अरुण चौधरी भन्छन्, अहिले गगनचुम्बी अपार्टमेन्ट बनाउने हिम्मत कसले गर्ला र ?

अहिले पुरै विश्व कोरोना (कोभीड–१९)को महामारीले ग्रस्त छ । नेपाल पनि ५ सातादेखि लकडाउन छ जसले जनजीवन अस्तव्यस्त बनेको छ । अर्थतन्त्र पनि ठप्प छ । अहिले जुन किसिमको महामारी आयो, यो आउला भनेर कहिल्यै अनुमान गरिएको थिएन ।

367B408218B985F-icon.png
258views
0FF2C802C5BC8F9-arun-chaudhary.gif

अरुण चौधरी
अध्यक्ष, सिजी होल्डिङ्स

अहिले पुरै विश्व कोरोनाको महामारीले आक्रान्त छ । नेपाल पनि ३५ दिनदेखि लकडाउन छ । लकडाउनले जनजीवन अस्तव्यस्त बनेको छ । अर्थतन्त्रका अवयवहरु पनि ठप्प छन् । अहिले जुन किसिमको महामारी आइलाग्यो, यो आउला भनेर कहिल्यै अनुमान गरिएको थिएन ।

कोरोनाले अर्थतन्त्रमा ठूलै क्षती पुर्याउँछ । तर अहिले यति नै क्षति हुन्छ भनेर अनुमान गर्न सकिदैन् । अझै लकडाउन कहिलेसम्म लम्बिन्छ थाहा छैन । जति बढी लकडाउन लम्बिदै जान्छ, क्षति पनि बढ्दै जाने हो । 

जब सरकारले विस्तारै मुलुक ‘अनलक’ गर्न थाल्छ, उद्योग व्यवसाय चल्न थाल्छन्, तब बढी प्रभाव देखिने हो । अहिले अतिआवश्यक बाहेक सबै उद्योग व्यवसाय ठप्प छन् । 

पर्यटन उद्योग डामाडोल हुने भयो । हामीले पनि पाँचतारे होटलका लागि जग खन्दै थियौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर होटल, रेष्टुरेन्टमा लगानी गर्नेहरु अत्तालिएका छन् । देशभरका साना, मझौला, ठूला सबै उद्योगी व्यवसायी प्रभावित बनेको अवस्था छ ।

रियलस्टेटमा प्रभाव

लकडाउन सुरु नहुँदै घरजग्गामा प्रभाव देखिन थालिसकेको थियो । लकडाउन सुरु भएपछि घरजग्गा क्षेत्र पूर्ण ठप्प छ । घरजग्गाका कारोबार पनि रोकिएको छ । आवास निर्माण पनि रोक्नुपरेको छ । 

कोरोनाले घरजग्गा व्यवसायी त प्रभावित भएका छन् । घरजग्गा खरिदकर्ता पनि प्रभावित बनेका छन् । ऋणको किस्ता बुझाउन नसक्ने अवस्था बनेको छ ।

नेपालमा घरजग्गालाई बिलासी क्षेत्रमा गणना गरिन्छ । घरजग्गामा हुने लगानीलाई अनप्रोडक्टिभ मानिन्छ । प्राथमिकताका आधारमा छुट्याउने हो भने घरजग्गा धेरै पछाडिको प्राथमिकतामा पर्छ । 

राज्यले कोरोना प्रभावितलाई राहत दिँदा घरजग्गा कारोबारी र खरिदकर्ता मर्कामा पर्ने सम्भवना पनि रहन सक्छ । किनभने, घरजग्गा सरकारको प्राथमिकतामा पर्दैन । तर, बैंकको सबैभन्दा सुरक्षित लगानी भनेकै घरजग्गामा प्रवाह हुने ऋण हो । 

कोरोनाको महामारीले सबैभन्दा पहिला आममानिसकै कमाईमा आघात पुग्ने देखिन्छ । उद्योग, व्यापार, व्यवसाय बन्द छन् । उद्योगी व्यवसायीले कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था छ । अहिले धेरै मान्छे बेरोजगार बनेका छन् । र, दैनिक ज्याला मजदुरी गर्नेको रोजीरोटी खोसिएको छ ।

