राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

गोरखाकाे बारपाकमा भूकम्पले भत्किएका घरहरू अझै पुनःनिर्माण सम्पन्न भएन

367B408218B985F-icon.png
269views
53324A64B963E2C-461571337_1266715284762377_1108941673971643723_n.jpg

काठमाडौ‌ं । सांसदहरुले गोरखाको बारपाकमा भूकम्पपछि पुनःनिर्माण भएका घरहरु मौलिक र प्राचीनयुक्त नभएको बताएका छन्। राष्ट्रियसभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बुधबारको बैठकमा सांसदहरुले यस्तो बताएका हुन्। 

बारपाक क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण सम्बन्धमा अनुगमन कार्यक्रमको समीक्षामा उनीहरुले पुनःनिर्माणमा ग्रामीण भेगको मौलिकता नपाइएको टिप्पणी गरे। भूकम्पपछिको पुनःनिर्माण अवस्था र स्थानीय तहको भूमिका कस्तो छ? पुनःनिर्माणपछि सर्वसाधारणको धारणालगायतका कुरा थाहा पाउन संसदको टोली बारपाक भ्रमण गएको थियो। 

मदनकुमारी शाहले भवनको डिजाइन् र नक्सा समयमा आउन नसक्दा वर्षौँसम्म पालमा बस्नुपरेको र बारपाकमा अझै पुनःनिर्माण पूरा नभएको बताइन्। साथै भएका पुनःनिर्माणमा मौलिकता नभएको सर्वसाधारणको गुनासो रहेको उनको भनाइ छ।

‘बारपाकमा ३ दलित परिवार अझै भूमिहीन रहेछन्, सरकारले सार्वजनिक भवन बनाउन रकम दिने तर जग्गा चाहीँ छैन। जग्गा किन्नलाई पहिला बजेट छुट्याउनुपर्ने होइन र?’ प्रश्न गर्दै उनी भन्छिन्, ‘दशक बित्दा पनि पुनःनिर्माण सकिएन, जाजरकोटका भूकम्पपिडतको अवस्था पनि उस्तै हुने हो कि भन्ने चिन्ता छ।’

सांसद पदमबहादुर परियारले पनि बारपाकमा अझै ४ घरको पुनःनिर्माण सम्पन्न नहुँदा अस्थायी आवासमा बस्नु परेको बताए। साथै चाँडोभन्दा चाँडो ति घर पुनःनिर्माण सम्पन्न गर्नुपर्नेमा उनले जोड दिएका छन्। रासस 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

E3A9775C7C9314F-605E5DEFD398608-_123891123_land.jpg

चैतमा घरजग्गा कारोबार र राजश्व संकलन बढ्यो, देखियो सुधारको शंकेत