गण्डकी प्रदेशमा पनि घट्यो घर–भवनको नक्सा पास

चालु आर्थिक वर्षको ६ महिनामा गण्डकीमा घर/भवनको नक्सा पास ३४.७२ प्रतिशतले घट्दा घरजग्गा रजिष्ट्रेसन भने २६.३९ प्रतिशतले वृद्धि

367B408218B985F-icon.png
1075views
9A924C74B81B5BC-gandaki_province1691914550_1024.jpg

काठमाडौं । गण्डकी प्रदेशमा पनि नयाँ घर र भवन निर्माण सुस्ताएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउन–पुस)मा नयाँ घर र भवन निर्माणका लागि स्थायी नक्सा पास ३४.७२ प्रतिशतले घटेको राष्ट्र बैंकले हालै सार्वजनिक गरेको गण्डकी प्रदेशको आर्थिक गतिविधि अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ ।

चालु आर्थिक वर्षको साउनदेखि पुससम्म गण्डकी प्रदेशका ११ जिल्लामा ६९२ नयाँ घर तथा भवनको नक्सा पाएको देखिन्छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा एक हजार ६० घर र भवनको नक्सा पास भएको थियो । 

पछिल्लो समय मन्दीको प्रभाव कम हुँदै गएपछि घर तथा भवन निर्माणले पनि गति लिने अपेक्षा गरिए विपरित नक्सा पास उल्टै घटेको देखिन्छ । मन्दीले सबैभन्दा धेरै प्रभाव निर्माण क्षेत्र र निर्माणजन्य सामाग्रीहरु उत्पादन गर्ने उद्योगमा परेको छ । अहिले निर्माण सामाग्री उत्पादन गर्ने उद्योगहरु ३० देखि ५० प्रतिशत क्षमतामा मात्र सञ्चालन भइरहेको सम्बन्धित उद्योगी बताउँछन् । 

यतिबेला देशैभर निजी घर, कमर्सियल भवनदेखि सरकारी भवनहरु निर्माणसम्म सुस्त हुँदै गइरहेको छ । हाउजिङ र अपार्टमेन्ट निर्माणले पनि गति लिन सकेको छैन । यी परियोजना धेरै होल्डमा छन् । 

समिक्षा अवधिमा गण्डकी प्रदेशका महानगर तथा नगरपालिकाहरुमा घरजग्गा रजिष्ट्रेसन भने बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । ६ महिनामा गण्डकी क्षेत्रमा घरजग्गा रजिष्ट्रेसन २६.३९ प्रतिशतले वृद्धि भएको देखिन्छ । यो अवधिमा गण्डकी प्रदेशमा १५ हजार ५८५ घरजग्गा रजिष्ट्रेसन भएका छन् । गत वर्षको सोही अवधिमा त्यस क्षेत्रमा १२ हजार ३३१ घरजग्गा रजिष्ट्रेसन भएका थिए ।

घरजग्गा रजिष्ट्रेसन बढेसँगै राजश्‍व संकलन पनि बढेको छ । ६ महिनाको अवधिमा घरजग्गा रजिष्ट्रेसन वापतको राजश्‍व गत वर्षको तुलनामा ६.७ प्रतिशतले वृद्धि भएर ७८ करोड ७५ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा ७३ करोड ८० लाख रुपैयाँ राजश्‍व संकलन भएको थियो ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

35CC17359145C47-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

53324A64B963E2C-461571337_1266715284762377_1108941673971643723_n.jpg

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्