मान्छेको कमाईमा भएको आघातले तत्कालका लागि मान्छे सभाईभ हुनका लागि संघर्ष गर्नुपर्ने देखिन्छ । अब मान्छेसँग तुरुन्त घरजग्गामा लगानी गर्ने खालको पैसा बचत हुन्छ कि हुँदैन भन्नेमा प्रश्न छ । 

नेपालमा घरजग्गामा खरिद गर्नेमा धेरै वैदेशिक रोजगारीमा गएका नेपालीहरु हुन् । अहिले कोरोनाको महामारीले नेपालभन्दा बढी खाडी मुलुक, युरोप, अमेरिका प्रभावित भएका छन् । त्यहाँ पनि लकडाउन गरिएको छ । अफिस, उद्योग, व्यवसाय ठप्प छन् । रोजगारी र अध्ययनको सिलसिलामा पुगेका नेपालीको रोजगारी गुमेको अवस्था छ । 

अब कोरोनाले घरजग्गा व्यवसामा धेरै नै प्रभाव पार्छ ।

घरजग्गामा लगानी गर्ने व्यवसायीले कसरी प्रोजेक्ट कम्पिलिट गर्ने भनेर सोँच्नुपर्ने अवस्था आएको छ । हामीजस्ता घरजग्गा व्यवसायीले आफ्ना प्रोजेक्ट कम्पिलिट्ली सटडाउन गर्ने भन्ने कुरा आउँदैन । किनभने, हाम्रा कतिपय प्रोजेक्ट अगाडि बढिसकेका पनि छन् । ती प्रोजेक्ट पुरा गर्नुपर्छ ।

अहिले निर्माणको काम रोकेका छौं । 

सरकारले लकडाउन खोलेपछि हामी फेरी ती प्रोजेक्टमा अगाडि बढ्छौं । तर, पहिला रियलस्टेट प्रोजेक्टलाई पहिला रफ्तारमा अगाडि बढाइएको थियो, अब त्यसको गति पक्कै पनि कम हुन्छ ।

हामीले कसैको पनि स्वास्थ्यसँग खेलवाड गरेर कन्स्ट्रक्सन गर्न हुँदैन । अब लकडाउन खुले पनि सामाजिक दुरी कायम गरेरै काम गर्नुपर्ने हुन्छ । सुरक्षा मापदण्डभित्र रहेर काम गर्नुपर्छ । 

जबसम्म कोरोनाको भ्याक्सिन बन्दैन तबसम्म खतरा रहिरहन्छ ।

कोरोना महामारीले ‘कन्जुमर प्याटर्न’ परिवर्तन हुन सक्छ । अहिले मान्छे सामाजीक दुरी कायम गरेर बसिरहेका छन् । ठूलो जनसंख्या (क्राउड) बसोबास गर्ने ठाउँका मान्छेहरुमा अहिलेको सामाजिक दुरीको प्वाइन्ट अफ भ्यूबाट हेर्दा अलिकति टाढा गएर खुला हावापानी भएको ठाउँमा सामाजिक दुरी राखेर बसौं न भन्ने फिलिङ्स आउन सक्छ । यसले घरको डिमान्ड बढाउँछ पनि ।

यहाँ दुई कुरा मुख्य हुन्छ ।

  1. किन्ने इच्छा हुनु
  2. किन्न सक्ने सामार्थ हुनु

मान्छेमा घर किन्ने इच्छा हुँदा हुँदै पनि क्यास फ्लोको समस्याले गर्दा किन्न नसक्ने परिस्थिती आउन सक्छ । यसैले अहिले ठम्याएरै घरजग्गा क्षेत्रको अवस्था के हुन्छ अहिले भन्न नसक्ने अवस्था छ ।

बैंकहरुले पनि फाइनान्समा कत्तिको सपोर्ट गर्ने हुन् थाहा छैन । अहिलेको परिस्थिती नै भयावह छ । सरकारले कस्तो नीति बनाउने हो ? घरजग्गा ऋणीलाई कत्तिको सपोर्ट गर्ने हो ? यो परिस्थिती नै कसरी सेटल हुने हो भनेर भन्न सकिदैन । 

व्यक्तिगत घरप्रति आकर्षण

नेपालमा हाईराइज बिल्डिङका अपार्टमेन्ट भन्दा पनि इन्डिभिजुअल घरप्रति झन आकर्षण छ । कोरोनाले झन व्यक्तिगत घरतर्फ आकर्षित गर्नेछ । सामाजिक दुरी कायम गरेर बस्ने संस्कृति बसाल्न सक्छ ।

नेपालमा भर्खर अपार्टमेन्ट संस्कृति हुर्किदै थियो । ०७२ को विनाशकारी भूकम्पले ब्रेक लगायो । त्यसपछि कोरोना महामारी आइदियो । र, सामाजिक दुरी कामय गरेर बस्नुपर्छ भन्ने सिकाउँदै छ । अपार्टमेन्ट बसाई अझ टाढा धकेलिदिएको छ ।

हुन त मान्छेको मेमोरी सर्ट हुन्छ । यस्ता घटनाहरु बिर्सदै जान्छन् । तर पनि अहिले समयमा अग्ला टावर बनाउने हिम्मत कसले गर्ला र ? मलाई लाग्दैन, कसैले हाईराइज बिल्डिङ बनाउँछन् । अहिले अग्ला बिल्डिङ बनाउने आँट भएको मान्छे धेरै कम होलान् ।
व्यक्तिगत घरतर्फै आकर्षण रहिरहने देखियो ।  

अग्ला टावर बनाउँदा धेरै किसिमका प्राविधिक समस्याहरु आउँछन् । अग्ला टावर बनाउन भन्दा इन्डिभिजुअल घर बनाउन धेरै सजिलो छ । 

क्यास फोलोको समस्या 

अहिले सबैभन्दा ठूलो समस्या भनेकै क्यास फोलोको हो । सबै व्यवसायी र व्यक्तिलाई क्यास फोलोको समस्याले पिरोलेको छ । अब साना व्यवसायीदेखि ठूला व्यवसायीसम्म क्यास फोलोको ठूलो समस्या हुनेछ ।

व्यापार भनेको चक्र हो । यो चक्र चलिरहुञ्जेल कुनै समस्या रहँदैन, झ्याप्प बन्द हुँदा ठाउँ ठाउँमा पैसा रोकिन्छ । 

अहिले दैनिक ज्यालादारीमा काम गर्ने मजदूरदेखि मै हुँ भन्ने ठूला उद्योगपतिलाई पनि समस्या छ । 

अगाडि बढिसकेका प्रोजेक्ट कम्पिलिट नगर्दासम्म कुनै किसिमले रेस्क्यू गर्न सकिदैन भने त्यसलाई कम्पिलिट गर्नै पर्छ । किनभने, ती प्रोजेक्टमा बैंकको ऋण हुन्छ । हाउजिङ, हाइड्रो प्रोजेक्ट, होटल कम्पिलिट नगर्दासम्म सेटल हुँदैनन् । अहिले गम्भिर छ परिस्थिती ।

अध्ययन नगरिक सुझाव दिइयो

अहिले निजी क्षेत्रका संघसंस्थाहरुले सरकारसँग सहुलियत प्याकेज मागिरहेको देखिन्छ । निजी क्षेत्र र सम्पूर्ण अर्थतन्त्र सर्भाइभका लागि सरकारलाई सुझाव दिइरहेका छन् । अहिले ती संस्थाहरुले सरकारलाई जुन किसिमको एडभाइस गरिरहेका छन् नि यो कुनै अध्ययन नै नगरिकन हल्का रुपमा दिइरहेका छन् । 

ठूला व्यवसायिक संस्थाहरुले हरेक सेक्टर सेक्टरका संस्थाहरुसँग समन्वय गरेर हरेक क्षेत्रको गहन अध्यन गरि सुझाव दिनुपथ्र्यो । 

