जको सालिमार अपार्टमेन्टमा मन्दिर, स्विमिङ पुल, सामुदायिक हल, जिम, पार्किङ, लिफ्ट, फायर फाइटिङ, सिसी क्यामेरा, गार्डलगायत सुविधाहरु उपलब्ध गराइएको छ । 

यस्तै, वीरगञ्जको आदर्शनगरस्थित पानी ट्यांकीनजिकै १३ तले गगनचुम्बी अपार्टमेन्ट ‘राधे कृपा’ निर्माण भएको छ । ९ कट्ठा क्षेत्रफलमा बनेको अपार्टमेन्टमा वीरगञ्‍जकै अमित अग्रवाल, प्रभात रुंगटा, प्रेम जाटिया, रोहित चाचान, मनिष अग्रवाल, पशुपति खण्डेलवाल र सचिन खण्डेलवालको करिव एक अर्ब लगानी रहेको बताइन्छ ।

राधे कृपा अपार्टमेन्टका दुईवटा भवनमा कुल ४४ युनिट छन् । थ्रि बिएचके र फोर बिएचके फ्ल्याटको मूल्य साढे दुई करोडदेखि साढे चार करोड रुपैयाँसम्म राखिएको छ । अपार्टमेन्टमा क्लब हाउस, स्वीमिङ पुल, मिनी थिएटर, पब्लिक भवन, डिर्पाटमेन्टल स्टोरलगायत सुविधा छन् ।

वीरगञ्‍जको घण्टाघर नजिकै पानगल्लीमा गोकुल अपार्टमेन्ट तयार भएको छ । रुंगटा परिवारको अगुवाईमा केही व्यवसायीको संयुक्त लगानीमा यो अपार्टमेन्ट निर्माण भएको हो । आठ कट्ठामा बनेको अपार्टमेन्ट १३ तलाको छ, जहाँ ४२ युनिट रहेका छन् ।

यो अपार्टमेन्टमा पनि स्वीमिङ पुल, पसल कवल, पार्किङ, सैलुन, मन्दिर, गार्डरुम, लिफ्ट, कम्युनिटी हल र क्लब हाउस छन् । 

वीरगञ्‍जमा साढे तीन विगाहा क्षेत्रफलमा सुख भिलास हाउजिङ कोलोनी निर्माण सुरु गरिएको छ । परियोजनाभित्र सयवटा घर बनाउने योजना रहे पनि पहिलो चरणमा ७५ वटा घरहरु निर्माण हुनेछन् । 

९ वटा घरको स्ट्रक्चर निर्माण सुरु भइसकेको छ । क्रमशः अरु घर पनि निर्माण सुरु गर्दै जाने कम्पनीले जाएको छ । कम्पनीले सन् २०२५ को अन्तिमसम्म परियोजना निर्माण सम्पन्न गरेर घरहरु हस्तान्तरण गर्ने लक्ष्य लिएको छ ।

अहिले निर्माणाधिन घरहरु धमाधम बुकिङ लिइरहेको छ । घरको सुरुवाती मूल्य एक करोड ७५ लाख रुपैयाँ राखिएको छ । तर, मन्दीका कारण ग्राहक भने भेटिएका छैनन् । 

सुख भिलासमा चौबिसै घण्टा सेकुरिटी, विद्यूत र पानीको व्यवस्था हुनेछ । यस्तै, जिम हल, हेल्थ सर्भिस, स्वीमिङ पुल, ब्यांक्वेट हल, कफी सप लगायतका सुविधाहरु भित्रै हुनेछन् । 

यसअघि नै वीरगञ्‍जमा विर्तामा त्रिवेणी गोपाल कम्पलेक्स, कुमालटोलमा गणेश अपार्टमेन्ट, नेशनल ट्रेडिङ अगाडि प्रशन्ना अपार्टमेन्ट, लक्ष्मी अपार्टमेन्ट लगायत निर्माण भइसकेका छन् । 

बारा र पर्सा क्षेत्रमा ठूल्ठूला उद्योगहरु सञ्‍चालनमा छन् । पर्साको बीरगञ्‍जनाका देशकै ठूलो व्यापरिक नाका हो । तिब्र शहरीकरण भइरहेको बारा–पर्सा क्षेत्रमा आधुनिक सुविधा सम्पन्‍न आवास परियोजनाको आवश्यकता देखेरै व्यवसायीहरु अपार्टमेन्ट हाउजिङ निर्माणमा जुटेका थिए । 

वीरञ्जमा अपार्टमेन्टका तार्गेट कस्टमर भनेका त्यहाँका धनाढ्य वर्ग र कर्पोरेट हाउस हुन् । वीरगञ्‍जमा व्यवसाय हुनेले काठमाडौंमा बसोबास गरेपनि वीरगञ्‍जमै एउटा अपार्टमेन्ट किनुन भन्‍ने उद्देश्य राखिएको थियो । पछिल्लो समय मन्दीले धेरै प्रभावित हुनेमा उद्योगी व्यवसायीहरु नै अगाडि देखिन्छन् । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

35CC17359145C47-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन