यसरी नाप्नुहोस् जग्गाको क्षेत्रफल

जग्गाको कारोबार गर्दा त्यसको क्षेत्रफल मापन अनिवार्य हुन्छ । वर्गफिट वा वर्गमिटर जग्गा मापनको सर्वमान्य इकाई हो । तर, स्थानपिच्छे जमिनको क्षेत्रफल नाप्ने तरिका वा इकाई फरक हुन सक्छ ।

367B408218B985F-icon.png
10762views
50D3D3C496E309B-Land.gif

जग्गाको कारोबार गर्दा त्यसको क्षेत्रफल मापन अनिवार्य हुन्छ । वर्गफिट वा वर्गमिटर जग्गा मापनको सर्वमान्य इकाई हो । तर, स्थानपिच्छे जमिनको क्षेत्रफल नाप्ने तरिका वा इकाई फरक हुन सक्छ ।

नेपालमा प्रायः जग्गाको क्षेत्रफल तराईमा एउटा र पहाडी भेगमा अर्को मानक इकाईमा नाप्ने गरिन्छ ।

तराईमा क्रमशः कुनुवा, धुर, कठ्ठा र बिघामा जग्गा नापिन्छ । त्यस्तै, पहाडी क्षेत्रमा दाम, पैसा, आना र रोपनी जग्गा मापन गरिने आधारभूत इकाईको रूपमा चलिआएका छन् ।

यी इकाईलाई तल दिइएको तालिकाका आधारमा विश्वव्यापी सर्वमान्य इकाई (वर्गफिट वा वर्गमिटर) सँग रूपान्तरण गरेर जग्गा वा घडेरीको क्षेत्रफल कति हुन्छ वा कसरी नापिन्छ भन्ने बुझ्न सकिन्छ ।

क्षेत्रफल रूपान्तर तालिका

१ धुर = २.१२९६ पैसा १ आना = १.८७७७ धुर

१ रोपनी = १.५०२३ कठ्ठा १ बिघा = १३.३१२६ रोपनी

१ हेक्टर = २.४७११ एकर

ईकाई

बर्गफिट

बर्गमिटर

१ दाम

२१.३

१.९९

१ पैसा (४ दाम)

८५.५

७.९५

१ आना (४ पैसा)

३४२.२५

३१.७९

 

इकाई

वर्गफिट

बर्गमिटर

१ बर्गयार्ड

.८३६१

१ कुनुवा

९.११

   .८५

१ धुर (२० कुनुवा)

१८२.२५

१६.९३

१ कठ्ठा (२० धुर)

३६४५

३३८.६३

१ बिघा ९२० कठ्ठा०

७२९००

६७७२.६३

१ एकर

४३५६०

४०४६.८६

१ हेक्टर

१०७६३४.५४

१०,०००