अहिले जुन किसिमको नोक्सानी भइरहेको छ त्यो घाटा मैले खाँदिन, त्यो सबै घाटा सरकारले व्यहोर्नुपर्छ भन्नु पनि हुँदैन ।

लकडाउन हुँदा मेरो उद्योग, व्यवसाय बन्द भयो । यो सबै क्षति सरकारले पूर्ति गर्दिनुपर्छ भन्नु प्राक्टिकल भएन । यो अलि कच्चा खालको सुझाव भयो । यो क्षेत्र सबैभन्दा बढी प्रभावित छ, यो क्षेत्रमा मध्यम खालको प्रभाव परेको छ, यो क्षेत्रमा खासै प्रभाव परेको छैन, यो क्षेत्रलाई सरकारले यस्तो यस्तो किसिमको सहयोग गर्नुपर्ने आवश्यकता छ भनेर सामूहिक रुपमा सेलेबल किसिमको सुझाव दियो भने त्यो सुझावको ओजन पनि हुन्छ । 

नत्र भने उद्योगपति व्यापारी भनेका घाटा सहन सक्दैनन्, जस्तोसुकै परिस्थितीमा पनि खाली नाफा मात्र खान खोज्छन भन्ने मनस्थिती हटाउन सकिदैन । र, त्यो मनस्थितीको बिचमा कुनै उपलब्धी होला भन्ने लाग्दैन । 

घरजग्गा व्यवसायलाई उछाल्न गर्नुपर्ने कञ्जुमर फाइनान्स नै हो । घर भनेको कहीँ जाँदैन । कसैले लग्न सक्दैन । त्यो भन्दा सुरक्षित फाइनान्सिङ हुनै सक्दैन । सरकारले घरजग्गामा लगानी खुकुलो गरिदियो भने घरजग्गा व्यवसायी र खरिद गर्ने मान्छे दुबैलाई राम्रो हुन्थ्यो ।

हरेक व्यक्तिको आफ्नै घरको चाहना हुन्छ । मान्छेको आफ्नै घरको सपना पुरा गर्ने भनेको पनि बैंक तथा वित्तीय संस्थाको फाइनान्सिङले हो । बैंकले घरजग्गामा जति ऋण लगानी गर्छन्, त्यति नै घरजग्गाको कारोबार बढ्ने हो । मान्छेको आफ्नै घरको सपना पुरा हुने हो ,

कुराकानीमा आधारित

मालपोत ऐन यथाशीघ्र संशोधन गर्नुपर्ने भन्दै घरजग्गा व्यवसायी महासंघको ९ बुँदे सुझाव

अहिले बजारमा कुन निर्माण सामाग्रीको मूल्य कति छ ?

धुलिखेलमा आमासँगै जिपलाइन गर्न जाँदा ५० प्रतिशत छुट, अफर शुक्रबारसम्म

डिल्लीबजारबाट वर्षमा २३ सय घरजग्गा किनबेच, किन घट्यो कोर सिटीमा कारोबार ?

दक्षिणपूर्वी एशियाका देशले रियल इस्टेटमा फड्को मारिसके, हामीले कहिले ?

काठमाडौंमा रियल इस्टेट सम्मेलन सुरु, लाइसेन्स लिएर मात्र घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गर्न जोड

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

काठमाडौंमा दुई दिन रियल इस्टेट कन्फ्रेन्स हुँदै, विदेशी वक्ता पनि सहभागी हुने

A1B963E14376667-Byajdar_20181208044221_9MGpWIHIlR_Mzc6XmN4qI.jpg

घट्दो ब्याजदरले सस्तो पर्दैछ घरजग्गा कर्जा

D8ADBA2F30A2AD6-36511232_1018012761695473_8365535255297261568_n.jpg

अर्घाखाँचीमा जग्गा वितरणमा समस्या

98E7069EBE1207D-20210116075823_Clipboard44.jpg

राष्ट्रिय वाणिज्य बैंकको ९.४५ प्रतिशत ब्याजदरमै ‘मेरो घर कर्जा’ योजना